इराकमा अहिलेको स्थिती ल्याउनमा त्यहिका लोकतन्त्रवादी नेताहरुको हात रहेको छ । उनीहरुले पूर्व राष्ट्रपति हुसैनलाई समाप्त पारि सत्ता आफनो हातमा लिन खोजेका थिए । राष्ट्रपति हुसैनको जिवन लिला समाप्त त भयो सत्ता परिवर्तन पनि भयो ।तर इराकका जनताहरुले के पायो भन्ने मुख्य प्रश्न अहिले विश्वका न्यायप्रेमि जनताहरुको अगाडी चासोको विषय हुन पुगेको छ । युद्ध र हिंसाले मुलुकलाई कहाँ सम्म पुर्याउन सक्छ भनेर सोचनु पर्नै बेला आएको छ । सुन्नी लडाकुहरुलाई मार्न उत्तरी इराकको टिक्रिट शहरमा सेनाले हवाई आक्रमण गरेको छ । इस्लामी स्टेट अफ इराक एन्ड द लेभान्ट (आईएसआईएल ) को सुन्नी विद्रोहीले कब्जामा लिएको उक्त शहर पुन :नियन्त्रणमा लिन सैनिकले व्यापक र सशक्त कारवाही सुरु गरेको छ ।हजारौ सैनिकले शहर घेरेका छन । टिक्रिट पुर्व इराकी शासक सद्दाम हुसेनकोजन्मस्थान हो । लोकतन्त्रवादी नेताहरुले अहिले इराकलाई युद्ध हिंसाग्रस्त मुलुक बनाउन सफल भएको छ । लोकतन्त्रमा आफनो विचार राख्ने स्वतन्त्रता भएता पनि विदेशीको दलाल भएर हिडने नेताहरुले मुलुकलाई कहिले पनि उभो लाग्न दिदैन भन्ने घटना इराकमा भइरहेको विद्रोहबाट देखिन पुगेको छ । इराकमा अहिले अमेरिकाले आफनो नागरिकहरुको सुरक्षाको लागि सैनिक राखेको छ । इराकी सेनाहरुले विद्रोही समुहसंग लडन नसकेमा अमेरिकाले विद्रोही सेनाको विरोध लडने पक्का पक्की भएको छ । इराकमा अमेरिकी प्रभृत्व कायम होस भन्ने चाहना राखेर अमेरिकाले राजधानी बगदादमा चालकरहित विमान (ड्रोन ) बाट निगरानीसुरु गरेको छ । इराक्मा यति ठुलो युद्ध र हिंसा कसरी हुन पुग्यो । विद्रोही समुहहरुले जस्तो सुकै पनि परिस्थितीमा इराकी सरकारको विरोधमा लडने बताउदै आइरहेका छन । इराकी जनताहरु अहिले इराकी सेना र विद्रोही समूह विचको युद्धमा फसेका छन । विद्रोही समूहले कब्जामा लिएको टिक्रिट शहरलाई सेनाले घेरा बन्दि गरेका छन ।सैनाले हवाई हमला तिव्र गरेका छन । विद्रोही समुहले पनि सेनाको हमलालाई जवाव दिइरहेका छन । टिक्रिट शहरमा बसोबास गरिरहेका जनताहरु अहिले विचलीतमा परेका छन । उनीहरु आफनो ज्यान जोगाउनको लागि विदेशी सहयोग खोजीरहेका छन । युद्ध र हिंसाबाट जोगिनको लागि गुहार मागी रहेका छन । त्यहि पनि निर्दाैष जनताहरु जसलाई युद्ध र हिंसासंग कुनै सरोकार छैन । तिनीहरुको नै े ज्यान जोखिममा परेका छन । सेना र विद्रोही समुहले एकले अर्कामो विरोध युद्ध लडेता पनि मर्न चाहि जनताहरु नै भएका छन ।
