नेताहरू उपचार गर्न विदेशै किन ? भन्ने प्रश्न नेपालका प्रत्येक सचेत नागरिकको हो । सार्वजनिक चासोको नैतिक प्रश्न हो–नेता विरामी हुँदा उपचार दिने स्तरका अस्पताल स्वदेशमा आजसम्म किन बनेन र बनाउन सकिंदैन ? अब नेता र जनता सबैलाई उपचार दिने स्तरीय अस्पताल स्वदेशमा नै किन नबनाउने र नेताहरू उपचार गराउन सरकारी पैसामा विदेश जाने परिपाटी किन नरोक्ने ? नेपाल दैवको सहाराले कहिलेसम्म चल्ने ? ठूलालाई चयन र सानालाई ऐनको गलत व्यवस्थाको अन्त्य कहिले हुने ? यी प्रश्न नै प्रश्नको उत्तर कस्ले दिने ? कहिले पाउने ? जुन राजनीतिक व्यवस्था आएपनि देश र जनताको अवस्था नसुध्रिएपछि त्यो व्यवस्थाप्रति जनताको घृणा अवस्य हुन्छ । शासन सत्तामा रहनेहरुको “मै खाउँ, मै लाउँ, सुख सयल वा मोज मै गरुँ” भन्ने प्रवृत्ति र व्यवहारमा सुधार नआएसम्म देश र जनताको मुहार हँसिंलो हुन सक्दैन । महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेजस्तो “सुख भनि सुख त्यो कहाँ छ, आफू मिटाई अरुलाई दिनु जहाँ छ” भन्ने भावना प्रत्येक पार्टीका नेतृत्त्व तहमा रहेका नेता, शासक, प्रशासनकमा हुनु पर्दछ । मलाई जस्तो पीडा र दु:ख अरुलाई पनि छ, यस्को स्थायी समाधान कसरी हुन्छ भन्ने कुरा विरामी परेका, विदेशबाट औषधी उपचार गरेर फर्किएका प्रत्येक नेताले मनमा हेक्का राख्नु पर्दछ ।
कान्तिपुर दैनिकमा कुसुमलता सिंहले लेख्नुभएको लेखमा भनिएको छ, प्रधानमन्त्री सुशील कोइराला उपचारकालागि अमेरिका गएका छन् । दिल्ली र थाइलैण्डमा उपचार गराएर एमालेका नेता के.पी. ओली देशमा आइसकेका छन् । गिरीजा प्रसाद कोइराला जीवनका आखिरी दिनमा उपचारकालागि सिंगापुर पुगेका थिए । राष्ट्रपति रामवरण यादवको पेटमा कतै कालो दाग देखिएपछि उपचारार्थ जापान गएका थिए । जापानमै एमाओवादीका उपाध्यक्ष एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले ढाडको उपचार गराए । एमालेकी उपाध्यक्ष विद्या भण्डारी वा एमाओवादीका जनार्दन शर्मा, काँग्रेसका चक्र वास्तोलादेखि गोविन्दराज आचार्यसम्म नेपाल बाहिर उपचार गराएका नेताहरू हुन् । यी मध्ये अधिकांशको उपचार खर्च सरकारले व्योहोरेको छ । सरकारबाट उपचारकालागि लाखौं नगद लिने नेताहरूको सूचि वर्षेनी लामै देखिन्छ । एमाओवादीका लडाकू कमाण्डर तथा नेता नन्दबहादुर पुन (पासाङ) लाई मृगौलाको उपचार विदेशमा गएर गर्न पार्टीको आग्रहका बावजुद स्वदेशमै गराउने भनि उहाँ दृढ रहेको जस्ता उदाहरण भने नेताहरूमा विरलै देख्न पाइन्छ ।
सच्चा राष्ट्रवादी एवं सर्वाधिक लोकप्रिय प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको औषधि उपचारमा सरकारले सहयोग नगरेको पनि देखेसुनेकै कुरा हो । देश र जनताको भलाई गर्ने कुरा गरेर नथाक्ने नेपालका पार्टीका नेताहरूले देश र जनताको भलाई गरेर लोकप्रिय भएको, जनताको मन जित्न सकेको, जनताको आस्था, विश्वास र भरोसाको केन्द्र बनेको पाउन सकिएको छैन । यसबाट के देखिन्छ भने नेपालमा विधिको शासन छैन ।
राजतन्त्र वा लोकतन्त्रवीच कुनै तात्विक अन्तर छैन । देश झन–झन भ्रष्टीकरण र विदेशीकरण हुँदैछ । ‘कुकुरको पुच्छर बाह्र वर्षसम्म ढुंग्रोमा हाले पनि बा•ाको बा•ै” भनेझैं नेपालका नेताहरूलाई जति अर्ति, उपदेश, सुझाव दिएपनि आलोचना गरेपनि उनीहरूको प्रवृत्तिमा परिवर्तन आउने देखिंदैन ।
नेपालमा शिक्षा र स्वास्थ्य क्षेत्र सेवामुखि मुनाफारहित नभएर व्यापारीकरण भएको छ । निर्धारित पूर्वाधार र मापदण्ड नभएका सहरका गल्ली गल्लीमा खुलेका क्लिनिक, नर्सि• होम, अस्पतालले विरामीको सेवा होइन शोषण गरीरहेका छन् । सरकारी अस्पतालमा तुच्छ सेवा छ । सरकारी अस्पतालमा केही सेवा पाइंदैन भन्ने मानसिकता सर्वसाधारण जनतामा छ र सरकारी अस्पतालको अवस्था हेर्दा उ आफैं विरामी परेको छ । अस्पतालमा अनुशासन र जिम्मेवारी छैन । सरकारबाट उपलब्ध मेशिन, औजार, बजेट र नीति कार्यक्रमको सदुपयोग छैन । कुनै पनि पार्टीका नेताहरूको यतातर्फ ध्यान गएको छैन । म पनि विरामी पर्न सक्छु, अस्पताल जानु पर्दछ भन्ने ज्ञान छैन । सरकारी अस्पतालमा सम्बन्धित निकायको नियमति अनुगमन नहुँदा दिन पर दिन नाजुक हुँदै गइरहेको छ । निजी क्षेत्रका अस्पतालहरूले सरकारी अस्पताल भन्दा निकै राम्रो सेवा दिएका छन् तर औषधि उपचार खर्च सबै नेपालीले धान्न सक्ने अवस्था छैन । अधिकांश नेपालीले औषधी खर्च जुटाउन नसक्दा रोग पालेर बस्नुपर्ने बाध्यता छ । त्यस्ता रोगीहरूलाई सरकारको तर्फबाट कुनै राहत छैन । जनस्वास्थ्य र उपचारको स्थिति कतिसम्म भ्रष्ट र दयनीय छ त्यसको वर्णन गरेर साध्य छैन । नेपालका शिक्षकले आफू कार्यरत सरकारी स्कूलमा आफ्ना छोराछोरी नपढाएर निजी बोर्डि• स्कूलमा पढाएजस्तै नेपालका सरकारी तथा निजी क्षेत्रका डाक्टरहरू आफूहरू कार्यरत अस्पतालमा उपचार नगरी विदेशी अस्पतालमा गएको पाइन्छ । आफ्नो देशभित्रको अस्पतालमा न नेतालाई न डाक्टरहरूलाई भरोसा छ । यसैबाट थाहा पाइन्छ नेपालका डाक्टर र नेताहरू सर्वसाधारण जनताप्रति कति जिम्मेवार छन् ? एउटा साधन सम्पन्न स्तरीय उदाहरणीय अस्पताल आफ्नो देशमा बनाउन नखोज्ने, नसोच्ने नेपालका नेताहरूले कुनै नैतिकताका आधारमा राज्यबाट पूर्ण उपचार, सुविधा लिएर विदेशी अस्पतालमा जाने ? यो देश र जनताप्रतिको बेइमानी होइन ? नेपाल प्राकृतिक सुन्दरता र स्वस्थ स्वच्छ हावापानीको हिसाबले विश्वकै उपचार पर्यटन मुलुक बन्न सक्दछ । नेपालमा निजी क्षेत्रमा धमाधम अस्पताल खुलेका छन् तर नाम कमाउन चाहने अस्पताल देखा परेको छैन । नेताहरूले नीति बनाउन जोड दिए भने अमेरिका, भारत, बैंकक आदि देशमा ख्याती कमाएका जस्तै अस्पताल नेपालमा पनि हुन सक्दछन् । हुने खानेसँग सेवा शुल्क लिने सर्वसाधारणसँग न्यून शुल्क, नि:शुल्क नीति लिनुपर्दछ । अस्पताल उद्योग होइन, नेपालको राजनीति उद्योग बनेको छ ।
सर्वसाधारण जनताको प्रतिनिधित्त्व गर्दै पत्रकार बिम्मी शर्माले फेसबुकमा व्यंग्य गर्नुभयो्, “भविष्यमा हुन सक्ने रोगव्याधीबाट बच्नु छ भने बेलैमा खोप लगाउने होइन कि बेलैमा राजनीतिक पार्टीमा लागेर नेता बन्नु पर्दछ । अनि विस्तारै मन्त्री बनेपछि जतिपनि रोग व्याधीले च्यापोस, खर्चको कुनै टण्टा छैन, विदेशी अस्पतालमा स्वदेशी सरकार तपाईंको रोग निको पार्न तम्तयार भएर बसेको छ ।” नीति नभएको विवेकशील नेताले जति ज्यादति गरेपनि सहनु पर्ने बाध्यता किन र कहिलेसम्म ? यस्ताखाले व्यंग्य पत्रकार शर्माको मात्र नभई बेलाबखतमा सर्वसाधारणको मुखबाट सुन्ने गरिएको छ ।
शासनव्यवस्थामा अव्यवस्था, विधिको शासन नहुँदा, यथास्थितिमा नै रहँदा परम्परा र औपचारिकता धान्ने प्रवृत्ति बढ्दा नेपालका अधिकांश जनता गरिबी, अभाव, महंगी, रोगी बनेर अकाल मृत्युबाट व्याकुल छन् । मुठ्ठीभरका व्यक्तिबाहेक आम नेपाली जनताहरूको जीवनस्तर दिन परदिन कष्टकर बन्दै गइरहेको छ । शान्ति र आनन्द कुनै पनि नेपालीलाई छैन । अन्याय, अत्याचार, भ्रष्टाचार, विभेद, ढिलासुस्ती, शासन प्रशासनमा छ ।
हाम्रो देशका पार्टीका नेताहरू जे नगर्ने भन्छन्, त्यही गर्न पुग्छन् । दोहोरो मापदण्ड छ त्यसैले उनीहरू पापका दास हुन् । नेपालमा असल, इमान्दार, नैतिकवान, इश्वर र जनतासँग डर मान्ने नेता कोही पनि देखा परेको छैन । जस्ले गर्दा नेपालमा दुष्ट विचार, हत्या, हिंसा, अधर्म, खराब प्रवृत्ति, लोभ, शत्रुभाव, विभेद आदी इत्यादि विकृति–विसंगति भरिएका छन् । शान्ति र सन्तोष कसैलाई छैन । पाप भनेको व्यवस्था भंग गर्नु हो । जनता र देशप्रति उत्तरदायी र जवाफदेही नहुनु, आफ्नो नीहित स्वार्थ, संकीर्ण स्वार्थ, व्यक्तिगत स्वार्थलाई मात्र हेर्नु नेताको अवगुण हो । प्रधानमन्त्री सुशील कोइराला, सरकारी खर्चमा अमेरिकी अस्पतालमा उपचारमा जानु विवादको कुरा हो । जस्तो अस्पताल स्वदेशमा छ त्यही उनले पनि उपचार गर्नु पर्दछ । जनताको कर तिरेको पैसा प्रधानमन्त्रीको स्वास्थ्य उपचारमा खर्च गर्नु न्यायोचित हुँदैन । प्रधानमन्त्रीले म स्वदेशमै उपचार गराउछु भनेर आदर्श किन प्रस्तुत गर्न सकेनन् ? अमेरिकाको अस्पतालमा उपचार गर्दैमा उनको फोक्सोको क्यान्सर के निको हुन सक्दछ ? के अमेरिकामा उपचार गराउने सबै रोगबाट मुक्त छन् ? मानिस भएपछि, त्यसमाथि प्रधानमन्त्री भएपछि विवेक र व्यवहार देखाउनु पर्दछ । आफ्नो प्रारब्धलाई गहिरोसँग बुझ्न सक्नु पर्दछ । मानिसको जन्म भएपछि मृत्यु हुन्छ, यो शास्वत सत्य हो । मानिसलाई रोग लाग्छ निको हुन पनि सक्छ, नहुन पनि सक्दछ । राम्रो अस्पताल, ग्यारेन्टीयुक्त अस्पताल अमेरिका, बैंकक, चीन, भारतमा मात्र छ, अन्यत्र छैन, बन्न सक्दैन भन्ने गलत प्रवृत्तिले घर गरेसम्म “विरामी हुँदा सरकारी रकम खर्च गरेर सबै नेतालाई विदेशी अस्पतालमा पुर्यासउने परम्परा रहेसम्म नेपालमा सर्वसाधारण जनताको समेत पहुँच हुने अस्पताल बन्नै सक्दैन । पार्टीका पहुँचवाला नेताहरूले आफ्नो स्वार्थ र स्वास्थ्य मात्र हेर्ने, आम नेपाली जनताको स्वार्थ र स्वास्थ्यको बेवास्ता गर्ने परिपाटी रहेसम्म जनतासँग नेताको सम्बन्ध सु–सम्बन्ध हुनै सक्दैन ।
प्रधानमन्त्रीदेखि सर्वसाधारणलाई रोग लाग्न सक्दछ । निरोगीलाई डाक्टरको खाँचो पर्दैन, पापीहरूलाई पश्चातापको खाँचो पर्दछ । पाप र ऋणको दासत्वबाट मुक्त हुन गाह्रो पर्दछ । राज्यका जिम्मेवार व्यक्तिहरूद्वारा शोषित, उपेक्षित र भेदभावपूर्ण जीवन नेपाली जनताले बिताउनुपर्ने बाध्यता गणतन्त्र नेपालमा पनि हुनु दु:खको कुरा हो ।
प्रकाशित मिति:२०७१ असार १९ गते बिहीवार

Nepalese Rupee Exchange Rate