आइज्याक इतिसोभ
एक दिन मकहाँ एउटा चिठी आइपुग्यो । काइते अक्षरमा लेखिएको त्यो चिठी पढ्न निकै गाह्रो थियो । तैपनि, कुरो महत्वपूर्ण होला भन्ठानेर कानी कनी भए पनि पढेरै छोडें । पहिलो वाक्यमै लेखकले मलाई के सूचित गरेका थिए भने उनी अंग्रेजी साहित्यमा स्नातक तहमा पढ्दैछन् तर उनलाई लाग्छ – मलाई थोरबहुत विज्ञान सिकाउन सक्छनछ् । (मैले लामो सास फेरें किनभने, मलाई थाहा भएसम्म अंग्रेजी साहित्यकार एकदमै कम मात्र विद्यार्थी यस्ता थिए, जसले मलाई विज्ञान सकाउन सक्थे । जे होस्, म आफ्नो अज्ञानको विशालतासँग पनि परिचित छु र कसैसँग पनि सिक्न सधैं तयार रहन्छु । त्यसैले, म चिठ्ठी पढ्दै गएँ ।
कुरो के रहेछ भने, मैले आफ्ना अनगिन्ती लेखहरुमध्ये कुनै एउटामा लेखेको थिएँ – म यस्तो शताब्दीको व्यक्ति हुँ जहाँ हामी (मानिस)ले अन्तत: यस ब्रह्माण्डको जग (आधारभूत कुरा) लाई पहिचान गरेका छौं ।’ र, यही कुरालाई पहिचान गरेका छौं ।’ र, यही कुरालाई समातेर मेरो मूर्खताबारे मलाई सूचना दिन र त्इसको निराकरणका लागि आवश्यक परेमा मलाई विज्ञान सिकाउने उद्देश्यले ती तन्नेरी मित्रले पत्र लेख्ने कष्ट गरेका छन् ।
अवधारणाहरुको विकास :
उक्त लेखमा म विषयवस्तुको गहिराइमा गएको थिइनँ । मेरो सामान्य आशय के थियो भने हामीले यस ब्रह्माण्डलाई सञ्चालन गर्ने आधारभूत नियमहरु थाहा पाएका छौं र तिनका मुख्य–मुख्य घटकहरुका बीच विद्यमान गुरुत्वीय अन्तरसम्बन्धबारे पनि हामीलाई जानकारी छ । सन् १९०५ देखि १९१६ का बीचमा स्थापित भएको सापेक्षताको सिद्धान्तबाट यो कुरा स्पष्ट भएको हो । हामीलाई उपपारमाणिक कण र तिनका बीच हुने अन्तरिक्रियाको नियम पनि थाहा छ । यसको एकदमै स्पष्ट विवरण सन् १९०० देखि १९३० का बीच विकसित क्वान्टम सिद्धान्तले प्रस्तुत गरेको छ । अरु त अरु, हामीले के पनि थाहा पाइसकेका छौ भने आकाशगंगाहरु र तिनको पुञ्ज भौतिक ब्रह्माण्डका आधारभूत एकाइ हुन् – जुन कुरा सन् १९२० र १९३० का बीच पत्ता लगाइएको थियो । र, यी सबै कुरा बीसौं शताब्दीका खोज हुन् ।
अंग्रेजी साहित्यका तन्नेरी विशेषज्ञले मेरो उद्धरण प्रस्तुत गरेकर मलाई लम्बाचौडा व्याख्यान दिंदै लेखेका छन् – हरेक शताब्दीका मानिसले आफूहरुले ब्रह्माण्डको रहस् बुझेको ठानेका थिए । तर लगत्तै त्यसपछिको शताब्दीमा उनीहरु गलत साबित भएका थिए । यसको अर्थ के हो भने आफ्नो आधुनिक / नवीनतम ‘ज्ञान’ का बारेमा हामी एउटा कुरो मात्र निर्धक्क तवरमा भन्न सक्छौं र त्यो हो – ‘यो गलत छ ।’ तन्नेरी विद्वानले आफ्नो यो भनाइको पुष्टीका लागि सुकरातको उद्धरण प्रस्तुत गरेका थिए । यूनानका कुनै विद्वानले एकपल्ट सुकरातलाई यूनानको सबैभन्दा बुद्धिमान व्यक्ति घोषित गरेका थिए र त्यो थाहा पाएपछि सुकरातले भनेका थिए, ‘यदि म सबैभन्दा बुद्धिमान व्यक्ति हुँ भने किन यस्तो हुँ त भन्दा, म यूनानको एक मात्र त्यसतो व्यक्ति हुँ जसलाई आफू केही पनि जन्दिनँ भन्ने थाहा छ ।’ मबारे तन्नेरी मित्रको निष्कर्ष थियो, ‘ म पटमूर्ख हुँ किनभने आफूलाई धेरै कुरा थाहा छ भन्ने भ्रममा पूरै रुमलिएको छु ।’
उनलाई मेरो जवाफ थियो, ‘मित्र, जब मानिसहरुले पृथ्वी चेप्टो वा थालजस्तो फराकिलो र समतल छ भन्ने सोचे, उनीहरु गलत थिए । जब मानिसले पृथ्वी भकुण्डोजस्तो गोलो छ भन्ने सोचे, उनीहरु गलत थिए । जब मानिसले पृथ्वी भकुण्डोजस्तो गोलो छ भन्ने सोचे, फेरि पनि उनीहरु गलत थिएन । तर, पृथ्वीलाई गोलो मान्नु त्इसलाई चेप्टो मान्नु जत्तिकै गलत हो भन्ने तपाईलाई लाग्छ भने, तपाईको विचार ती दुवै विचारभन्दा बढी गलत छ ।’
मूलभूत समस्या नै के हो भने मानिसहरुलाई लाग्छ – ‘सही’ र ‘गलत’ निरपेक्ष कुरा हुन् । उनीहरु ठान्छन् – जुन कुरा नितान्त र पूरापूर सही होइन, त्यो नितान्त र पूरापूर गलत हो ।
तर, मलाई लाग्छ – यस्तो होइन । मेरो विचारमा, सही र गलत भन्ने कुरा नितान्त स्पष्ट नभएर केही धमिला अवधारणा हुन् । यस आलेखमा म यही कुरा बुझाउने प्रयास गर्नेछु ।
रेक शताब्दी वैज्ञानिकहरु आफूले ब्रह्माण्ड्को रहस्य बुझेको ठान्छन् अनि अलिक पछि हमेशा गलत साबित हुन्छन् भनेर अंग्रेजीबात ती युवा मित्रले भन्दा म जान्न चाहन्छु – उनीहरु कति गलत थिए त ? के उनीहरु हरेक पटक उत्तिकै मात्रामा गलत थिए त ? एउटा उदाहरणबाट कुरा अघि बढाऔं ।
सभ्यता प्रारम्भिक दिनमा मानिसहरुको मान्यता थियो – पृथ्वी चेप्टो छ । यो मान्यता उनीहरु पटमूर्ख भएकाले बनेको थिएन, न त वाहियात कुरामा विश्वा गर्ने भएकोले नै बनेको थियो । उनीहरुले प्रमाणकै आधारमा पृथ्वी चेप्टो छ भन्ने मान्यता कायम गरेका थिए । यो कुार पृथ्वी यस्तै देखिन्छ’ भन्ने मात्र आधारमा टिकेको थिएन किनभने पृथ्वी चेप्टोछ भन्ने मान्यता कायम गरेका थिए । यो कुरा ‘पृथ्वी यस्तै देखिन्छ’ भन्ने मात्र आधारमा टिकेको थिएन किनभने पृथ्वी चेप्टो देखिंदैन । पहाड, उपत्यका, भञ्ज्याङ–भर–पहरा, डाँडा–ढिस्का–खाल्डाहरुका कारण पृथ्वी नितान्त असमतल/उबडखाबड देखिन्छ ।
यसैगरी, के पनि सही हो भने कतिपय ठाउँमा सपाट मैदान छन् र त्यहाँ पृथ्वीको सतह अपेक्षाकृत चेप्टो देखिन्छ । यस्तै एउटा मैदान दजला–फरात (टिग्रिस–युफ्रेट्स) इलाकामा छ जहाँ पहिलो ऐतिहासिक सभ्यता (लेखाइ समेत) बिकसित भएको थियो । यो सुमेर सभ्यता थियो ।
हुनसक्छ मैदानहरुको त्यो सपाट दृश्यले सुमेरका बुद्धिमान बासिन्दालाई पृथ्वी चेप्टो छ भन्ने मान्यता बनाउन बाध्य पारेको होस् । अर्थात्, यदि कुनै उपायले सबै ढिस्का पहाड र खाल्डाहरुलाई सम्म बनाइदिने हो भने मानिसका आँखाले देख्ने पृथ्वीको रुप चेप्टो नै हुनेछ । पोखरी, ता...ल र समुद्रका विशाल जलराशिहरु शान्त अवस्थामा चेप्टा/सपाट देखिनाले पनि यो धारणा बलियो भएको हुन सक्छ ।
यसै प्रश्नलाई अर्को तरिकाले पनि सोध्न सकिन्छ, पृथ्वी सतहको गोलाइ घेराको बक्रता बाङ्गो वा घुमाउरोपन कति हो त ? धेरै लामो दुरीलाई हेर्ने हो भने पृथ्वीको सतह पूर्ण पर्फेक्ट) समतलबाट (औसत रुपमा) कति विचलित हुन्छ वा फरक पर्छ पृथ्वी चेप्टो छ भन्ने सिद्धान्तले भन्नेछ – पृथ्वीको सतह समतलबाट अलिकति पनि विचलित हुँदैन, सतहको वक्रता शून्य प्रति माइल छ ।
आजभोलि हामीलाई पढाइन्छ पृथ्वी चेप्टो छ भन्ने पुरानो सिद्धान्त गलत छस पूरापूर गलत छ, भयानक गलत छ, सर्वथा गलत छ । तर यथार्थ त्यस्तो होइन । पृथ्वीको बक्रता लभग प्रति माइल शून्य नै छ । अर्थात् पृथ्वी चेप्टो छ भन्ने सिद्धान्त गलत हुँदाहुँदै पनि त्यो केही सही पछि छ । पूरापर गलत छ छँदै छैन । त्यसैले त यो सिद्धान्त त्यति लामो समयसम्म चलिरह्यो ।
‘चेप्टो पृथ्वी’ : केही चुनौती
वास्तवमै, केही यस्ता कारणहरु देखापर्दै गए जसले पृथ्वी चेप्टो छ भन्ने सिद्धान्तलाई संकटमा पार्न थाले । ईसापूर्व तेस्रो शताब्दीतिर यूनानी दार्शनिक एरिस्टोटलले ती कारणलाई यसरी क्रमबद्ध गरेका थिए – एक: तपाई उत्तरतिर लगातार यात्रा गर्दै जानुभयो भने दक्षिणतिरका केही तारा क्रमश: ओझेल पर्दै जान्छन् । यस्तै दक्षिणतिर लाग्नुभयो भने उत्तरतिरका कतिपय तारा हराउँदै जान्छन् । दुई चन्द्रग्रहणका बेला चन्द्रमामा पर्ने पृथ्वीको छायाँ जहिले पनि गोलाकार वस्तुको छायाँ जस्तो हुन्छ । तीन : पृथ्वीमै पनि, समुद्रमा पानीजहाज जुनसुकै दिशातिर टाढा गए पनि क्षितिजमा त्यसको तल्लो भाग नै सबैभन्दा पहिले ओझेल पर्छ । टाढाबाट आउने पानीजहाजको माथिल्लो भाग नै सबैभन्दा पहिले देखिन्छ र क्रमश: त्यसमुनिका भाग देखिदै जान्छन् । पृथ्वीलाई चेप्टो मान्दा यीमध्ये कुनै कुराको पनि तर्कसंगत व्याख्या हुन सक्तैनन्, गोलाकार मान्दा मात्र व्याख्या हुन सक्छ ।
यस बाहेक एरिस्टोटलको मान्यता के थियो भने सबै ठोस पिण्डहरुमा आफ्नो केन्द्रतर्फ आकर्षित हुने साझा प्रवृत्ति हुन्छ । स्पष्ट, यो नियमअनुसार, कुनै पनि ठोस पिण्ड अन्तत: गोलाकार नै हुन पुग्छ । कुनै पनि पदार्थको निश्चित आयतन त्यसबेला मात्र आफ्नो केन्द्रको सबभन्दा नजिकमा हुन्छ जब त्यो पदार्थ गोलाकार हुन्छ ।
