एक गैरसरकारी संस्थाले घर निर्माण गर्ने

वीरगंज, २६ असार/
 मध्यतराइको बारा, पर्सा, रौतहट देखि सप्तरी जिल्ला सम्मका अति गरिब घरपरिवारका लागि एक गैरसरकारी संस्थाले घर निर्माण गरिदिने भएको छ । ह्याबिट्याट फर ह्युम्यानिटी नामक गैर सरकारी संस्थाले सन २०२० सम्ममा नेपालमा १० लाख घर निर्माण गर्ने अवधारणा अनुरुप ती जिल्लामा घर निर्माण गर्ने जनाइएको हो । संस्थाका प्रमुख सन्देश पराजुलीले अर्थपुर्ण जीवनका लागि आवास मुख्य रहेको भन्दै त्यसका लागि सहकारी संघ सँग सहकार्य गर्दै घर निर्माणको योजना कार्यान्वयन गरिने बताउनुभयो । उहाँका अनुसार संथाले यसअघि पोखरामा ४१ र काभ्रेमा ४२ वटा घर निर्माण गरी हस्तान्तरण गरिसकेको छ । नेपालका ५० जिल्लामा घर निर्माण गर्ने लक्ष्यअनुरुप चितवनको भरतपुरमा सुकुम्बासीका लागि १०० घर निर्माणको कार्य छिट्टै गरिने बताइएको छ । त्यस्तै सन २०१५ मा पोखरामा १०० घर निर्माण गरिने योजना पनि रहेको छ । नेपालमा ७३ हजार परिवार सुरक्षित बासको पर्खाईमा रहेका र सन २०२० सम्म सो संख्यामा वृद्धि भई २० लाख पुग्ने तथ्यलाई दृष्टिगत गर्दै संस्थाले १० लाख घर निर्माण गर्ने लक्ष्य राखेको प्रमुख पराजुलीले बताउनुभयो ।


SHARE THIS

Author:

Facebook Comment