कैदी बन्दीलाई कारागार भित्रै सञ्चार सुविधा

क्राइमचेक प्रतिनिधि/
रौतहट/ जिल्ला कारागारबाट कैदी भगाउने योजनाकार पप्पु जैसवालले कारागार भित्रै टेलिफोन सुविधा पाउने गरेको कुरा सार्वजानिक भएको छ । उनले कारागारभित्र आफूलाई खतरा रहेको बताउँदै कारागार प्रशासनलाई आफ्नो हातमा लिएर अनधिकृत रुपमा कारागार भित्र टेलिफोन राखेको कुरा सार्वाजानिक भएको हो ।
उपचारको क्रममा कैदी भगाउन सघाउने दुई जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो टोलीले पक्राउ गरेपछि उनी योजनाकार रहेको खुलेको थियो । घटनापछि उनले कारागार भित्र अनाधिकृत रुपमा ०५५–२२९०२६ र ९७२१६१८७४५ नम्बरको फोन तथा मोबाईल प्रयोग गर्दै आएको खुलासा भएको हो ।
लागुऔषध कारोबारमा पक्राउ परेका जैसवाल अहिले गौर कारागारमा रहेका छन् । राजधानीबाट दुई महिनाअघि अड्डासार भएर जैसवाल गौर आएका हुन् । गौर कारागारका प्रमुख अनिता कुमारी रावतले जैसवालले लुकाएर मोबाइल अवैध रुपमा लगेको हुन सक्ने लापरवाहीपूर्ण जवाफ दिईन् ।
लागूऔषध, अपहरण र शरीर बन्धक मुद्दामा सजाय पाएका भारतका महमद जावेद मुसलमान र नविनकुमार यादवलाई तत्कालिन प्रहरी हवल्दार गणेश श्रेष्ठ र जवान गौरीशंकर साहले उपचारार्थ अस्पताल लैजाने क्रममा गत जेठ १७ मा मुसलमान र यादव फरार भएका थिए । काठमाडौं चाल्नाखेल–६ का रोज थापामगर र काभ्रे खनालथोक–९ का च्याङवा भनिने विकास लामा पक्राउ परेपछि मुख्य योजनाकार खुलेको डीएसपी भीम ढकालले बताउनु भयो ।
प्रकाशित मिति:२०७१ असार १९ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment