दैविक प्रकोप बारे पाँच दिने तालिम वीरगंजमा शुरु

वीरगंज, २६ असार/
 दैविक प्रकोप तथा आपतकालिन अवस्थामा शिक्षा विषयक पाँच दिने तालिम आज बाट वीरगंजमा शुरु भएको छ । शैक्षिक तालिम केन्द्र वीरगंजमा आज बाट आधारभूत तहका शिक्षक शिक्षिकालाई दैविक प्रकोप तथा आपतकालिन अवस्थामा शिक्षा कसरी प्रदान गर्न सकिन्छ भन्ने बारे तालिम प्रदान गरिएको हो ।  तालिममा सहभागिहरुलाई हिम शर्मा पौडेल, शैक्षिक तालिम केन्द्र वीरगंजका सहायक रामपुकार यादव लगायतले प्रशिक्षण दिइरहनु भएको छ ।


SHARE THIS

Author:

Facebook Comment