एरिस्टोटलभन्दा लगभग एक शताब्दीपछि अर्का यूनानी दार्शनिक इरेटोस्थेनिजले के पत्ता लगाए भने अलग–एउटा अर्को कुरा पृथ्वीलाई चेप्टो मान्दा त्यसभित्र के धारणा निहित हुन पुग्छ भने कि त पृथ्वी अन्तहीन हुनुपर्छ नत्र यसको सतहको कुनै ‘अन्तिम किनारा’ हुनुपर्छ । तर, पृथ्वीलाई गोलाकार मान्दा ‘अन्तिम किनारा’ को प्रश्न स्वत: समाप्त हुन्छ । यस धारणा अन्तर्गत पृथ्वी यस्तो बस्तु हुन पुग्छ जो ‘अन्तहीन’ पनि छ । र, पछि भएका सम्पूर्ण खोज र अनुसन्धानले यसैको पुष्टि गरेका छन् ।
त्यसैले पृथ्वी चेप्टो छ भन्ने मान्यता आफैमा एकदमै धेरै गलत होइन । त्यसैले यस मान्यताका आविष्कारकहरुको पनि प्रशंसा गर्नुपर्छ तर सँगै यो मान्यता – पृथ्वी गोलो छ’ भन्ने मान्यताका सामु भने पूरै गलत हो ।
नास्पाती, सुन्तला अथवा पिण्ड
पृथ्वी गोलो छ त भनिन्छ तर के यो साँचिक्कै गोलो पिण्ड हो ? होइन, यो साँच्चिकै गोलो पिण्ड होइन । शुद्ध गणितीय मापदण्ड अनुसार त बिल्कुलै होइन । गोलो पिण्डका केही गणितीय गुणधर्म हुन्छन् । जस्तै त्यसमा सम्पूर्ण त्रिज्या (वृत्तको केन्द्रविन्दुदेखि परिधिसम्म जाने रेखा) को लम्बाइ बराबर हुन्छ । तर यो नियम पृथ्वीको हकमा लागू हुँदैन । पृथ्वीका बिभिन्न त्रिज्याहरुको लम्बाई फरक–फरक हुन्छ ।
पृथ्वीलाई गोलो मानिसकेपछि, यो साँच्चिकै गोलो छैन भन्ने विचार मानिसहरुका मनमा कसरी आयो त ? दुर्बिन आविष्कार भएपछिका प्रारम्भिक दिनहरुमा मापनको सटिकताको सीमाअन्तर्गत, सूर्य र चन्द्रको बहिरी घेरा (परिधी) पूर्णत: गोलो देखिन्छ । त्यसबाट पनि सूर्य र चन्द्र पूर्णत: (पर्फेक्ट) गोलाकार छन् भन्ने धारणा बन्न पुग्यो । अन्य ग्रहहरुका बारेमा पनि यस्तै धारणा थियो । तर, दुर्बिन विकसित हुँदै गएपछि बृहस्पति र शनिलाई हेर्दा स्पष्ट भयो– तिनको परिधि ‘पर्फेक्ट’ गोलाकार छैन । अर्थात् बृहस्पति र शनि साँच्चिकै गोला पिण्ड होइनन् ।
सत्रौं शताब्दीको अन्त्यतिर आइज्याक न्यूटनले के स्पष्ट पारे भने कुनै पनि विशाल पिण्ड आफ्नो गुरुत्वाकर्षण–बलको प्रभावका कारण अन्तत: गोलाकार हुन पुग्छ । यही कुरो एरिस्टोटलले पनि भनेका थिए । न्यूटनको थप भनाई थियो – तर यस्तो त्यसबेला मात्र हुन्छ जब मात्र हुन्छ जब त्यो पिण्ड आफैमा घुमिरहेको नहोस् । घुमिरहेको अवस्था छ भने त्यहाँ अभिकेन्द्रित बल पैदा हुन थाल्छ, जसले पिण्डका पदार्थहरुलाई गूरुत्वाकर्षणका विरद्ध बाहिरतर्फ धकेल्छ । पिण्डको मध्यभाग (भूमध्य/विषुवत्) मा यो प्रभाव सबैभन्दा बढी हुन्छ । साथै, गोलाकार पिण्डको घुम्ने गति बढी छ भने यो प्रभाव पनि बढी हुन्छ ।
