क्राइमचेक प्रतिनिधि/
वीरगंज/वीरगंजको ट्राफिक व्यवस्था र सडक जामलाई व्यवस्थित बनाउन भएको सहमति कार्यान्वयनमा आनाकानी गरेको आरोपमा पर्सा प्रहरीले बुधवार वीरगंजबाट पाँच जना टा·ा चालकलाई नियन्त्रणमा लिएको छ ।
टाँगा व्यवसायलाई व्यवस्थित बनाउन जि
ल्ला प्रहरी कार्यालय पर्सा र टांगा व्यवसायी बीच जेठ २८ गते भएको सहमतिलाई चालकहरुले नमानेर मनोमानी गरेको कारण तिनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी र व्यवसायी बीच भएको सात बुंदे सहमति अनुसार टांगामा नम्बर राख्ने, नाबालिकले टा·ा चलाउन नपाउने, अनिवार्य रुपमा परिचय पत्र राख्ने, टांगामा बत्तीको व्यवस्था गर्ने, लगायतका सहमति भएपनि सोको पालना नगरेका चालकहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । संघ र प्रहरी बीच भएको सहमती पालना भएको नभएको अनुगमन गर्ने क्रममा नम्बर प्लेट नटाँसेको, उमेर नपुगेका व्यक्तिहरुले चलाएको, कागजपत्रहरु नराखेको र चालकले मादक पदार्थ सेवन समेत गरेको फेला परेपछि आवश्यक कारवाहीकालागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
अनुगमनको क्रममा प्रहरीले कलैया नगरपालिका वडा नम्बर ९ निवासी वर्ष १६ का रमेश महतो, वीरगंज–२ छपकैया बस्ने वर्ष १८ का लालबाबु हुसैन, सिर्सिया–२ निवासी वर्ष १७ का शिवजी राम,ं वीरगंज–१ छपकैया निवासी वर्ष–४५ का नुराईन मियाँ र भारत विहार रक्सौल बस्ने वर्ष–४० का नबिजान अन्सारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:२०७१ असार २६ गते