प्रज्ञापनपत्र भन्दा बढी समान लोड गरेको ट्रक बरामद

बीरगंज /३/२२/
 अपराध नियन्त्रण, फरार अपराधी पक्राउ तथा भन्सार चोरी निकासी नियन्त्रणको लागि जि. प्रहरी  कार्यालयबाट जारी गरिएको अभियान अन्तर्गत  १६:०० वजेको समयमा भन्सार प्रज्ञापनपत्र भन्दा बढी समान ना. २ ख ८७७४ नं.को ट्रकमा लोड गरी बीरगंज भन्सार तर्फबाट पथलैया तर्फ जान लागेको छ भन्ने विशेष सुचनाको आधारमा यस कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले जि. पर्सा बीरगंज उ.म.न.पा वडा नं.१९ बाईपास स्थित बाटोमा पुग्दा सुराकीले दिएको नं.को उक्त ना. २ ख ८७७४ नं.को ट्रक फेला समान लोड गरेको अवस्थामा फेला परेकोले उक्त ट्रक नियन्त्रणमा लिई बरामद गरी  यस कार्यालयमा दाखिला गराएको हुदाा उक्त ट्रक आवश्यक कारवाहीको लागि राजश्व अनुन्धान विभाग मध्यमान्चल क्षेत्रिय कार्यालय पथलैया बारामा पठाइएको ।


SHARE THIS

Author:

Facebook Comment