बीरगंज/
जिल्ला प्रशासन कार्यालय बाराले बरामद गरेको कम तौल, म्याद नाघेको र अखाद्यय वस्तु प्रयोग गरि उत्पादन गरिएको विभिन्न तेलहरु नष्ट गरिएको छ ।
बारा जिल्ला नितनपुर गाविस स्थित रहेको कृष्ण आयल एण्ड रिफायनरी उद्योगमा सोमबार छापामारी गरी बरामद गरीएको डायमण्ड ब्राण्डको तोरी गोल्ड, सोयाबिन तेल, डायमण्ड घयु, सनफलावर तेलहरुको पाउच म्याद नाघिएको गुणस्तरहिन, अखाद्यय वस्तु प्रयोग गरी उत्पादन गरिएको कम तौल भएको बरामद गरिएको हजारौं कार्टुन तेल तथा घियु आज दुधौरा खोलामा नष्ट गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय बारा, क्षेत्रीय खाद्यय प्रयोगशाला हेटौडा र नेपाल प्रहरीको इलाका प्रहरी कार्यालय जितपुरका संयुक्त टोलिले सोमबार कृष्ण आयल एण्ड रिफायनरी उद्योगमा छापामारी गर्दा तोरी र तोरी पेल्ने मेसिन समेत नरहेको भए पनि ट्रिपल फिल्टर्ड शुद्ध तोरीको तेल उल्लेख गरिएको तोरी गोल्ड तेलको एक लिटर उल्लेख भए पनि तौलमा ८ सय ग्राम मात्र उपलब्ध भएको, सूर्यमुखि तेल उत्पादन गर्ने उपकरण नभएको र सोयाबिन तेल उत्पादन गर्ने उपकरण नभएको भए पनि शुद्ध भनि उक्त तेलहरु प्याक गरिएको पाउच फेला परेको थियो ।
त्यसै गरी म्याद नाघिएको तथा कतिपय पाउच एवं कार्टुनमा उत्पादन मिति समेत उल्लेख नभएको अवस्थामा तेल तथा घियुको पाउच र कार्टुन बरामद गरिएको थियो ।
सो सम्बन्धमा अनुसन्धान गर्दा कृष्ण आयल एण्ड रिफायनरी उद्योगले भारतबाट पाम आयल आयत गरी त्यसमा विभिन्न केमिकल (एसेन्स) हरु प्रयोग गरी तोरी तेल, सुर्यमुखि तेल र सोयाबिन तेलको मुहार तयार गरी प्याक गरेर विक्रि वितरण गर्ने गरेको प्रारम्भि अनुसन्धानबाट देखिएको प्रशासनश्रोतबाट बुझिएको छ ।
छापामारी टोलिमा सहभागी एवं यी तेलहरुको गुणस्तर अनुसन्धानमा क्रियाशिल खाद्यय प्रयोगशालाका खाद्य निरिक्षक प्रविणचन्द्र झाले उक्त उद्योगले उत्पादन गरेको तेल र घियुको नमुना लिई अनुसन्धान प्रक्रिया अगाडि बढाईएको बताउनुभयो ।
त्यसै गरी उक्त तेलहरुको नमुनाको अनुसन्धान पछि कृष्ण आयल एण्ड रिफायनरी उद्योग विरुद्ध कालोबजारी र खाद्य ऐन अनुसार मुद्दा चलाईने जिल्ला प्रशासन कार्यालय बाराका सुचना अधिकारी राजेश पोख्रेलले बताउनु भएको छ ।
सोमबार छापामारीका क्रममा सो उद्योगबाट कमतौल भएका र म्याद गुज्रिएका तोरी गोल्ड तेल आठ सय एमएलको ५४ कार्टुन, सन फलावर तेल चार सय एमएलको ४१ कार्टुन, सन फलावर तेल चार सय र आठ सय एमएलको ४४ कार्टुन, सोया लाईट ब्रान्ड सोयाबिन तेल आठ सय एमएलको चार सय ९७ कार्टुन, सोया लाईट ब्रान्ड सोयाबिन तेल चार सय एमएलको ३ सय १६ कार्टुन र डायमण्ड घयु १ लिटरको १ सय ५८ कार्टुन बरामद गरेको थियो ।

Nepalese Rupee Exchange Rate