नेपाल आयातित संस्कार र संस्कृतिका कारण बर्वाद हुँदैछ । राम्रा कामलाई अनुशरण गर्नु पर्दछ । नराम्रा काम, विकृति फैलाउने कामलाई स्वीकार गर्नु भनेको समाजलाई बिगार्नु हो । नेपाली समाजमा सेक्स फ्रि (यौन स्वतन्त्रता) पाच्य हुन सक्दैन तर नचाहेर पनि नेपाली समाज र पश्चिमा राष्ट्रहरुमा झैं सेक्न फ्रि बन्दैछ । नेपाली समाजमा जताततै सेक्समय गतिविधि देखा पर्दछ । पतिव्रता आदर्श नारी, सीतालाई समेत अग्नी परीक्षा गरिएको थियो । महाभारत कालमा द्रौपतिको चीर हरण गरिएको थियो । एक नारी दुई ब्रम्हचारीलाई नेपाली समाजले स्वीकार गर्दैन । बहुपति प्रथा नहुँदा नहुँदै पनि समाजमा त्यो विकसित हुन खोज्दैछ । विवाह अघि संभोग गर्ने, एक पुरुषसँग होइन धेरै पुरुषसँग यौन सम्बन्ध बढाउने महिलालाई वेश्या भनिन्छ । वेश्यावृत्तिमा, वेश्या पेशामा लाग्ने महिलाका संख्या बढ्दैछ । अत्याधुनिक फेशन लाउने रहरले फेशनका लागि वेश्यावृत्ति अपनाएको भन्ने महिलाहरु पनि धेरै पाइन्छ । विवाह अघि गर्भधारण गर्ने, गर्भपतन गर्ने कार्य पनि दिनहुँ भइरहेका छन् । गर्भपतन गराउन कानूनले नै छुट दिएको छ । अवैध गर्भधारण गर्ने महिलालाई न कानूनको डर छ न इज्जतको । छाडा प्रवृत्ति मौलाउँदै गइरहेको छ । सेक्सको मामिलामा नेपालमा पनि पश्चिमीकरण भइरहेको छ । विवाहित श्रीमान श्रीमती बीच सम्बन्ध विच्छेद गर्ने मुद्दा बढीरहेको छ । प्रेम विवाह, फेसबुकको माध्यमबाट विवाह गर्ने महिला पुरुष बीच सेक्सकै कारण सम्बन्ध छिट्टै बन्ने र छिट्टै बिग्रिने क्रम छ । किशोरी आमाहरुको संख्या पनि चुनौतिका रुपमा छ । स्कूल/क्याम्पसमा पढ्न गएका छोरा/छोरी आफ्नो पढाइलाई भन्दा सेक्सलाई प्राथमिकता दिएर भविष्य बिगरोको पनि देखापरेको छ । पहिलेको जस्तो जातपात, धर्म सम्प्रदायले सेक्समा वाधा डालेको छैन । दुइ, चार दिन प्रेम गर्यो, आफ्नो भविष्यको सुनिश्चितामा ध्यान नदिइ सेक्सको मज्जामा हतारियो, दुइ चार महिना पछि सेक्सबाट थाक्यो, पर हट्यो अनि बिग्रियो यस्तो क्रम बढ्दै गएको छ । नयाँ नयाँ केटा र केटी रोज्ने सेक्समा रमाउने प्रवृत्ति पनि देखिन्छ । नेपाली समाज अधकल्चो छ न पूरै आधुनिक बन्न सकेको छ, न परम्परागत । जसले गर्दा सेक्स र प्रेमका नाममा विकृति र विसंगतिको पहाड बन्न खोज्दैछ । युवा/युवतिहरु आफ्नो कारणले आफै दु:ख पाउन थालेका छन् । वैंस आयो भनेर सबै धैर्यता र संयता गुमाउन आवश्यक छन । नेपालका यौन उन्मान्दले मात्तिने उमेरका सबै केटा केटीले सेक्स जीवनका लागि भन्ने अनिवार्य हो भन्ने बुझेका नै छन् । यौन स्वतन्त्रता र यौन स्वच्छन्दतालाई कति पर्दा भित्र राख्ने, कति पर्दा खोल्ने भन्ने कुरा जिम्मेवार सबै युवा, युवतिले बुझ्नु पर्दछ । बयोवृद्ध महिला, पुरुषले जीवन साथीका लागि विवाह गरेको पाइन्छ । जीवनमा विवाह अनिवार्य हुन्छ । विवाह पछि केटाले अर्को केटी सँग यौन सम्पर्क बढाउनु, केटीले अर्को केटासँग सम्बन्ध राख्न एक प्रकारको पाप र अपराध नै हो । नेपालमा पोइल जाने परम्परा नै छ । स्वस्थ युवा युवतिलाई १६ वर्ष देखि सेक्सप्रति अभिरुची हुन्छ । सेक्सको चाहना ६०/७० वर्ष सम्म राख्न सक्दछ । यौन सन्तुष्टी पनि जीवनको महत्वपूर्ण कुरा हो । यौन सन्तुष्टी, यौन कुण्ठाको कारण पनि मानिसको घर परिवार बिग्रिएको हुन्छ । सेक्स वद्र्धक औषधी सेवन गरी सेक्स गर्ने फेशन नै बनेको छ । यौन सुरक्षाका लागि कण्डोमको प्रयोग गरौं भन्ने विज्ञापन नै छ । कण्डोमको बिक्री संसार भरमा ठूलो परिमाणमा छ । हिजोआज गाउँघर, शहर बजार जताततै स्कूल कलेजमा समेतमा प्रयोग गरेको कण्डोम जथाभावी फ्याँकेको पाइन्छ । प्रत्येक होटलमा प्रायजसो बेडको मुन्तिर कण्डोम राखिएको हुन्छ । सेक्स मनोरञ्जनको उत्कृष्ट पक्ष हो । संभोगको जस्तो अति आनन्द कुनै कुरामा पाउन सकिंदैन । प्रत्येक मानिसलाई खाना, आराम, आवास, निन्द्रा, मनोरञ्जन अनिवार्य चाहिन्छ । धनी होस् वा गरिब सबैलाई सृष्टि र सन्तुष्टिका लागि संभोगको जरुरी छ । संभोगको आवेगले बलात्कार जन्माउँछ, ठूला–ठूला घटना, दुर्घटना निम्त्याउँछ । सेक्स बजारमा साग सब्जी किने जस्तो हुन नपर्ने हो तर रेडलाइट एरिया वेश्यालय होटेलहरुमा यौनकर्मी महिलाहरुले सस्तो देखि महंगो रेटमा आफ्नो यौनी पुरुषलाई केही समयका लागि पैसामा बिक्री गरी छोरा छोरी घर परिवार लोग्ने भएका विवाहित अधवैंसे महिलाहरुले यौन व्यापार / व्यवसाय चलाएर आनन्दको पारिवारिक जीवन बिताएको पनि देखिन्छ । यौन क्रिडाको स्वाद मान्छे पिच्छे फरक–फरक हुन्छ भन्ने माहिला–पुरुष पनि छन् । संभोग क्रियाकलापका बारेमा व्यापक चर्चा परिचर्चा हुन्छ । विश्वमा संभोग सामाग्री (सेक्स टवाइज)ले ठूलो बजार ओगटेको छ । सेक्स टवाइज नेपालमा पनि भित्रिएको छ । यौन वद्र्धक औषधीको विज्ञापन छापेर वोर्ड सिटका पत्रिका मोटाएका छन् । महिलाहरुको अश्लिल तस्वीरहरु छापेर सेक्सलाई प्रोत्साहन गरिएको छ । विश्व नै सेक्समय बनेको छ । नेपाललाई विश्वको सेक्समय हावाले प्रभावित गरेको छ । नेपाली महिलाहरुको सेक्स बजारमा बढ्दो मांग हुन थालेको छ । जताततै सेक्समय वातावरणमा आफ्नो लोग्नेले आफूलाई छाडेर लामो समयसम्म बैदेशिक रोजगारमा गए पछि जति धन भए पनि, जति मन रोके पनि, सेक्सको सन्तुष्टि बिना जीवनलाई टिकाउन गाह्रो हुँदो रहेछ भन्ने महिलाहरुको अनुभूति छ । वैदेशिक रोजगारीमा गएका पुरुष महिलाले उतै यौन सन्तुष्टि लिने, स्वदेशमा रहेका महिला पुरुषले यतै पर पुरुष, पर महिलासँग यौन सन्तुष्टी लिएकोमा आश्चर्य मान्नु पर्ने कुरा अब भएन । आवश्यकता नै आविष्कारको जननि हो । जस्तो परिस्थिति आउँछ त्यस्तो सामना गर्नु पर्दछ । सहज स्वीकार गर्नु पर्दछ । चुनौती सँगै अवसर पनि आएकै हुन्छ । सेक्सको मामिलामा कुनै दिन चर्या, परिचर्चा केही नहुने ‘तै चुप मैं चुपको’ अवस्था पनि आउन सक्दछ । आफन्तबाट हुने यौन दुव्र्यवहार, हाड नाता करणीसमेत नेपालमा बढ्दो छ । पशुको नश्ल सुधारमा समेत असर पर्ने हाड नाता करणी मानिसमा हुन थालेपछि यसले भविष्यमा नकारात्मक नतिजा ल्याउँछ कि ल्याउदैन ? सुनौलो भविष्य, सम्पन्न भविष्य, सभ्य भविष्यका लागि यौन स्वच्छन्दता र यौन स्वतन्त्रता आधार होइन । मौलाएको विकृती र विसंगतिको संस्कृतिलाई ज्ञान भएका सबै नेपालीले अस्तित्व समाप्त हुन्छ भन्ने कुरा ज्ञान भएका सबै नेपालीले बुझ्नु पर्दछ । यौन क्रियाकलापमा पर्दा हुनै पर्दछ । यौन छाडापनले मानिसको उन्नतिहोइन पतन गराउँछ । भावी सन्ततिको भविष्य नष्ट भ्रष्ट हुन्छ ।
शान्तिका दूत गौतम बुद्धले दुव्र्यवहारका कारण शान्ति र सिर्जना हराउन थालेको छ । भारतका पूर्व प्रधानमंत्री पंति जवाहरलाल नेहरु काश्मिरका कट्टर ब्राम्हण थिए । उनले आफ्नो छोरी पूर्व प्रधान मंत्री इन्दिरा गान्धीको विवाह फ्रान्सिसी नागरिक मुसलमान सम्प्रदायका फिरोज खानसँग भएको विषयलाई सहजै स्वीकार गरे । इन्दिरा गान्धीका छोरा पूर्व प्रधानमन्त्री राजीव गान्धीले इटली नागरिक क्रिश्चियन नागरिक सोनिया गाँधीसँग विवाह गरे ।
शंकर भगवानले गणेशको टाउको काटेर हात्तीको सु जोड्नु पर्ने बाध्यता यत्तिकै आएको थिएन । कस्को गर्भ भन्ने नखुलेको गणेश भगवानको शीर महादेव भगवानले छेदन नगरेको भए गणेश कै हातबाट शिवजीको वंश नाश हुने थियो । वैदिक कालमा विवाहित महिला, पुरुषले गर्भधारणका लागि वैदिक कर्मयज्ञ, पूजा पाठ, व्रत, जपतप गर्दथे । सत्ययुगमा पुरुष वा महिला सत्य धर्मका कारण वैभवशाली हुन्थे । कलियुगका मानिस अनिष्ठ र अशान्तिको घेरामा रहनुको कारण मानिसको सत्य धर्म हराउन जोसँग पायो उसँग, जतिखेर पायो उतिखेर, रक्सी पिएको अवस्था होस् कि लागू औषध सेवन गरेको बेलाहोस संभोग गर्दा रहेको गर्भधारण कसरी गतिलो हुन सक्दछ । संभोग से समाधी तक भन्ने दर्शन रजनीशले छोडेर गएका छन । संभोग क्षणित सन्तुष्टी मात्र होइन, सृष्टिको दीर्घकालिन जिम्मेवारी पनि हो । यौन जन्य अपराधले समाजलाई उभो लाग्न दिदैन । सन्तान गतिलो भएनन्, सन्तानको सृष्टि भएन भने मानिसको जीवन यसै दिग्दारपूर्ण हुन्छन् । सेक्स जिम्मेवारीपूर्ण ढंगले हुनु पर्दछ सुख शान्ति र समृद्धिको कामना सहित हुनु पर्दछ ।