वीरगंज, २६ असार/
नेपाल टेलिकमले सहमति अनुसार मर्मत रकम नदिएको भन्दै वीरगंजको मध्यभाग स्थित घण्टाघरमा रहेको विरेन्द्र प्रभात घडी सन्चालन बन्द गर्ने मर्मत कम्पनिले चेतावनि दिएको छ । घडी निर्माता टुल एण्ड टाइम इन्जिनियरिङ कम्पनि केरला भारतको नेपाल स्थित बजार प्रतिनिधि कन्सिस्टेन्ट नेपाल प्रालिले टेलिकमसँग घडी मर्मतको ठेक्का लिएर समयमै काम सम्पन्न गरेको भएपनि टेलिकमले भुक्तानि नदिएको भन्दै सन्चालन बन्द गर्ने चेतावनी दिएको हो । घडी मर्मतका लागि गत पुष ४ गते १० लाख २५ हजार १ सय १ रुपैयाँमा ठेक्का लिएर तोकिएकै समय २६ गते मर्मत सम्पन्न गरी सञ्चालनमा ल्याएको भएपनि सञ्चालनको १५ दिन भित्रै भुक्तानि पाउनुपर्ने सहमतिमा उल्लेख भए बमोजिम अहिले सम्म कुनै भुक्तानी नपाएको कन्सिस्टेन्ट नेपाल प्रालिका कार्यकारी प्रमुख हृदयराज गौतमले बताउनुभयो । सहमति अनुसारको रकम नपाए सस्थाले मर्मत गरेर जडान गरेको सम्पूर्ण घडी फुकालेर लाने र घडी चलेको दिन सम्मको ३ लाख ७७ हजार रुपैयाँ र दैनिक १९ पटक विज्ञापन बजेको २ लाख ८८ हजार रुपैयाँ भुक्तानी दिन पनि मर्मत कम्पनिले माग गरेको छ । सहमति कार्यान्वयनका विषयमा पर्साका प्रमुख जिल्ला अधिकारी कैलाश कुमार बजिमयको रोहबरमा टेलिकमका क्षेत्रिय निर्देशक अमरनाथ झाले तत्काल रकम निकासा गर्ने आश्वासन दिएको भए पनि अहिले सम्म नपाएको गौतमले बताउनुभयो । शुक्रबार बेलुका सम्म भुक्तानि नपाए बेलुका देखि घडीका सम्पूर्ण अलार्म बन्द गर्ने, २८ गते बेलुका एउटा मोहडाको घडी सन्चालन बन्द गर्ने र २९ गते २ वटा मोहडाको घडी बन्द गर्ने, ं३० गते तीन वडा मोहडाको घडी बन्द गर्ने, ३१ गते सम्म पनि भुक्तानी नपाए सबै घडी बन्द गरी ३२ गते सबै घडी फुकालेर लैजाने विरोधका कार्यक्रम बाध्य भएर सार्वजनिक गरिएको कन्सिस्टेन्ट नेपाल प्रालिका प्रमुख गौतमले चेतावनी दिनुभयो । भुक्तानीका सम्बन्धमा पटक पटक टेलिकम धाउँदा समेत कुनै सुनुवाइ नभए पछि बाध्य भएर टेलिकमका प्रबन्ध निर्देशक अनुप रंजन भट्टराइलाइ समेत समस्याका बारेमा जानकारी गराएको गौतमले बताउनुभयो । साथै सार्वजनिक खरिद ऐन विपरित ५ प्रतिशत धरौटि रकम राख्नु पर्नेमा २० प्रतिशत धरौटि रकमका रुपमा राख्ने टेलिकमको प्रबृत्तिको विरोधमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समेत आफुहरुले ध्यानाकर्षण गराएको गौतमले बताउनुभयो । यता टेलिकमका क्षेत्रिय निर्देशक अमरनाथ झाले भने मर्मतका बेला गरिएको सहमति अनुसार घडी सन्चालन सम्बन्धमा टेलिकमका कर्मचारी र नगरपालिकाका कर्मचारीलाई प्रशिक्षण दिनुपर्ने भन्ने बुँदा बाँकी रहेकाले उक्त सहमति पुरा गर्ने प्रतिबद्धता सहित आए भुक्तानि गर्न कुनै समस्या नरहेको बताउनुभयो ।

Nepalese Rupee Exchange Rate