घाम पार्टीको उखाने काम्रेट वलीजीको लागी यो पाली ह्याप्पी ह्याप्पी रैछ । यमराजलाई पटक पटक हराम्नु पनि चानचुन कुरो हैन । उखाने काम्रेटले अस्ति मान्नेमा त्यस पछी मान्नेको मईनटर भन्ने संसदीय नेता समेत जितेर देखाई दिनुभो । त्यो भन्दानि अग्र छलांग मार्दै पार्टीको ठूलो टाउके पदमा नै शानदार बिजयी हासिल गर्नु भो । दक्षिणी छिमेकी माईबापको भाखा यसलाई “जब उप्परवाले देता हे तो छप्पर फाड्के देताहे” भन्छ्न । क्यार झ्
तर, उखाने काम्रेटको केहि आसेपासे काम्रेटहरू “बिजुली चम्क्या जस्तरी चम्केर” गर्जिन्छन् । त्यसरी गर्जिने र नचम्कीदे हुन्थ्यो । गर्जनाको साथको चट्या· भन्ने जिनिस त त्यो गोराको भाखा भन्ने छ नि “डेन्जर” भन्ने जस्तै हुन्छ । त्यसले त भेट्यो भने ज्यान माफी दिन्न । ठामको ठाम सुईयाँ पार्दिन्छ । हाक्काहाकी हामी त भारतीय हौं भन्ने अंगुलीमाल भूतपूर्वमन्त्री राजेन्द्र महतोको सक्कल बमोजिम नक्कल गरेर बोल्छन् । बुझ्नु भएन ? अम्लो ठड्याएर क्या झ् यस्तो काम “धुम्रपान स्वास्थ्यको लागी हानिकारक छ” भने झैँ हुन्छ ।
हाम्रो युवा नेता हाईकु काम्रेट पोख्रेलले अस्ति मान्नेमा अनि अहिले पदाधिकारीमा नराम्रो सित चुनौ हार्ने भो । भौवान किन रिसाए हाईकु काम्रेट सित त्यो चैँ बुझ्न सकिन । कम्निस्टले देउता मान्दैनन् भन्ने भ्रम भएर हो कि ? यदि त्यसो हो भने उखाने काम्रेटले चैँ कसरी ड्याम कि ड्याम छक्का र चौका बर्साउनु भो ?
अर्थोक त त्यस्तै हो हिजोबाट भकुण्डो र भोलिबाट घामको चुनौ माकुने काम्रेटको भाका भनिने “बकबक” सुन्नु नपर्ने भो । यो गरिबको बच्चो गोर्खे माईलोको झन्डै कान नै जचाम्नु पर्न बेला भै सक्याथ्यो के गाँठे झ् रिंगीट महँगो छ हजुर अहिले त यताको १ को उता नेपालको तिस पर्छ । गोर्खे माईलोको कान जचाम्नु परेन सन्तोक त्यसैमा छ ।
लास्टमा भन्ने अन्तिममा सबै जितालुलाई बधाई अनि हरुवाहरूलाई चैँ सानु भुती प्रदान गर्छु । वरिष्ठ सरिष्ठ भन्ने पद पार्टीमा काम छैन । त्यस्तो पद भुलेर नि स्थापना नगर्नु होला । कत्ति हाड घोटिया जस्तरी घोटिनु बेकारमा । बाउराम डाक्टरसापले बाख्रा पाल्छु भनेर गफ दिनु भो तपाई हरुवा टोलीहरूले साँच्चिकै गोठालो गएर देखाईदिनुस् । चोरेर, ढांटेर पो खानु हुन्न, काम गरेर खान के को लाज ? किनभने अस्तिनै देउपा सरकारको कांग्रेसी मन्त्रीले भकारो सोरेको पनि देखिएकै हो क्यार ।
प्रकाशित मिति:२०७१ साउन १ गते बिहीवार
इ पेपरमा पढ्न यहाँ थिच्नुहोस्