युद्ध र हिंसाबाट जोगिनको लागि हजारौ जनताहरु भागेका छन । इराकको खाजेर नगरमा विस्थतापित भएका बालिक अहिले रोइरहेका छन । ति बालिकालाई युद्ध र हिंसा के हो भनेर थाहा छैन । उनलाई त शान्ति चाहियो । बा आम र साथीहरुको मायाँ चाहिएको छ । इराकमा पहिले जस्तै शान्ति चाहिएको छ । तर बालिकाको चाहनालाई बुझीदिने युद्ध पिचासुहरुलाई यसतर्फ कुनै मतलब छैन । युद्ध लडेर सत्ता हत्याउने निती लिएका सरकार पक्ष सेना र विद्रोही लडाकुहरु अहिले गोली हाना हान गरिरहेका छन । सर्वसाधारण जनताहरु आँखामा आसु लिएर बाँचने चाहाना राखेका छन । उनीहरुको यो दुखान्त वेदना कसले बुझी दिने हुन । युद्ध मचाएर हिडनेहरुले चाहि पक्कै पनि बुझन सक्दैन । इराकमा अहिले जे भइरहेका छन । त्यसको मुख्य जिम्मेवारी लोकतन्त्रवादी नेताहरु नै हुन । सत्ता परिवर्तन गरेर हिडने नेताहरुको कारणले गर्दा आज इराकमा युद्ध र हिंसा मच्चिएको छ । विश्वका मुलुकको ध्यान अहिले इराकमा पर्न गएको छ । लाखौ लाख इराकी जनताहरु घरबाट बाहिर निस्कन सकेका छैन ।बजार उधोग कलकारखाना पसल सबै बन्द छन । सेना र विद्रोही पक्ष विच गोली हाना हान भइरहेका छन । जनताहरु अहिले खाना नपाएर बस्नु परेका छन । घरमा लुकेर ज्यान जोगाउन बाध्य भएका छन । पानी खान समेत पाएका छैन । चारैतिर सेना र विद्रोहीहरुको गाडी हिडीरहेका छन । अब हवाई आक्रमण हुन थालेका छन । सेनाको हवाई आक्मणमा कति निर्दाेश जनताहरु मारिने हुन । कति बालिकाहरुू टुहुरो हुने हुन । यसको लेखाजोखा गर्न गाहे छ । युद्ध र हिंसा भडकाएर राजनीतिक गर्न खोज्ने नेताहरुले इराकलाई कहाँ पुर्याउने हुन । इराक आउदो दिनमा के हुन हुन्छ । यसको अनुमान लगाउन अहिले निकै गाहे छ । इराकबाट नेपालका लोकतन्त्रवादी नेताहरुले पनि शिक्षा हासिल गर्नु पर्छ । नेपाल पनि आउदो दिनमा इराक जस्तो हुन न परोस । इराकमा जस्तै विद्रोही समुहले शासन हत्याउन हतियार उठाउन न परोस । .युद्ध र हिंसाबाट मुलुकलाई जोगाउनको लागि के गर्नू पर्छ भनेर सोचनु पर्छ । नेपालले इराकले जस्तै नियती भोग्नु नपरोस भनेर सोचनु पर्छ । यसको लागि राजनीतिक गर्ने नेताहरुको बुद्धि विवेक कति सम्म सहि ठाउँमा प्रयोग हुन्छ । यसको अनुमान लगाउन निकै अप्ठारो पर्न गएको छ । युद्ध र हिंसा मचाएर सरकारको नेतृत्व गर्न सफलता पाएता पनि ,यसले दिर्घकालीन शान्ति स्थापना गर्न सक्दैन भनेर सोचनु पर्छ ।युद्ध र हिंसा मचाएर जनताहरुलाई मार्न कार्य कसैले पनि गर्न हुन्न भन्ने शिक्षा इराकबाट लिन सकेन भने इराकमा रोइरहेका बालिका जस्तै नेपालमा पनि हुन सक्छ ।
श्रोत:अविचल
Nepalese Rupee Exchange Rate