एमाले महाधिवेशनमा भाजपा नेता जौलीमाथि भएको दुव्र्यवहारको घोर भत्सर्ना

वीरगन्ज, २२ असार /
 
   नेपाल साधु महासंघका केन्द्रिय संरक्षक बाबा सेवक सौरभनाथले हालै सम्पन्न एमालेको अधिवेशनमा मित्र राष्ट्र भारतको (भारतीय जनता पार्टी) को नेता विजय जौलीमाथि भएको दुव्र्यवहारको घोर भत्सर्ना गरेका छन् । बाबा सौरभनाथले आज स्थानीय होटल सम्झनामा मधेशी पत्रकार समाज पर्साको व्यानरमा पत्रकार सम्मेलनको आयोजना गरि सो भत्सर्ना गरेका हुन् । वहांले हाम्रो संस्कृतिमा अतिथि देव भव भन्ने भावना रहेको हुंदा आमन्त्रिक गरिएको भाजपाका नेता जौलीमाथि अधिवेशनमै दुव्र्यवहार गरेर हाम्रो संस्कृतिको अपमान गरेको आरोप लगाएका हुन् । पत्रकार सम्मेलनमै बाबा सौरभनाथले नेपाल साधु महासंघका केन्दिय महासचिव पण्डित हरिनारायण शर्मा उर्फ साइकल बाबाको नेतृत्वमा १ सय भन्दा बढि साधु सन्त, भक्तजन बाबा बर्फानीको दर्शन हेतु यही असार २९ गते अमरनाथ यात्रामा जाने कार्यक्रम रहेको बताउनुभयो । नेपालको समृद्धि एवं नेताहरुको समृद्धिको लागि तथा एक वर्षभित्र हिन्दु राष्ट्र सहितको संविधान निर्माण होस् भन्ने प्रार्थना गर्नको लागि सो यात्रामा साधुसन्तहरु जान लागिएको पत्रकार सम्मेलनमा बाबा सौरभनाथे बताउनुभयो । सो यात्रा वीरगन्जको घण्टाघर स्थितबाट ४ बजे बेलुकी जम्बु काश्मिरको लागि प्रस्थान गर्ने भएको बताइएको छ । मधेशी पत्रकार समाज पर्साका अध्यक्ष सन्तोष पटेलको सभापितत्वमा सम्पन्न भएको सो पत्रकार सम्मेलनमा नेपाल साधु महासंघका केन्द्रिय संरक्षक बाबा सेवक सौरभनाथ लगायत स्थानीय सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।


SHARE THIS

Author:

Facebook Comment