पूर्वराजा समर्थक र गणतन्त्रवादी विचको भिडन्तलाई कसैले रोकन सकदैन

–अमर मान श्रेष्ठ
बीरगंज /नेपाली जनताहरुलाई अन्यौलमा पारेर गणतन्त्र घोषणा गर्न पुगेका दलहरुलाई अहिले  निकै अप्ठारो पर्न गएको छ । राजसंस्थामाथि जुन आरोप लगाएर राजनीति गर्न सफल भएका दलहरुले नेपाल र नेपाली जनताहरुको पक्षमा काम गर्न नसकेको र राष्ट्रियता दिन प्रतिदिन कमजोर भइरहेकोले दलहरुको आवश्यकता अब छैन भन्ने सोच बनाएर जनताहरु एकजुट भएर राजसंस्थाको पक्षमा लाग्न आतुर भएका छन । गणतन्त्रवादी नेताहरु अहिले सम्म विदेशीहरुको इशारामा चाच्दै आफनो स्वार्थमात्रै लुटिरहेकाले दलका नेताहरुबाट  नेपालको अस्तित्व जोगिन सक्दैन भन्ने सोच बनाएर नेपाली जनताहरु आफै राजसंस्थाको समर्थनमा जुटन पुगेको छ । जनताहरु मौन भएर बसेकाले दलहरुले निकै फाइदा लिन सफल  भएकाले अब जनताहरु आफै राजसंस्थाको समर्थनमा जस्तो सुकै भिडन्त भएता पनि भिडन्त तयार भएर अगाडी बढन थालेको अभाष हुन पुगेको छ । दलहरुले राजसंस्था समाप्त पारेको ७ वर्ष विती सक्दा पनि जनताको भावनालाई जितन सकेका छैन । दलहरुले कति राष्ट्रघाती कार्य गरेका छन । यसको हिसाव किताव राखेका छन । मौका पाउदा साथ राष्ट्रघाती नेताहरुको विरोध जनताहरु लाग्ने छन भनेर दलहरुले बुझनु परेको छ । नेपाली जनताहरुको मनमा बसेका राजसंस्थालाई बन्दुकको भरमा समाप्त पारेर हिडनेलाई जनताहरुले कुन बेला सजाय दिन सक्छ ।यसको अनुमान लगाउन सकेका छैन । नेताहरुले जनताहरु कतातिर रहेका छन । जनताको मनमा के छ भनेर बुझन नसकेकाले अब जनताहरु आफैले राजधानीमा राजा आउ देश बचाउ,गणतन्त्र चाहिन्दै राजा फाल्न पाइदैन लगायतका नाराबाजी गरि पूर्व राजा ज्ञानेन्द्र शाहको जन्मोउत्सव निकै धुमधामले मनाउन पुगेको छ ।
पूर्व राजा ज्ञानेन्द्र शाहको ६८ औं जन्मोत्सवको सोमवार निर्मलनिवासमा हजारौको संख्यामा नेपालीहरुको भिड लागेका थिए । हजारौ जनताहरु लामबद्ध भएर नारा लगाइरहेका थिए । नेपालको अस्तित्व सुरक्षाको लागि राजा सक्रिय हुनु पर्‍यो भन्दै नारा लगाएपछि गणतन्त्रवादीहरुले यसतर्फ के सोचेका होलान । उनीहरुले यति ठुलो मात्रामा उपस्थिती भएका जनताहरुको आस्था केन्द्र पूर्व राजा शाह भएको बुझन सकेका छैन । शाहको जन्मोत्सवमा उपस्थिती हुन पुगेकाहरुलाई कुनै दलहरुले भाडामा ल्याएका जनताहरु जस्तै थिएन । उनीहरु स्वच्छ ह्दयले राजसंस्थामाथि विश्वास गरेकाले नै निर्मल निवास पुगेका हुन । निर्मल निवासमा आफनो जन्मोत्सव मनाइरहेका पूर्व राजा शाहलाई नेवार समुदायबाट  उपहार समेत दिएका थिए । हजारौ नागरिकहरुले भेटघाट गरि जन्मोत्सवको शुभकामना समेत दिए । ज्ञानेन्द्रले सन्चारकर्मीसंग सबै अटाउनुपनै्र संविधान बनाउनुपर्ने बताए । उनले भने अहिले सबैबीच एकताको महसुस भएको छ । अब सबै अटाउने खालको संविधान ल्याउनुपर्छ देशमा अशान्ति भएको धेरै भएकाले अब शान्तिको धुन बजाउनुपर्नैमा जोड दिए । असार २३ गते निर्मल निवासमा पुग्दा मुलुकमा राजतन्त्र भएकै भान आम जनतााहरुले गरेका थिए ।
शाहलाई मायाँ गर्नैैहरुले उनको निर्धारमा महिला युवतीहरुले टिका समेत लगाइदिएका थिए । जनताको आत्ममा सधै बसिरहेका पूर्व राजा शाहलाई कति अन्यायपूर्ण तरिकाले नारायणीहिटी दरवारबाट बहिगमन गरेका थिए । दलहरुले गणतन्त्रको नाममा जुन शाहमाथि अन्याय गरेका छन । नेपाली जनताहरुले दलहरुलाई मत दिएको सोच बनाएर जनताहरु राजसंस्थाको विरोधी हुन भनेर जुन सोच बनाएका छन । त्यो नै दलहरुको लागि खाल्टोमा पुर्न दिन हुनेछन । राजसंस्थाले नेपालको लागि के गर्‍यो र गणतन्त्रवादी नेताहरुले नेपालको लागि के गर्‍यो र के गर्न चाहेका छन भन्ने कुरा थाहा पाएर नै राजसंस्था फर्काउनको लागिपरिहेका छन । राजसंस्था जब समम नेपालमा रहदैन तब समम नेपाल र नेपालीहरुको अस्तित्व समेत रहने छैन भन्ने घटनाक्रमले देखाउन पुगेको छ । गणतन्त्रवादीले जतिसुकै पनि घमण्डको राजनीतिक गरेता पनि अब जनताहरुले नेताहरुलाई साथ दिने छैन । पुृर्व राजा शाहले एकपल्ट जनताहरुलाई सडकमा उबन आहवान गरेमा लाखौ जनताहरु सडकमा उत्रेर गणतन्त्रवादीलाई जस्तो सुकै पनि सजाय दिन पछि पर्नै छैन । शाहलाई हत्यारा, तस्कर, अपराधी, दरवार हत्याकाण्ड लगायतको आरोप लगाएर हिडने दलका नेताहरुको दिन जनताहरुले एक दिन आफै समाप्त पारि छाडने छन । दलहरुले समयमा नै शाहलाई अधिकार दिन खोजेन भने उनीहरुलाई जनताको आक्रोशबाट कसैले पनि बचाउन  सक्दैन भन्ने कुरा बुझनु परेको छ । लाखौ लाख जनताहरु राजसंस्थाको समर्थनमा रहेको छ । पुर्व राजा शाह नेपालको कुनै पनि जिल्लामा भ्रमण गर्न जादा लाखौ जनताहरुले शाहलाई सम्मान गरेका छन । ति जनताहरु सडकमा निस्कन थाल्यो भने पुर्व राजा शाह  र गणतन्त्रवादी विच भिडन्त हुनेछ ,।त्यसबेला गणतन्त्रवादीहरुको अवस्था कस्तो होला भनेर सोचनु पर्नै बेला भइसकेको छ ,। यसैमा दलहरुको भलो हुनेछन नत्र भने भिरबाट खस्ने गोरुलाई राम राम मात्रै भन्न सकिन्छ ।

SHARE THIS

Author:

Facebook Comment