वीरगंज, २६ असार/
बैदेशिक रोजगारिका क्रममा मलेसियामा पुगेका पर्साको महुवनका ५ जना अहिले म्यानपावर कम्पनिको ठगिका कारण भोक भोकै दिन गुजार्न बाध्य भएको पिडितका परिवारजनले गुनासो गरेका छन् । काठमाडौँको कन्काई रिक्रुमेन्ट सप्लायर्स प्रा.लि.बाट एक महिना अघि मलेसिया पुगेका महुवनका मनोज राउत कुर्मी, राजु राउत कुर्मर्ी, संजय राउत कुर्मर्ी, मुकेश पटेल र पवन कुमार कलवार अहिले भोक भोकै बस्नु पर्ने अवस्था आइरहेको भन्दै उद्धार गरिदिन परिवारजनले आग्रह गरेका हुन् । म्यानपावर कम्पनिका एजेन्ट मुन्ना तिवारीले पाँचै जनालाई मलेसियाको टाइसो कम्पनिमा पठाउने भनेर लगेको भए पनि सिन्वीन्को इन्जिनियरिङमा पठाएर ठगि गरेको मनोज राउत कुर्मर्ीका दाजु बिजय प्रसाद पटेलले आरोप लगाउनुभयो ।
मलेशियामा काम गरिरहेका पिडीत ५ जनाले आगोको भटठीमा फलाम काटने, भारी परिमाणका समान ढुवानी गर्ने र फलामलाई गलाउने काम गर्नु परेको भन्दै निकै समस्यामा परेको बताएका थिए । परिवारलाई फोन गरेर आफुहरुलाई फर्कान फोन मार्फत भने पछि म्यानपावर कम्पनिमा गएर पटक पटक ताकेता गर्दा बल्ल २५ दिन भित्र फिर्ता गराउने सहमति गरेको पिडितका अभिभावकहरुले गुनासो गरेका छन् ।

Nepalese Rupee Exchange Rate