
होटल कुमु क्राउन प्लाजा निर रहेको नालामाथि माटो पुरेर बाटो बनाएका थिए । नालामाथि बाटो रहेको थाहा पाएपछि सरसफाईमा जुटेका प्रहरी सेना र उपमहानगरपालिका कर्मचारीले स्क्राभेटरको सहयोगले बाटो हटाउदा नालाबाट पानी बगिरहेको थियो । नेपाली सेनाको बरखगणका मेजर रामकृष्ण श्रेष्ठले उपमहानगरपालिका कार्यालयका अधिकृत ताराबहादुर कार्कीलाई नालामाथि बाटो बनाउन दिन र बाटोको छेउमा पुन नाला बनाउने दिने प्रश्न गर्दा अधिकृत कार्की चुप लागेर बस्नु परेको थियो । अधिकृत कार्कीले नाला बनाउने दिने ठ्ेकेदारलाई यस्तो कार्य गर्न अनुमति दिदै आइरहेकाले नै नालामाथि घर बाटो बन्ने गरेका छन । यसको मुख्य जिममेवारी उपमहानगरपालिका कर्मचारीहरुको नै दोष रहेको छ । नालालाई माटोले पुरेर राख्दा सम्म कुनै पनि कारवाई गर्न नसक्ने र सार्वजनिक बाटालाई पुन नाला बनाउन दिन अधिकृत कार्कीको गल्त क्रियाकलाप रहेकोले नै अहिले शहरमा नालामाथि बाटो बनेको छ । मजेर श्रेष्ठले कार्कीलाई भन्दा कुनै जवाव नै दिन सकेननन । त्यसैगरि नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष धु्रव अधिकारीले अधिकृत काकीलाइ सबैको अगाडी ओ्म आश्रम निर बन्दै गरेको बाटोको निर्माणमा ठुलो अनिमियतता भएको बताए । उनले ठकेदारले बनाएको बाटो केही दिनमा नै भत्किन पुगेको र यसमा ठेकेदारसंग कर्मचारीले ४० प्रतिशत कमिशन लिने गरेकोले नै निर्माणको काम राम्रो हुन नसकेको बताएपछि कार्की चुप लाग्नु भएको छ । सेनाका मेजर श्रेष्ठले नगरका जनताहरुले आफै पनि सरसफाई गर्नु पर्नै बताए । उनले हामी जहाँ भएता पनि नगरलाई सफा राख्नु पर्छ भनेर लागि परिरहेकाले यो शहरलाई पनि सफा राख्ने नेपाली सेनाहरु लागि परिरहेको बताउनुभयो । नेपाली सेनाहरु सरसफाईमा जुटेको देख्दा यस्तै इमा्नदार देशभक्त नेपाली सेनाहरु जस्तै अरु कर्मचारीहरु किन बन्न नसकेको भन्ने प्रश्न उठेको छ ।