बृहस्पति र शनि अत्यन्त तीब्र गतिमा घुम्छन् । तिनको तुलनामा पृथ्वी निकै मन्द गतिमा घुम्छ । त्यसैले पृथ्वीमा यस्तो प्रभाव कम हुन्छ, तर हुन चाहिं हुन्छ । यस परिप्रेक्ष्यमा, पृथ्वीको बक्रताको बास्तविक मापन अठारौं शताब्दीमा गरिएको थियो र न्यूटन सही साबित भएका थिए ।
अर्को शब्दमा भन्दा भूमध्येरेखामा पृथ्वी उक्सिएको छ । अथवा भनौं, पृथ्वी उत्तरी र दक्षिणी पूर्णत: गोलाकार नभएर–सुन्तला जस्तै दुवैतिर केही थेप्चिएको छ । यसैकारण पृथ्वीका बिभिन्न त्रिज्याहरुको लम्बाइ फरक हुन्छ । भूमध्यरेखा नजिकका त्रिज्याहरु लामा हुन्छन् भनें टाढाका छोटा । ‘भूमध्यरेखीय त्रिज्या’ को लम्बाइ १२,७५५ किलोमिटर नापिएको छ भने उत्तरी ध्रुव र दक्षिणी ध्रुवलाई जोड्ने ‘ध्रुवीय त्रिज्या’ को लम्बाई १२,७११ किलोमिटर छ । यसरी, सबैभन्दा लामो र सबैभन्दा छोटो त्रिज्याका बीचको अन्तर ४४ किलोमिटर छ जसको अर्थ हो – पृथ्वीको ‘सुन्तलापन’ (अर्थात् पूर्ण गोलाकारबाट विचलन) ४४/१२७५५ अथवा ० दशमलव ००३४ छ । यो एक प्रतिशतको एकतिहाई हो ।
यसै कुरालाई अर्को तरिकाले हेरौं कुनै पनि पूर्ण चेप्टो सतहमा कहीं पनि वक्रता शून्य प्रतिकिलोमिटर हुन्छ । पृथ्वीको सतहमा भने वक्रता औसत ० दशमलव ०००१२६ प्रति माइल (अर्थात् आठ इन्छ प्रति माइल) रहेको छ । सुन्तला आकारको पृथ्वीमा वक्रताको वास्तविक मान ७ दशमलव ९७३ इन्च प्रति माइलका बीचमा बदलिइरहेको हुन्छ ।
पृथ्वी पूर्ण गोलाकार छ भन्ने मान्यताबाट सुन्तला जस्तो तलमाथि थेप्चिएको गोलकार छ भन्ने मान्यतामा पुग्न जति संशोधन (करेक्शन) को आवश्यकता पर्छ, त्यो पृथ्वी चेप्टो छ भन्ने मान्यताबाट पृथ्वी गोलो छ भन्ने मान्यतामा पुग्न आवश्यक संशोधनको तुलनामा अत्यन्तै कम छ । अर्थात्, यथार्थमा त पृथ्वी पूर्ण गोलाकार छ भन्ने मान्यता गलत नै हो, तर यो त्यति गलत चाहिं होइन– जति पृथ्वी चेप्टो छ भन्ने मान्यता ।
अझ विशुद्धता खोज्ने हो भने भन्नु पर्ने हुन्छ – पृथ्वी सुन्तला जस्तो आकारको छ भन्ने धारणा पनि सही होइन । सन् १९५८ मा भ्यानगार्ड–१ उपग्रह पृथ्वीको कक्षमा स्थापित गरिएको थियो । यस उपग्रहले पृथ्वीको स्थानीय गुरुत्वाकर्षणका साथै त्यसका आधारमा पृथ्वीको वास्तविक आकृतिको मापन अभूतपूर्व रुपले सटीक तवरमा गर्न सक्थ्यो । त्यसबाट के थाहा पाइयो भने पृथ्वीको भूमध्यरेखीय उक्साइ उत्तरको तुलनामा दक्षिणतिर अलिकति बढी छ । साथै के पनि पत्ता लाग्यो भने उत्तरी ध्रुवको समुद्र सतहभन्दा दक्षिणी ध्रुवको समुद्र सतह पृथ्वीको केन्द्रको अलिक बढी नजिक छ ।
