औद्योगिक सुरक्षा बलसम्बन्धी छलफल

वीरगञ्ज, आषाढ २२/
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारी एवं राजस्व, भंसार तथा औद्योगिक सुरक्षा बलका सशस्त्र प्रहरी नायब महानिरीक्षक सुबोधकुमार अधिकारीबीच औद्योगिक सुरक्षा बल सम्बन्धमा एक छलफल कार्यक्रम सम्पन्न भयो ।
वीउवासङ्घका अध्यक्ष अशोककुमार वैधले वीरगञ्ज पथलैया औद्योगिक क्षेत्रमा नेपालकै सबै भन्दा बढी उद्योग, कल–कारखाना रहेको तथा औद्योगिक सुरक्षा बलको गठनले पर्सा–बारा क्षेत्रमा रहेका सम्पूर्ण उद्योगहरुलाई एउटा निश्चित सुरक्षा घेरामा राखी सुरक्षा प्रदान गर्दै आएकोमा निजी क्षेत्रले सकारात्मक रुपमा लिएको कुरा व्यक्त गर्नुभयो ।
सोही अवसरमा औद्योगिक सुरक्षा बलको स्थापनाले ट्रेड युनियन, उद्योगका कामदार तथा श्रमिक, व्यवस्थापन पक्ष लगायत सबैको हित प्रबद्र्धनमा सघाउ पुगेको, औद्योगिक सुरक्षा बलको स्थापनाले उद्योग तथा श्रमसाग सम्बन्धित विवादहरु न्युन हुादै गएको लगायतका बिषयहरुमा सङ्घका बरिष्ठ उपाध्यक्ष प्रदीपकुमार केडिया, उपाध्यक्ष ओमप्रकाश शर्मा र सुवोध गुप्ताले आ–आफ्नो मन्तब्य व्यक्त गरेका थिए । आउादा दिनहरुमा समेत श्रम सम्बन्ध सुधार तथा औद्योगिक सुरक्षाको लागि सङ्घ सदैव सहकार्य गर्न तत्पर रहेको धारणा पदाधिकारीले व्यक्त गरेका थिए ।
छलफलमा उठेका कुराहरु माथि प्रकाश पार्दै स.प्र.ना.म.नि. अधिकारीले सार्वजनिक निजी साझेदारी अवधारणको रुपमा रहेको औद्योगिक सुरक्षा बल सशस्त्र प्रहरीको लागि पहिलो कार्य रहेको, औद्योगिक सुरक्षा बल ऐन निर्माणको लागि वीउवासङ्घको सल्लाह सुझाव अत्यन्तै महत्वपूर्ण रहने कुरा बताए । साथै सबैको हितमा हुने औद्योगिक सुरक्षा बल ऐन लागू हुनु नितान्त आवश्यक रहेको भन्दै औद्योगिक शान्ति सुरक्षाको लागि आफूले सक्दो सहयोग र सहकार्य गर्ने प्रतिवद्धता जनाउनुभयो ।
सङ्घका अध्यक्ष अशोककुमार वैधको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा सङ्घका पदाधिकारीहरुको उपस्थिति रहेको थियो भने धन्यवाद ज्ञापन सङ्घका वरिष्ठ उपाध्यक्ष प्रदीपकुमार केडियाले गरेका थिए । कार्यक्रममा सङ्घका सचिवद्वय रविन्द्र बरनवाल, अनिल अग्रवाल, सह–सचिव मनोज शर्मा, औद्योगिक सुरक्षा बलका स.नायब प्रहरी उपरीक्षक विश्व भट्टराई लगायतको उपस्थिति रहेको थियो ।


SHARE THIS

Author:

Facebook Comment