वीरगन्जमा उमा विष्टका फोटो प्रदर्शनी

वीरगन्ज, २१ असार
फोटो पत्रकार उमा विष्टको एकल फोटो प्रदर्शनी शनिबारदेखि वीरगन्जमा शुरु भएको छ । उमाले महिलालाई मुख्य विषयवस्तु बनाएर आफ्नो क्यामेरामार्फत् संकलन गरेका तस्वीरको संगालो हिमाञ्चल केबिन रेष्टुरेन्टका भित्तामा खुल्ला फोटो प्रदर्शनी शुरु गरिएको हो । अन्नपूर्ण पोष्टसाग आवद्ध फोटो पत्रकार उमाले उनी शीर्षकमा एक वर्ष अघि राजधानीमा आयोजना गरेको तस्वीरलाई वीरगन्जमा पुन: प्रदर्शनीमा राखिएको हो ।प्रदर्शनीको उद्घाटन गर्दै वीरगन्ज जेसिजकी पूर्व अध्यक्ष मधु राणाले उमाका तस्वीरले नेपाली महिलालाई सुन्दरतापूर्वक उतारेको प्रतिकृया दिइन् ।

स्थानीय गैर सरकारी संस्था संस्कृतीको सहयोगमा मोफसलमा फोटो प्रदर्शनी गर्न पाएकोमा फोटोपत्रकार उमाले खुशी व्यक्त गरिन् । उनले भनिन्, प्रदर्शनीप्रति वीरगन्जवासीको उत्साहजनक प्रतिकृयाले मलाई अन्यत्र पनि प्रदर्शनी लैजान प्रोत्साहन मिलेको छ । दुई महिनासम्म चल्ने प्रदर्शनीमा महिलाको प्रगती, दैनिक जीवन, सामाजिक परिवेश समेटिएका १८ वटा तस्वीर राखिएका छन् । स्थानीय यूवाहरुको सामाजिक संस्था संस्कृतीले फोटो प्रदर्शनीको आयोजना गरेको हो । संस्कृतीका अध्यक्ष मनिष पौडेलले वीरगन्जवासीलाई विभिन्न फोटो पत्रकारले खिंचेका फोटोसाग परिचित गराउने उद्देश्यले प्रत्येक महिना फोटो प्रदर्शनीको आयोजना गरिंदै आएको बताए । संस्कृतीले यसअघि आठजना फोटो पत्रकार र एकजना चित्रकारसहित नौवटाको फोटो प्रदर्शनीको आयोजना गरिसकेको छ ।

क्याप्सन: संस्कृतीको आयोजनामा शनिबारदेखि वीरगन्जमा शुरु भएको फोटो पत्रकार उमा विष्टको तस्वीर प्रदर्शनी अवलोकन गर्दै वीरगन्ज जेसिजकी पूर्व अध्यक्ष मधु राणा ।


SHARE THIS

Author:

Facebook Comment