श्रीमानसँग रिस फेर्न आफैंमाथि छुरा प्रहार

क्राइमचेक प्रतिनिधि/
वीरगंज/पारिवारिक विषयलाई लिएर श्रीमानसंग विवाद हुंदा पर्साको निर्मलवस्तीकी एक महिलाले मंगलबार विहान आफैले छुरा प्रहार गरी गम्भिर घाइते भएकी छन् ।
निर्मलवस्ती गाविस विजयवस्ती–५  शान्ति टोल निवासी लुक्ते बम्जनकी २५ वर्षीय श्रीमती आशा माया स्याङबोले श्रीमानसंग विवाद गरी  मंगलबार विहान आफैले आफ्नो पेटमा छुरा प्रहार गरी गम्भिर घाइते भएकी छन् । निजको वीरगंज नारायणी उपक्षेत्रिय अस्पतालमा उपचार भई रहेको छ । घटनाका बारेमा अनुसन्धान गर्न प्रहरीले निजका श्रीमान् लुक्ते बम्जनलाई नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति:२०७१ असार १९ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment