वीरगंज/नेपालमा शान्ति सु–व्यवस्था र नेपालीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै पूर्व युवराज पारस वीर विक्रम शाहले सोमवार बैंकक स्थित शिवमन्दिरमा पूजा अर्चना गरेका छन् ।
नेपाल र नेपालीले खेप्दै आएका वैदेशिक हस्तक्षेप, धार्मिक हस्तक्षेप, अशान्ति लगायतका समस्याहरू चाँडै निवारण भई हरेक नेपालीको मुहारमा खुशीयाली र देशले शान्ति पाओस् भन्ने कामनाका साथ पूर्व युवराज पारस शाहले पवित्र श्रावण महिनाको दोश्रो सोमबारका दिन बैंककस्थित शिवालयमा गई पूजा अर्चना गरेका हुन् ।
खाली खुट्टा, सामान्य लुगा पहिरन र हँसिलो मुहारमा पूर्व युवराज शाह शिव सेना नेपाल थाइल्याण्डका अध्यक्ष सुमन अधिकारीका साथमा शिव मन्दिरमा गएर पूजा अर्चना गरेको जनाइएको छ ।
देशको हरेक क्षेत्रमा बढ्दै गएको वैदेशिक हस्तक्षेप र हिन्दूधर्ममाथिको लगातारको प्रहारबाट अत्यनत चिन्तित एवं दु:खी भएका पूर्व युवराज पारस शाहले नेपाल राष्ट्र र नेपालीहरूको सबै कष्ट र दु:ख चाँडै अन्त्य होस् भन्ने कामनाका साथ पूजा अर्चना गर्नुभएको शिवसेना नेपाल थाइल्याण्डका अध्यक्ष सुमन अधिकारीले क्राइम चेकलाई बताए ।
केहि समय यता राजसंस्थाप्रति नेपालीजनताहरूको बढ्दो लोकप्रियताबाट देखेर तर्सिएका देशका आन्तरिक र बाह्य केही विदेशी दलालहरूले केही संचारमाध्यमहरूमार्फत राजपरिवार र तिनका सदस्यहरूसँग जोडिएका विषयमा कपोलकल्पित र भ्रामक समाचारहरू प्रकाशन/प्रशारण हुँदै आएको छ । जसको पछिल्लो उदाहरण “पूर्व युवराज पारस शाह १२ ग्राम गाँजा सहित पक्राउ”, “पूर्व युवराजद्वारा होटलमा तोडफोड पछि पक्राउ”, “पूर्व युवराज्ञी र पूर्व युवराज पारसबीचको सम्बन्ध अब कागजमा मात्र” “राजा ज्ञानेन्द्रले पारसलाई नागार्जुन दरबारमा छिर्न नदिने” लगायतका हास्यास्पद, तथ्यहीन र भ्रामक समाचार प्रवाह गरेर जनतालाई भ्रमित पार्ने प्रयास गरिरहेका छन् ।
पूर्व युवराज पारस शाहको पूर्व युवराज्ञी हिमानी, राजा ज्ञानेन्द्र विक्रम शाह र पूर्व बडामहारानी कोमल राज्यलक्ष्मीसँग सम्बन्ध नराम्रो भएको भए गत वर्ष विरामी भएलगत्तै सबैजना बैंकक जाने थिएनन् । गत वर्ष पूर्व युवराज पारस शाह सिकिस्त विरामी हुँदा पूर्व राजपरिवारका सबै सदस्य तराई भ्रमणकालागि सिमरामा थिए । विरामी भएको खबर लगत्तै भ्रमण रद्द गरी सबभन्दा पहिले पूर्व युवराज्ञी हिमानी शाह नै बैंकक जानुभएको थियो । त्यसलगत्तै पूर्व राजारानी पनि छोराको स्वास्थ्यलाभको कामना गर्दै बैंकक पुगेका थिए ।
राजपरिवारको सदस्यका बारेमा विभिन्न संचारमाध्यममार्फत भ्रम छरेर देशलाई विदेशीकरण, इशाइकरण गर्न नेपालकै आन्तरिक र बाह्य राष्ट्रघातीहरू लागिपरेको हुँदा त्यस किसिमका कुनै पनि भ्रामक समाचारमा नपर्न शिवसेना नेपाल नेपाल थाइल्याण्डका अध्यक्ष सुमन अधिकारीले सबै सचेत नेपालीहरूसँग अपिल गरेका छन् ।
पूर्व युवराज पारस शाह स्वदेश फर्किएपछि राष्ट्रिय एकता बलियो हुने, राष्ट्रवादी शक्तिहरूमा उत्साह छाउने संकेत देखेर अत्तालिएका देशका विखण्डनकारी शक्तिहरू केही बिकाउ मिडियाको साहारमा राजपरिवारविरुद्धका तथ्यहिन समाचार प्रवाह गराइरहेको भएपनि तिनीहरूको योजना विफल बन्ने निश्चित भएको राष्ट्रवादीहरूको दावी छ ।
(सुमन अधिकारीसँगको कुराकानीमा आधारित)
प्रकाशित मितिः२०७१ साउन १५ गते विहीवार