प्रकृति रिसाइन–सन्तोष मिश्र

मानिसले चाहेर र गरेर केही हुँदैन । प्रकृतिले चाहिन भने नचिताएको परिवर्तन हुन सक्दछ । विश्वकै प्रमुख चुनौती जलवायु परिवर्तनको प्रभाव यसपाली नेपालमा पनि परेको छ । जेठ महिनाको अन्तिम हप्ताबाट शुरु हुनुपर्ने मनसुन वर्षा असार १५ बितिसक्दा पनि हुन सकेको छैन । मनसुन वर्षा समयमा नहुँदा धान खेत बाँझै छन् । बारीमा लगाइएको मकै पनि सुक्न थालेको छ । सडक र बाटोघाटो धुलाम्य बनेको छ, खेत सुख्खा छन् ।
 मनसुन वर्षा समयमा नहुनु र पर्याप्त नहुनु भनेको देशमा अनिष्ट आउनु हो । प्रमुख बाली धान, मकै र कोदो नै बिग्रिएपछि अनिकाल पर्ने नै भयो । देशमा खाद्यान्न उत्पादनमा ह्रास आएपछि महंगी बढ्ने छ । क्रयशक्ति विहीन ठूलो संख्याका नेपालीहरूमा भोकमरी र महंगीले ठूलो आक्रोश जन्माउने छ । सरकारले प्राकृतिक विपदलाई व्यवस्थापन गर्न चुक्यो भने अनियन्त्रित जन विद्रोह हुन सक्दछ । काँग्रेस र एमालेको सरकारसँग प्रकृति रिसाएकी छन् । यो सरकारले पाप बाहेक पूण्य गरेको छैन । मनसुन वर्षा हुनुपर्नेमा महिनामा खेतमा सिंचाईको अभावमा खेती हुन नसक्दा कृषक अति चिन्तित छन् । असार महिनामा मनसुन वर्षा नभएर धानको रोपापई नभएको नेपाली जनताले देखेकै थिएनन् । भोकमरी, अनिकाल र खडेरीको अनुभूति नेपाली जनताले यसपाली गर्न पाउनेछन् । असार १५ भित्र ५० प्रतिशत खेतमा धानको रोपाई हुनुपर्नेमा अन्नको भण्डार मानिने तराईका जिल्लाहरूमा पम्पिङ सेटबाट कृषकले तीन प्रतिशत खेतमा रोपाई गरेका छन् भने बाँकी खेत बाँझैं छ । मानिसको दूव्र्यवहारबाट प्रकतिले विद्रोह गरिन भने धनजनको ठूलो क्षति हुन जानेछ । जलवायु परिवर्तनका कारण अनावृष्टि, खण्डवृष्टि र अतिवृष्टि हुन सक्दछ । मनसुन वर्षा सक्रिय नभएबाट नेपाली भू–भागमा तापक्रम बढेको छ । मानिसहरू विरामी पर्न थालेका छन् । अस्पतालमा विरामीको चाँप बढेको छ ।
अन्नबालीमा सबभन्दा ठूलो हिस्सा ओगट्ने धान देशकै प्रमुख जीवन आधार हो । नेपाल धानमा आत्मनिर्भर छैन । भारतबाट धान र चामल आयात हुने गरेको छ । ढिला रोपाइले उब्जनी घट्ने, बजार मूल्य बढ्ने, कृषकको आय आर्जन प्रभावित हुने हुनाले राष्ट्रिय संकटकै संकेत भएको छ ।

SHARE THIS

Author:

Facebook Comment