क्राइमचेक प्रतिनिधि/
बारा/इलाका प्रहरी कार्यालय सिमराले सोमबार राती नक्कली भारतीय रुपैयाँ सहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले विशेष सुचनाको आधरमा एक लाख पाँच हजार भारतीय नक्कली रुपैयाँ सहित पर्साको बैरियाविर्ता–३ घर भई हाल वीरगन्ज उपमहानगरपालिका वड नम्बर १६मा बस्दैआएका वर्ष ३४का रामदयाल ठाकुर लोहार र भारत विहार मोतिहारी जटवा जनेरिया घरभई हाल बाराको गढीमाई नगरपालिका वाड नम्बर ७ मा बस्दै आएका वर्ष ५०का महमद मुस्तकिम मियाँलाई पक्राउ गरिएको हो ।
लोहारको घरमा नक्कली रुपैयाँ रखिएको सुचनाको आधारमा राती २ बजेको समयमा इलाका प्रहरी कार्यालय सिमराले छापामारी गर्दा नक्कली नोट बरामद भएपछि लोहार र मियाँलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक इश्वर बाबु कार्कीले जानकारी दिनुभयो । पक्राउ परेका दुवै अभियुक्तलाई मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी उपरिक्षक कार्कीले सर्वजनिक गर्नु भएको छ । पक्राउ परेका दुवैलाई जिल्ला अदालतमा उपस्थित गराई आवस्यक अनुसन्धानका लागि पाँच दिनको म्याद बुझेको उपरिक्षक श्रेष्ठले बताउनु भयो । लोहारको घरमा प्रहरीले छापामारी गर्दा नक्कली नोट ओसार पसारमा प्रयोग गरिएको ना १२ प ९६५ नम्बरको एक थान मोटर साइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:२०७१ असार २६ गते