बारा/२६/ अषाढ,
शान्ति बाल क्लब पिप्रा बसतपुर ३ बाराले आज विभिन्न विद्याललय तथा बालबालिकाहरुलाई खेलकुद समाग्रि वितरण गरेको छ ।
क्लबले गाविसको सहयोगमा गाविस पिप्रा, बसतपुरमा सञ्चालित श्री जनता माध्यमिक विद्यालय बुद्धगाई, श्री जनता प्राथमिक विद्यालय पिप्रा, र श्री जनता प्रथमिक विद्यालय बसतपुरलाई क्रिकेट, भोलिबल, फुटबलमा प्रयोग हुने सामाग्रिसहित ब्याडमिन्टर, चेस, लुडो, स्पेनिङ्ग लगायतको खेलकुदको सामाग्रिहरु तिनवटै विद्यालयका प्रधानाध्यापक निलाम्बर झा, अन्जु चौधरी र धर्मेन्द्र प्रसाद साहलाई हस्तनान्तरण गरेको हो । त्यसैगरी क्लबले गाविसकै बालबालिकाहरुलाई समेत क्रिकेट, लुडो, चेस लगायतको खेलकुद समाग्रि हसतनान्तरण गरेको थियो । कार्यक्रममा क्लबका संयोजक जियालाल साहले शिक्षासंगसंगै खेलकुद पनि विकासको आधार रहेकाले ग्रामिण भेगका विद्यार्थीहरु खेलकुदमा समेत पछाडि नपरुन उदेश्यले सामाग्रिहरु वितरण गरेको बताएका थिए । कार्यक्रममा श्री जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक निलाम्बर झाले यस विधालयले जिल्लामा हुने विभिन्न खेलकुदमा सहभागि भई विधार्थीहरुलाई खेलकुदको विकासमा सक्दो सहभागिता गराईरहेको जनकारी गराउदै अबका दिनमा खेलकुदको सामाग्रिले खेलहरु नरोकिने बताएका थिए । त्यसैगरी प्रअ झाले विधालयमा फर्निचर अभावले विधार्थीहरु उभेरै वा भुईमा बसेर पढनुपर्ने बाध्यता भएकाले सम्बन्धित दाताहरुले सहयोग गरिदिन कार्यक्रममा आग्रह समेत गरेका थिए । प्रअ झाले कक्षा १० मा मात्रै एक सय ६१ जना विद्यार्थी संख्या रहेको र फर्निचर तथा कक्षा अभावले सेक्सन समेत नछुटयाएकाले पढाईमा समस्या भईरहेको जनकारी गराएका थिए ।
कार्यक्रममा शिक्षक विश्वनाथ चौधरी, रामप्रसाद साह, संजय चौधरी, निसान्त मिश्रा, क्लबका शिवसंकर सर्मा, रामदयाल चौधरी लगायतको उपस्थिति रहेको थियो । भने कार्यक्रमको सहजिकरण राजधारी सर्मा गरेका थिए ।

Nepalese Rupee Exchange Rate