असार २७ वीरगंज ।
संविधानसभाका सभासदहरुले संसदीय क्षेत्र विकासको लागि पााच करोड माग गरेको प्रति जवाफदेहीताका लागि यूवा अभियान पर्साले विरोध जनाएको छ । अभियानले आज वीरगंजको घण्टाघरमा एक कार्यक्रममको आयोजना गरेर संविधान निर्माणको लागि पठाइएका सभासदहरुले संविधान निर्माणको काम छोडेर निर्वाचन क्षेत्र विकासको नाममा राज्यलाइ आर्थिक भार पर्नेगरी पााच करोड रुपैंया माग गरेको भन्दै विरोध गरेको हो । जवाफदेहीताका लागि यूवा अभियानका यूवाहरुले सभासदहरुलाई पााच करोड रुपैंया किन चाहियो ? तपााईको प्राथमिकता संविधान निर्माणमा की पााच करोड रुपैंयामा हो भन्ने प्रश्न गर्दै विरोध जनाएका थिए । अभियानका संयोजक शीवनाथ यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका सचिव कृष्णउदास खनालले संविधान निर्माणको काम छोडेर सभासदहरु क्षेत्र विकासको नाममा बजेट माग गर्नु नाजायज भएको भन्दै पााच करोड रुपैंया कुनै पनि हालतमा दिन नहुने बताउनुभयो । नेपाल मानव अधिकार संगठन पर्साका अध्यक्ष कमल मोहन पोखरेलले जनताले संविधान बनाउन निर्वाचनमा भोट दिएर जिताएका सभासदहरु अहिले सत्ता र भत्ताको लोभमा परेर जनसरोकारको विषयलाई वेवास्ता गरेको बताउनुभयो । उहााले अघिल्लो संविधानसभाको निर्वाचनमा पनि संसदीय विकासको नाममा सभासदहरुलाई प्रत्येक निर्वाचन क्षेत्रमा दिइएको १० लाख रुपैंयाको अहिले सम्म कुनै हिसाब किताब नभएको भन्दै कुनै आधार र योजना विना पााच करोड रुपैंया दिन उचित नहुने बताउनुभयो । कार्यक्रममा महिला पत्रकार समुह पर्साकी संयोजक लक्ष्मी खरेल, सञ्चारकर्मी विजय भण्डारी, अभियान टिमका कविता खडका, माधुरी महतो, अस्मिता अर्याल, पवन चौधरी, जियालाल साह, नवीन गिरी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण अभियानका नीरज पिठाकोटेले गर्नुभएको थियो । दबाव अभियानमा एकसय जना भन्दा बढी सर्वसाधारणले पााच करोड माग गरेको विरोधमा हस्ताक्षर गरेका थिए ।

Nepalese Rupee Exchange Rate