बीरगंज/
मन्त्रालयको परिपत्रलाई धोती लगाउदै नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजका मेसु डा. रामाशंकर ठाकुरले दुई जना करार कर्मचारीको ज्यालादारीमा म्याद थप गरिएको बुझिन आएको छ ।
जनसंख्या तथा स्वास्थय मन्त्रालयले गत असार महिनामा नाउक्षे अस्पताललाई चालु आवका लागि कुनै पनि चौथो तह देखि माथि का कर्मचारीको म्याद थप वा नयाँ नियुक्ति नगर्न लिखित परिपत्र जारी गरिए पनि मेसु ठाकुरले अन्यलाई म्याद थप नगरिए पनि चौथो तहमा श्रृष्टि चौधरी र पांचौं तहमा नरेन्द्र प्रसाद कुशवाहालाई म्याद थप गरिएको अस्पतालश्रोतबाट बुझिन आएको हो ।
म्याद समाप्त भई असार मसान्त पश्चात् १४ जना कर्मचारीको म्याद थपका लागि मन्त्रालय जान उर्दी जारी गरेका मेसु ठाकुरले मोटो रकम असुली गरी चौधरी र कुशवाहाको परिपत्र विपरित म्याद थप गरिएको नाउक्षे अस्पताल विकास समितिका म्याद सकिएका कर्मचारीहरुले आरोप लगाएका छन् ।
यस सम्बन्धमा मेसु ठाकुर सँग जिज्ञासा राख्दा उहाले ठाडो भाषामा भन्नुभयो मैले नियुक्ति गरेको हो । उहाले डायलोसिस मेसिन बन्द हुने अवस्था रहेकाले दुई कर्मचारीलाई नियुक्ति गरिएको बताउदै त्यसको लागि जे भए पनि व्यहोर्न तयार रहेको बताउनुभयो ।
तर अन्य कर्मचारीहरुले भने डायलोसिस मेसिन संचालनका लागि डा. अरुण कुमार कर्णको नेतृत्वमा संचालन रहेको जनाएका छन् ।

Nepalese Rupee Exchange Rate