हिन्दू धर्ममाथि मात्र उग्र प्रहार किन ?

–जनकमान डंगोल
युनिफर्मको अगाडी पट्टीको भाग निर्को गोजा भिजेर चिसै देखियो, एकछिन पछी तपतप चुईन थाल्यो, देख्न सकिएन त्यो बिजोग र असह्य भएर भने “जाउ नानी बाथरुममा गएर निचोरेर फाल” “म यस्तो दृश्य हेर्न सक्दिन”
सुत्केरी बिदाबाट हाजिर भएर आएकै दिन त्यो देख्दा मन कटक्कै भो । यता तिनी भर्खर सुत्केरी भएर हाजिर हुन अएकी छिन उता त्यो भर्खरको दुधे बालक भोक र तिर्खाले कति छटपटाई रहेको होला ?
बच्चा आफ्नो आमाको जिम्मा लगाएर तोकिएको बिदा भुक्तान गरि कार्यालयमा हाजिर त भईन तर पिडा एकातिर छ भने उता आमाको ममता झ् निकै बेर गमे, रातभरी मनमा त्यहि कुरा खेलिरह्यो “भोलिपल्ट कार्यालय पुग्ने बित्तिक्कै तिनलाई बोलाएर भने “४ दिन क्या. बि. लेखेर लेराउ” “आफैले जोखिम मोलेर २/३ पटक आउट पास र क्या.बि पठाईदिन कर लाग्यो किनभने एकै शाखामा काम गर्ने मेरी सहयोगी तिनी ।
समयमा स्तनपान गराउनु पर्ने बेलामा शिशुकोलागि अमृतसरह त्यो दूध शौचालयमा बगाउन बाध्य भएको कारणले गर्दा तिनको शिशुले प्रचुरमात्रामा स्तनपान गर्न नपाएको परिणाम धेरै लामो समयसम्म बच्चा बिरामी भएको देखियो ।
नेपालमा ६३ सालको “लोकतन्त्र” स्थापनापछि हरेक विषयलाई नयाँ रुप दिने चलन दिनानुदिन बढ्दै गएको देखिन्छ । “राजमार्ग” लाई लोकमार्ग बनाउँदैमा के राजमार्गको स्वरुप फेरिएको छ ? त्यस्तै पिता पूर्खा देखि चल्दै आएको संस्कारमा व्यापक फेरबदल गर्ने जमर्को गर्दैछन् “नेपालमा अझै पनि लाखांै गरीब तप्काले दुई छाक पेटभरी खान पाउने स्थिति छैन “आफ्नो देशको नागरिकहरुकोलागि गाँस, बास, कपास, शिक्षा, ओखती र रोजगार सिर्जना गर्ने काम मुखारी भन्ने गरिएको “कथित लोकतन्त्रे” सरकारको हो कि होइन ? तर यी कुराहरु पुरा गर्नेतिर कुनै ध्यान नदिएर धर्म र संस्कृतिमाथि छेडछाड गर्ने दुश्प्रयास हुँदैछ जस्को उदाहरण हो हिन्दु संस्कार अनुसार पालन गरिदै आएको मानिसको मृत्यु पश्चात गरिने १३ दिने काजकृया जसलाई छोट्याएर ३/४ दिनमा झार्ने कोसिस गरिंदैछ”
पंक्तिकार रोजगारको सिलसिलामा अहिले पूर्वी एशियाको औद्योगिक शहर मलेसियामा छ, मलेसिया प्रमुख इस्लामिक राष्ट्र भएता पनि यो देशमा सबै जाती र धर्म संस्कारको पालना गर्ने नागरिकहरु छन् । चाइनिजले पनि मृत्यु पछीको संस्कार १३ दिन नै मनाएको प्रत्यक्ष आँखाले देखेको छु ।
मैले सुरुमा उल्लेख गरिएको घटना अब यहाँ जोड्न चाहन्छु “यदि लोकतान्त्रिक सरकारलाई परिवर्तन गर्ने ठूलो रहर छ भने सरकारी होस वा अन्य निजि कार्यालयमा काम गर्ने महिलाहरु २ पटक सम्म सुत्केरी हुँदा प्रसुती बिदा कम्तिमा ३ महिना दिएर देखाओस त अनि यो चैँ हुन्छ क्रान्तिकारी कदम । त्यस्तै तलबमान सबै सरकारी देखि निजि कम्पनीमा एकै प्रकारको गरेर देखाओस त यस्तोलाई भनिन्छ क्रान्तिकारी कदम ।
राष्ट्रपति देखि अर्थमन्त्रीसम्मले आफ्नो कार्यालयका कर्मचारीलाई जसरी प्रचुर सेवा र सुबिधा दिएको छ त्यस्तै के अन्य सरकारी देखि निजि कम्पनीमा कार्यरत कर्मचारीहरुलाई दिएको छ ? कर्मचारीको सेवा र सुविधामा समानता छैन तर हिन्दु धर्म मान्ने कर्मचारीको आफन्तको मृत्यु पछिको काज किरियामा खोट देखाउदै परिवर्तन गर्न खोजिन्छ भने यो विदेशीको ईसारामा गर्न लागिएको काम कारबाही हो भनेर बुझ्ने कि नबुझ्ने ?
परिवर्तन त्यसै हुँदैन, परिवर्तन गर्नलाई कारण चाहिन्छ । २००७ सालको परिवर्तन जहानिया शासन, २०३६ र २०४६ सालको शासन निरंकुश र विदेशीको ईसारामा गरिएको ०६३ सालको कथित परिवर्तन यी सबैमा अनेक थरिको पाच्य अपाच्य कारण थियो भने आफ्नै अलोकप्रिय काम कार्यले गर्दा नेपाली जनताले फेरी सडकमा ओर्लेर पुन: अर्को व्यवस्था परिवर्तनको नारा लगाउने दिन देख्नु नपरोस ।
janakdangol@gmail.com
प्रकाशित मिति:२०७१ असार १९ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment