सीमा बिवाद समाधान गर–सन्तोष मिश्र

नेपालको दक्षिण तर्फको छिमेकी राष्ट्र भारतले बिस्तारवादी नीति अन्तर्गत नेपालको सीमा अतिक्रमण र राजनीतिक, कुटनीतिक हस्तक्षेप कायम राखी स्वतन्त्र राष्ट्र नेपालको अस्तित्व समाप्त पार्न धावा बोली रहेको छ । बर्तमान स्थितिमा नेपालीहरु माथि सिंहदरबारले शासन गरिरहेको छ । सिंगो नेपाल केन्द्रीय शासन सत्तामाथि दिल्लीले शासन गरिरहेको छ । सिंहदरबार दिल्लीको निर्देशनमा चलिरहेको छ भन्दा पनि अत्युक्ति नहोला । सत्तामा नपुगुञ्जेल राष्ट्रिय स्वाधीनता नेपाली सार्वभौमिकता र स्वाभिमानको कुरा उठाउने सत्तामा पुगेपछि भारतीय बिस्तारवाद सामु आफ्नो तुच्छ स्वार्थ निहित स्वार्थका लागि आत्मसमर्पण गर्ने नेपालका पार्टीका नेताहरुका नियले गर्दा नेपालीहरुले सीमा अतिक्रमण नियति भोग्नु परेको छ । भारतले जतिसुुकै ज्यादति गरे पनि ठूलाले जे गर्छ काम त्यो हुन्छ सवृसम्मत भने झैं छातीमाथि ढुंगा राखी राष्ट्रवादी नेपालीहरुले हाँस्नु परेको छ । प्रधानन्त्रीमा मोदी आए पनि अरु जो कोही आए पनि नेपालीको सीमा भारतले अतिक्रमण गर्न छाड्नै छैन । भारतीय बिस्तारवाद नेपालीहरुले प्रताडित भई नै रहनु पर्नेछ । नेपालको ७४ स्थानमा सीमा बिवाद छ । भारतले नेपालको सीमा बिवाद र सीमा अतिक्रमण व्रिटिसकालीन सर्भे अफ इण्डियाले सन् १९२८ मा प्रकाशित गरेको नक्सामा देखाइएको जंगे खम्बा सीमा स्तम्भ अनुसार नै सुल्झाउनु पर्दछ । अर्को बिकल्प छैन । भारतले सीमा बिवाद नसुल्झाएसम्म नेपालीहरुले भारतसँग खुशी मन राख्न सक्दैनन् । सीमा बिवाद जारी रहेसम्म ‘भारतीय विस्तारवाद’ नारा धन्काउन नेपालीहरुले छाड्नु हुँदैन । जबसम्म भारतले नेपालप्रतिको हेपाहा नीति, गलत प्रवृत्ति छाड्दैन तबसम्म नेपाली देशभक्त जनताहरुले एक स्वरले नेपालका भारतपरस्त दलाल पार्टी नेता र भारतीय गलत नीतिका बिरुद्ध आवाज उठाइ रहनु पर्दछ । सानो हिमाली राष्ट्र सिक्किम सिक्किमेली नेताहरुकै कारण भारतमा विलय हुन गएको हामीले मनमा हेक्का राखेर आफ्नै राष्ट्रिय स्वाधीनता रक्षाका लागि लडीरहनु पर्दछ ।
कालापानी, सुस्ता, पशुपतिनगर ठोरी लगायत ७४ ठाउँमा नेपाली भूभाग भारतले मिचेको छ । नेपालबाट असुरक्षा देखेर भारतले झण्डै १७०० कि.मि. खुल्ल सीमामा ठूलो संख्यामा विएसएफका जवानहरु तैनाथ गराएको छ । सीमा अतिक्रमणमा भारतीय स्थानीय जनता र विएसएफ सक्रिय छ । सीमावर्ती क्षेत्रका नेपाली जनता दिनहु द्वन्, हिंसा र संकटमा परेर भयभित छन् । नेपालका शासक प्रशासकले सीमाको रक्षा गर्ने नेपाली जनताहरुको उच्च मनोबल बनाई राख्ने कुनै नीति, कार्यक्रम लिएको छैन । नेपाल तीन तिर भारत परिवेष्ठित छ । कुनै कुरामा आत्मनिर्भर हुन नसकेको नेपाल भारतसँग परनिर्भर बन्दै गइरहेको छ । यहीमौकाको फाइदा भारतीय बिस्तारवादले उठाउने हो कि नेपाल र नेपालीको अस्तित्व मेटाउने हो कि भन्ने खतरा उत्पन्न भएको छ । भारतको नेपाल प्रतिको नीति र दृष्टिकोण एकदमै खतराजनक छ । नेपालको सेना र प्रहरीको नेपाली सीमासम्म पहुँच छैन । भारतीय विस्तारवादी नीति तीव्र हुँदै गएमा खुला सीमानाले नेपालको पहिचान स्वतन्त्रता सार्वभौमिकता, क्षेत्रीय अक्षणतालाई कहिलेसम्म कायम राख्नसक्ला  य तर्फ सम्पूर्ण देशयुक्त नेपालीहरु संवेदनशील भई नेपालको सीमा ठीक दुरुस्त राख्ने र भारतसँग नयाँ सुमधुर सम्बन्ध राख्ने कसिनु पर्दछ । 

SHARE THIS

Author:

Facebook Comment