पत्रकार स्वयं न्यायधिश र पत्रकारिता न्यायलय हो

–सुरेश कट्वाल
"पत्रकारिता स्वयं एउटा न्यायलय हो" सुन्दा पनि अचम्म लाग्यो होला कतिपय मित्रहरुलाई । हो, एउटा असल पत्रकारले सँझै न्यायधिशको काम गर्न सक्नु पर्छ । हरेक पत्रकारहरुको पहिलो धर्म कुनै पनि समचार संप्रेसण गर्नु अगाडी के, किन, कसरी, काहाँ, कहिले र कसले जस्ता न्युनतम् आधारभुतका उत्तर सहितका समाचार संप्रेसण त गर्नै पर्छ र यि कुरा भन्दा माथि पनि अरु कुरा हुन्छ ! जनहित, जनसरोकार, देशहित, राष्ट्र र राष्ट्रियता । यि कुरा बाहेक पनि प्रेस काउन्सिल, मानव अधिकार, सरकार र अन्तराष्ट्रिय प्रेस काउन्सिल र जगतका कुराहरुलाई पनि बिचार गर्नु पर्छ ।
हाम्रो देशमा पत्रकार बिषेसत निम्न प्राकार छन् :
१, पुर्ण निष्ठा र आचरण सहित पत्रकारितामा जीवन अर्पेका अथार्त पत्रकार बनेका ।
२, पत्रकारितालाई ईज्जतको रुपमा लिएका ।
३, पत्रकारितालाई पार्ट टाईम जागिरको रुपमा प्रयोग गरेका ।
४, पत्रकार अरु द्वारा अरुका लागि बनाईएका ।
५, पत्रकारितालाई मनोरन्जनको रुपमा प्रयोग गरेका ।
पहिलो नम्बरले हिजोको दिनमा पनि खबरदारिताका साथ पत्रकारिता गरेको थियो र आज पनि गरेकै छ तर यसको संख्या औलामा गन्न सकिने प्राय छन ।
सिमित शिक्षित बर्ग बिसेषले यो पेशालाई दुई नम्बरको रुपमा प्रयोग गरेर नाम र दाम कमाउने भाँडो बनाएका छन बेश्याकोठी चलाउने माल्किनी जस्तै ।
हाम्रो देशमा पत्रकारिता गर्नु भनेको बालुवामा सुन खोजे बराबर छ त्यसै यो पेशालाई पुर्णकालिन पेशा बनाउदा परिवार त कुरै छोडौ पेट पालिन पनि मुस्किल हुन्छ र निक्कैको संख्यामा तेस्रो नम्बर अख्तियार गर्न बाध्य छन ।
हाम्रो देशमा जति जनसंख्या, जात-जाती, भाषा सँस्कृ
ती छन ति सबैका हरेक जिल्लामा १/२ पत्रकार छन । जति राजनीतिक पार्टी छन ति सबैका मुखपत्रमा गाउँ, नगर, क्षेत्र, जिल्ला र देशब्यापी रुपमा पत्रकार छन र जसले जनताका आँखामा छारो हाल्ने काम गरेको छन् । एउटा पार्टीको पत्रकारले अर्को पार्टीलाई उचाल्ने, पछार्ने, थेचार्ने काम गरेका छन । यिनहरुलाई आधारभुत राजनीतिक र राष्ट्रिय मुल्य-मान्यताको पनि हेक्का हुन्न । आफु राजा अरु सबै रैथाने भन्ने मानसिकताले ग्रसित छन भने कर्पोरेटर पत्रकारिताले त झन देश नै डुबाउने काम गरि रहेको छ ! बिदेशीको पैसालाई आधार मानेर देशलाई बेश्या ठानि रहेको छ । जसरी हाम्रा राजनीतिक पार्टी र तिनका नेता/नेतृहरु छन । र यही कारणले ४ नम्बरलाई चै म वास्तब मै पतुरकार भन्छु र यसको जनसंख्या लगभग ७०% हुनु पर्छ नेपाली पत्रकारिता जगतमा ।
र पाँच नम्बरको त कुरा नगरम ! यसमा आबद्ध पत्रकार भनेको पित पत्रकारितामा ब्यस्त हुन्छ र दही च्युँरे स्वभाव जता पनि जाने । अनि उ कतै बाटोमा हिड्दै छ र कतै गाडी दुर्घटना भएको भेट्यो भने घाईतेलाई उद्दार गरेर अस्पताल पुर्याउनु पर्ने र प्रहरीलाई खबर गर्नु पर्ने ठाउमा पहिला हट न्युज बनाउन तिर लाग्छ ! कुन सिनेमा कि हिरोइन को सँग सुती, कसले कत्रो ईनर लगाउछे, कस्को ब्वाईफ्रेण्ड/गर्लफ्रेण्ड को छ ! कसले कुन बारमा गएर के ड्रिंक्स गर्छ यस्तै कुराहरु खोज्नमा नै ब्यस्त हुन्छ । अनि जब सम्म हामी नेपालीको मानसिक चेतनाको दायरा बढ्दैन यस्ता पत्रकार पनि रहि नै रहने छन, कुन नायकले कुन ब्राण्डको कट्टु लगाउछ र कुन नाईकाले कति छोटो कट्टु लगाउछे या ब्रा सहित फोटोसुट गराउछे कि ब्रा बिना पनि गराउन सक्छे भनेर खोजीनिती गरि नै रहन्छन । र यि पतुरकार भनाउदाहरुलाई कुनै किसिमको सामाजिक मुल्य-मान्यता र मानवता सँग मतलब छैन । जय हो हाम्रा नेपाली पतुरकारहरुको ।
पत्रकारले समाचार संप्रेसण गर्दा माथि उल्लेखित कुराहरुमा राम्रो सँग ध्यान मात्र दिए पनि मानिसमा के सही र के गलत भनेर छुट्याउन गाह्रो पर्ने थिएन भने जनतामा जागरुकता पनि ल्याउने थियो । र कसले के गलत र किन गर्यो भन्ने कुराहरु जनताले पनि बुझ्न पाउने थिए । तर हाम्रो देशका नाम चलेकै पत्रकारहरु पनि एउटा भारतको काले भईया धोती लगाएर एयरपोर्ट बाट बाहिर निस्कियो भने यसलाई हट न्युज बनाएर पत्रिकाको फ्रन्ट पेजमा छाप्न तयार हुन्छन । जनतालाई राष्ट्र, राष्ट्रियता र सत्य तथ्यको जानकारी दिनु पर्ने ठाउँमा बिदेशीकै गुँणगान गाउनमा ब्यस्त हुन्छन । जनताका जमिनी सतहमा के समस्या छन, किन र कसरी छन र त्यसलाई बुझेर संचारको माध्यम बाट पेश गरेर सदनमा पुर्याउनुको सट्टा नेताहरु कै पछाडी झिंगा धपाउदै ठिक्क हुन्छ । त्यसैले एउटा न्यायधिशले बादी-प्रतिबादीका कुरा कयौ दिन लगाएर सुनेर, प्रमाणहरु हेरेर त्यस पछि के गलत, के सही छुट्याई गल्ति गर्नेलाई सजाय र नगर्नेलाई प्रोत्साहन दिए झै एउटा असल पत्रकारले पनि समचार तथा घटनाक्रमहरुलाई केलाई-कुलाई गरेर न्युनतम मुल्य-मान्यतामा रहेर सत्य उजागर गर्दै जन-समक्ष पुर्याउन सक्नु पर्छ । अनि मात्र त्यो समाचार जनताको माझमा स्वयं न्याय हुने छ र असल पत्रकार न्यायधिश हुन्छ ।
=== झापा-नेपाल===

SHARE THIS

Author:

Facebook Comment