यसलाई बयान गर्ने/बुझाउने एउटा सजिलो तरीका पृथ्वी नास्पाती जस्तो छ’ भन्नु हो । अन मान्छेहरुलाई लाग्न थाल्यो, पृथ्वी पूर्णत गोलाकार पिण्ड नभएर अन्तरिक्षमा अडिएको एउटा रसिलो नास्पाती हो । बास्तविकता चाहिं के हो भने ‘सुन्तलाजस्तो डल्लो’ र ‘नास्पातीजस्तो डल्लो’ का बीचको यो अन्तर किलोमिटरमा होइन मिटरमा रहेको छ । यसका कराण पृथ्वीको सतहको वक्रतामा पर्ने फरक प्रति माइल एक इन्चको दश लाख भागको एक भाग बराबर छ ।
कुारको चुरो के भने अंग्रेजी साहित्यका यी तन्नेरी विशेषज्ञ कुनै पनि कुरो ‘पूरापूर सही वा पूरापूर गलत’ मात्र हुन्छ भन्ने काल्पनिक दुनियाँका बासिन्दा हुन् । उनलाई लाग्दो होला – आजसम्मका सारा सिद्धान्त गलत साबित हुँदै आएकाले पृथ्वी गोलाकार छ भन्ने आजको सिद्धान्त पनि भविष्यमा गलत साबित हुने पक्का छ र शायद आउँदो शताब्दीमा पृथ्वीलाई घनाकार, त्यसपछिको शताब्दीमा खोक्रो चारकुने र अझ अगाडिको समयमा सेलरोटी जस्तो आकार–प्रकारको मानिने छ ।
वास्तवमा, हुन्छ चाहिं के भने कुनै राम्रो अवधारणा फेला परेपछि वैज्ञानिकहरु त्यसलई निरन्तर परिष्कृत गर्दै अगाडि बढ्छन् र झन् –झन् बढी सूक्ष्मताका साथ लागू गर्दै जान्छन् । यो काम मापनका यन्त्रहरु परिष्कृत हुँदै जाँदा सम्भव भएको हुन्छ । सिद्धान्त गलत होइन, बरु अपूर्ण हुन्छन् ।
भूकेन्द्री–सूर्यकेन्द्र मोडल
यो कुरा पृथ्वीको आकार निर्धारणका सम्बन्धमा मात्र होइन, कैयौं अन्य मामिलामा पनि लागू हुन्छ । कुनै नयाँ सद्धान्त ‘क्रान्तिकारी’ लागे पनि त्यो पहिलेका सिद्धान्तमा भएका स–साना परिष्कारकै कारण सामुन्ने आएको हुन्छ । यस्तो नहुने भए पुराना सिद्धान्त धेरै दिन टिक्नै सक्ने थिएनन् ।
कोपर्निकसले पृथ्वी–केन्द्रीत सौरमण्डलको सिद्धान्तलाई छोडेर सूर्य–केन्द्रित सौरमण्डलको सिद्धान्तलाई छोडेर सूर्य–केन्द्रित सौरमण्डलको सिद्धान्तलाई छोडेर सूर्य–केन्द्रित सौरमण्डलको सिद्धान्त अपनाएका थिए । त्यसबेला उनी प्रत्यक्ष देखिने कुरा छोडेर त्यस्तो कुरा अपनाइरहेका थिए जुन सरकार हास्यास्पद लाग्थ्यो । जे होस्, उनी आकाशमा ग्रहहरुको गति र त्यसको गणनालाई थप परिष्कृत बनाउने ध्याउन्नमा थिए । र, अन्तत: पृथ्वी–केन्द्रीत सौरमण्डलको सिद्धान्त त्यहाँभन्दा अगाडि बढ्न सकेन । त्यो सिद्धान्त त्यति लामो समयसम्म किन टिकिरहेको थियो त भन्दा त्यसबेलाका मापनका मापदण्डअन्तर्गत त्यसले निकै राम्रो नतीजा दिने गरेको थियो ।
एउटा उदाहरण हेरौं । पृथ्वीका भौगोलिक संरचनाहरु असाध्यै मन्द गतिमा बदल्ने गर्छन् र यहाँका जीवजन्तु (मानव सहित) पनि उत्तिकै मन्द गतिमा विकसित हुने गर्छन् । यस्तो अवस्थामा शुरु–शुरुमा पृथ्वी र यहाँको जीवनमा कुनै परिवर्तन हुने गर्दैन, दुवै कुरा अहिले जस्ता छनछ् शुरुदेखि नै यस्तै थिए भन्ने मान्यता कायम हुनु ठीकै थियो ।
तर सावधानीपूर्वक गरिएका अवलोकनहरुले जब पृथ्वी र यहाँको जीवन अत्यन्त मन्द गतिमा बदलिइरहेका हुन्छन् भन्ने देखाए, त्यसबेला पृथ्वी र जीवन दुवै अत्यन्त प्राचीन हुनुपर्छ भन्ने स्पष्ट हुन पुग्यो । अनि आधुनिक भूविज्ञद्दान (जियोलोजी) को जन्म भयो र साथसाथै जैविक विकासको धारणा पनि अस्तित्वमा आयो ।
पृथ्वी र जीवनको परिवर्तनको गति तीब्र हुँदो हो त भूविज्ञान र जैविक विकासको धारणा प्राचीनकालमै आजको स्वरुपमा पुगिसकेका हुन्थे । तैपनि, ‘सृष्टिवादी’ हरु आज पनि आफ्ना कपोल–कल्पनाहरुको डम्फू उत्तिकै जोडतोडले बजाइरहेकै छन् । यो किन सम्भव भएको छ त भन्दा ‘अचर विश्व’ मा हुने परिवर्तनको गति र विकासशील विश्व मा हुने परिवर्तनको गतिका बीच जुन अन्तर छ त्यो ‘शून्य’ र लगभग शुन्य को बीचमा छ ।
सिद्धान्तहरु निरन्तर परिष्कृत हुँदै जान्छन् । यो कुरा अति प्राचीन सिद्धान्तमा पनि लागू हुन्छ र आधुनिक सिद्धान्तमा पनि । तिनमा पनि प्रगतिको गुन्जाइस थियो र यिनमा पनि छ । तर, समय अघि बढ्दै जाँदा सिद्धान्तहरुमा परिष्कारको परिमाण ककमभन्दा कम हुँदै जान्छ । र, प्रत्येक नयाँ परिष्कारले पहिले गरिएका परिष्कारको सफाया गर्दैन । उदाहरणका लागि, यूनानी विद्वानहरुले पृथ्वीको गोलाइमा ध्यान नदिईकनै अक्षांश र देशान्तरको धारणा प्रस्तुत गरेका थिए र भूमध्यसागर क्षेत्रका सटीक नक्शा बनाएका थिए । हामी आज पनि अक्षांश र देशान्तरको प्रयोग गर्छौ । यसैगरी, ग्रहका गतिहरुमा नियमितता हुन्छ र त्यसको पूर्वानुमान गर्न सकिन्छ भन्ने सिद्धान्त, शायद सबैभन्दा पहिले, सुमेंरवासीहरुले स्थापित गरेका थिए । उनीहरुले पूर्वानुमानका पद्धति समेत विकसित गरेका थिए, यद्यपि पृथ्वी नै ब्रह्माण्डको केन्द्र हो भन्ने तिनको मान्यता थियो । तिनका ‘माप’ हरुमा प्रशस्त सुधार भएका छन्, तर ग्रहहरुको गति र तिनको पूर्वानुमान सम्बन्धी सिद्धान्त आज पनि त्यही हो ।
स्पष्ट छ, आज हामीसँग जे सिद्धान्त छन्– मलाई चिठी लेख्ने अंग्रेजी साहित्यका तन्नेरी विशेषज्ञको सरलीकृत बुझाइमा तिनलाई ‘गलत’ मान्न सकिन्छ, तर बढी सटीक र परिष्कृत अर्थमा तिनलाई केबल ‘अपूर्ण’ मान्नुपर्ने हुन्छ । (विज्ञान–कथालाई नवीन उँचाइमा लैजाने आइज्याक इसिमोभले सयभन्दा बढी पुस्तक लेखेका छन् । शिक्षकबाट – भाषान्तर शरच्चन्द्र वस्ती

Nepalese Rupee Exchange Rate