चुरे संरक्षणको प्रतिबद्धता

हिमाल–पहाड र तराईको बीचमा रहेको मेची देखि महाकालीसम्म फैलिएको चुरे श्रृंखला । चुरे पहाडको संरक्षण अनिवार्य आवश्यकता हो । चुरे पहाड अतिक्रमण गरी बसोबास गर्नेको संख्या बर्षेनी बढीरहेको छ । चुरे पहाड कमजोर पहाड हो । चुरे पहाडलाई संरक्षण गर्ने भनेको मानव वस्तीलाई हटाएर चुरे पहाडलाई पूर्ण रुपमा वन जंगलले ढाक्न दिने हो । चुरे श्रृखंलाबाट जथाभावी गिट्टीबालुवा झिकेर भारतमा निर्यात गर्नमा क्रसर उद्योगहरु, तीव्र रुपले लागेका छन् । चुरेको गिट्टी बालुवा जथाभावी सँग झिक्न नदिन राष्ट्रपति र सरकारले पटक–पटक दिएको निर्देशनको अवज्ञा हुँदै आएको छ । यतिखेर चुरे संरक्षणको विषय र ‘काग कराउँदै छ, पिना सुक्दैछ’ को अवस्थामा पुगेको छ । चुरेको वन फडानी अनियन्त्रित छ । जसका कारण बर्षेनी चुरेको  ढु·ा, माटो, बालुवा बगेर तराईको उर्वराभूमि मरुभूमिकरण हुँदैछ । वातावरणीय सन्तुलनको दृष्टिकोणले यो अत्यन्तै चिन्ताको कुरा हो । चुरेको संरक्षणमा तत्काल सबै पक्ष गम्भीर र संवेदनशील बनेर नजुट्ने हो भने हामीले हाम्रो खुट्टामा आफैले बन्चरो हानेको प्रमाणित हुनेछ । देशका राष्ट्रपति डा. रामबरण यादवले चार बषृ अघि देखि चुरे क्षेत्रको संरक्षणमा गम्भीर बन्न गरेको आग्रह र निर्देशनलाई स्थानीय जनता र स्थानीय प्रशासनले खासै महत्व नदिएकाले चुरे संरक्षणको हरी बिजोग देखिन्छ । नेपाल वातावरण पत्रकार समूह लगायत बिग्रदो वातावरणप्रति चिन्ता गर्ने सम्पूर्ण वातावरणप्रेमीहरुले चुरे संरक्षणमा दिएको दबाव र राखेको चिन्ता र चासोको कुनै अर्थ नरहनु भनेको एउटा दुर्भाग्य हो ।
विश्व वातावरण पत्रकार समूहद्वारा विश्व वातावरण दिवस ५ जुनका दिन ‘चुरे बुझौं, बुझाऔं’ विषयक अन्तरक्रिया कार्यक्रम रहेको थियो  । वर्तमान समयमा यसको अत्यन्तै ठूलो महत्व छ । अन्तरक्रियापछि नेपाल वातावरण पत्रकार समूहले आफूले राखेको विषय आफैले बिर्सने हो कि भन्ने डर पनि छ । नेपामा कुरा धेरै हुन्छ, चाहिदो काम निकै थोरै हुने गरेको छ । गैर सरकारी संस्थाहरुले पनि मुद्दाको उठान गर्ने तर त्यसको कार्यान्वयनका लागि कुनै पहल नगेको पाइन्छ । तैं रानी, मैं रानी कसले भर्नेपानी को अवस्था छ नेपालमा । काम कुरा एकातिर कुम्लो बोकी ठीमी तिर भन्ने उखान कार्य व्यवहारमा चरितार्थ हुँदै आइरहेको छ । कागजी योजनाले सिंगो मुलुक ग्रसित छ । कागजी योजनामा सबै कुरा समेट्ने तर फिल्डमा पुगेर कोही काम नगर्ने प्रवृत्तिले सिंगो देश लथालिंग भताभु· छ । चुरे दोहनका कारण दिन प्रति दिन समस्या बढी रहेको र सरकारको प्तिबद्धता कमजोर भएको राष्ट्रपतिको भनाइ गोहीको आँशु साबित भएको छ । आफूले दिएको निर्देशन कार्यान्वयन नगर्ने सरकार र कर्मचारीलाई आजसम्म के कारबाही भयो त यसतर्फ राष्ट्रपतिको कुनै जवाफ छैन । साठी प्रतिशत नेपाली जनताको जनजीवनसँग प्रत्यक्ष जोडिएको चुरे क्षेत्रको संरक्षणलाई राष्ट्रिय सरोकारको महत्वपूर्ण विषयका रुपमा तत्काल नलिनु मुर्खता साबित हुनेछ । जलवायु परिवर्तनको प्रभावलाई चुरे संरक्षणले न्यूनिकरण गर्न सक्ने कुरामा चुरे संरक्षणले न्यूनिनकरण गर्न सक्ने कुरा सबैको ध्यान जानु जरुरी छ । जथाभावी गिट्टी बालुवा ढुंगा झिक्नमा पूर्ण प्रतिबन्ध लगाइनु पर्दछ । चुरेको संरक्षणका लागि खाली जग्गामा वृक्षा रोपण र वन संरक्षणलाइ जोड दिइनुपर्दछ । व्यापक शोषण र वन संरक्षणलाई जोड दिइनु पर्दछ । व्यापक जन सहभागिताबाट मात्र चुरे संरक्षण संभव छ । राष्ट्रिय गौवको आयोजनाका रुपमा राख्दै चुरे संरक्षणमा सबैको सकारात्मक सहयोग हुनु पर्दछ । वन जंगल माटो, ढुंगा गिट्टीको संरक्षण नै चुरे संरक्षण हो । प्राकृतिक विविधता, जैविक विविधताको संरक्षण हो ।

SHARE THIS

Author:

Facebook Comment