नगरपालिकाले सरसफाई गर्न नसकेपछि प्रहरी सेना र सशस्त्रद्वारा नगरको सरसफाइ

बीरगन्ज/सानो पानी पर्दा जलमग्न हुन थाले पनि सयुक्त रुपमा शनिबार नालाहरुको सरसफाई भएको छ । बीरगंन्ज उपमहानगरपालिका , अन्चल प्रहरी कार्यालय नारायणी, जिल्ला प्रहरी कार्यालय पर्सा, सिमा सुरक्षा बल चिनीमिल, नेपाली सेनाको वीरगन्जको श्रीपुरमा रहेको बरखगणको संयुक्त टोलिले शनिबार बीरगंजमा बृहत सरसफाई गरेको हो ।
सरसफाई कार्यक्रममा अन्चल प्रहरी कार्यालय नारायणीका प्रहरी वरिष्ठ उपरिक्षक सर्वेन्द्र खनाल, बीउनपाका कार्यकारी अधिकृत तारा बहादुर कार्की, विजय डंगोल, प्रकाश अमात्य, सशस्त्र प्रहरी उपरिक्षक हर्कहादुर रावल, प्रहरी नायब उपरिक्षक श्याम कुमार महतो, बीरगज नगर विकास समितिका अरविन्द गुप्ता लगायतको नेतृत्वमा रहेको सयुक्त टोलिले नालाको सरसफाईका साथै अतिक्रमण गरी बनाईएका घरटहरा , घुम्टीहरु हटाएको थियो ।
सार्वजनिक जग्गा, बाटोघाटो कब्जा गर्ने जो कोहीलाई पनि कारवाही गरिने जनाऊदै टोलिले बीरगंजको घण्टाघरदेखि पावर हाउस चौकसम्म बाटोको दुवै तिर सर सफाई गर्नुको साथै सडकलाई अतिक्रमण गरी बनाईएको घर टहरा, खाजा पसल हटाइएको थियो ।
टेम्पो, सिटीराइडलाई एकलाईनमा आफ्नो स्टेन भएको ठाँउमा राख्ने र घण्टाघरदेखि रेल्वे बाटोमा रहेको टाँगा स्टेनलाई व्यवस्थित गर्न अन्चल प्रहरी कार्यालय नारायणीका प्रहरी वरिष्ठ उपरिक्षक सर्वेन्द्र खनाल निर्देशन दिएका थिए । रेल्वे बाटोमा रहेको पसलहरुलाई नाला र बाटोलाई छेकेर पसलका सामानहरु नराख्न आग्रह समेत उनले गरेका थिए ।
सरसफाई कार्यक्रममा नेपाल प्रहरीका १२५ जना, सशस्त्र प्रहरीका ७५ जना, नेपाली सेनाका १०० जना लगायत बीरगंज उपमहानगरपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो । घण्टाघरमा रहेको सिटी शौचालयको पर्खाल भित्र नगरपालिका कर्मचारीको मिलीमतोमा बनाइएको खाजा घर साइकल स्टेन समेत हटाइएको र शौचालयको छेउमा रहेको घर टहरा हटाई बजार गर्न आउने व्यक्तिहरुको साइकल र मोटर साइकल पार्किड्ड गर्ने स्थल बनाऊन अन्चल प्रहरी कार्यालय नारायणीका प्रहरी वरिष्ठ उपरिक्षक खनालले निर्देशन दिएका थिए ।
करिब साढे सात सय कर्मचारी रहेको नगरपालिकाले गर्न नसकेको सरसफाई करिब ३ सय जनाले शनिबार गरेर देखाएका छन् । अतिक्रमण हटाऊन बजार व्यवस्थित गर्न आफ्नै नगरप्रहरी भए पनि नगरपालिका निरिही बनेको देखिन्छ । प्रहरी बिना उसले केही सिन्को पनि भाच्न नसकेको देखिन्छ । कर्मचारीहरु अवैद्य रकम संकलनमा व्यस्त रहेकाले यस्तो स्थिती आएको नगरवासीको आरोप छ । अन्चल प्रहरी कार्यालय नारायणीका प्रहरी वरिष्ठ उपरिक्षक खनालको नेतृत्वमा सरसफाई भएको छ भने नगरपालिकाको गैरजिम्मेवारीपन प्रमाणित भएको छ । नगरपालिकाका कर्मचारीहरु ईमानदार भएर आफ्नो काम गरेमा यस्तो समस्या नै नआऊने एक कर्मचारी बताऊछन् । कोही काम नै गर्न चाहदैनन् अनि कसरी हुन्छ सरसफाई ? काम खाली झारा टार्न कै लागि गरिन्छ भने राम्रो कसरी हुन्छ ?

–हाम्रो आफ्नै पत्रिका

SHARE THIS

Author:

Facebook Comment