टांगा चालक नियन्त्रणमा

बीरगंज /३/२५
टाागा व्यवसायलाई व्यवस्थित तथा सुरक्षित बनाउने उदेश्यले मिति २०७१।०२।२८ गतेका दिन टांगा व्यवसायी संघ पर्सा तथा यस कार्यालयका पदाधिकारी बीच छलफल भई ७ बुन्दे सहमती  भई ७ दिन भित्र
 निर्णय कार्यान्वयन गर्ने भनी निर्णय भएकोले उक्त निर्णय अनुसार टाागा संचालन भएको छ छैन भनी यस कार्यालयबाट  मिति २५गते  खटिएको प्रहरी अधिकृत समेतको टोलीले चेकजााच गर्दा  कतिपय टांगा संचालकहरुले निर्णयको बर्खिलाप गरी नंम्वर प्लेट नटासेको, टांगा उमेर नपुगेका व्यक्तिहरुले चलाएको, साथमा कागजपत्रहरु नराखेको र चालकले मादक पदार्थ सेवन समेत गरेको अवस्थामा फेला पारी निम्न स्थान बस्ने निम्न टाागा चालकहरुलाई नियन्त्रणमा लिई जिला प्रहरी  कार्यालयमा ल्याई अनुसनधान भई रहेको छ  ।
                       निम्न:–
१. जि. बारा कलैया न. पा वडा नं.९ बस्ने वर्ष–१६ को रमेश महतो ।
२. जि. पर्सा बीरगंज–२ छपकैया बस्ने वर्ष–१८ को लालबाबु हुसेन ।
३. एैं सिर्सिया गा.वि.स. वडा नं.२ बस्ने वर्ष–१७ को शिवजी राम ।
४. एैं बीरगंज–१ छपकैया बस्ने वर्ष–४५ को नुराईन मियां ।
५. भारत विहार रक्सौल बस्ने वर्ष–४० को नबिजान अन्सारी


SHARE THIS

Author:

Facebook Comment