वीरगंजको बाइपासमा ट्रकले टेम्पोलाई ठक्कर दिँदा दुईजनाको मृत्यु सात जना घाईते

वीरगन्ज, ३२ असार /
विरगञ्जको नगवा वाइपास रोडमा ट्याम्पुलाई ट्रकले आज बिहान ठक्कर दिँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् । भारतको रक्शौलबाट आइरहेको ट्रकले नगवा नजिक पशुपती पेट्रोल पम्प अगाडी सोही दिशाबाट आउँदै गरेको ना १ ह ४३२ नम्बरको ट्याम्पुलाई ठक्कर दिँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो । टेम्पुचालक वीरगन्ज उपमहागरपालिका–१९ नगवा निवासी ३२ वर्षीय मन्सुर देवान र भारतको आन्ध्रप्रदेश हैदरावाद निवासी पदैया साराका ८ वर्षीय छोराको घटनास्थलमा नै मुत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । त्यस्तै दुर्घटनामा सर्लाही ईश्वरपुर–६ का रामनारायण माझी, रामचन्द्र माझी, झगरु माझी, सोयल माझी, सर्लाही बबरगन्ज–१ निवासी रामजी राय र भारत आन्ध्रप्रदेश हैदराबाद निवासी पदैया सारा घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्ये पदैया साराको अवस्था गम्भिर रहेको र उनलाई थप उपचारको लागि काठमाडौं शिक्षण अस्पताल लगिएको छ । अन्य घाईतेहरुलाई भने नेशनल मेडिकल कलेज वीरगञ्जमा रिफर गरिएको नारायणी उपक्षेत्रीय अस्पताल स्थित प्रहरी विटले जनाएको छ । ठक्कर दिने ना ३ ख ३९२५ नम्बरको ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय सिमराले नियन्त्रणमा लिएको छ । टेम्पोलाई ठक्कर दिएर भागेको अवस्थामा प्रहरीले सिमाराबाट नियन्त्रणमा लिएको प्रहरी निरीक्षक कुमार विक्रम थापाले जानकारी दिनुभयो । यसैबीच चालकको मृत्युको विरोधमा टेम्पुचालक सङ्घले वीरगन्ज बाइपास सडकखण्डको नगवा र घण्टाघरचोकमा टेम्पु सडकमा तेस्र्याएर विरोध प्रदर्शन गरेका थिए । मृतकका परिवारलाई उचित क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गर्दै चालकहरूले एक घण्टा सडक अवरुद्ध गरेका थिए ।

SHARE THIS

Author:

Facebook Comment