क्राइमचेक प्रतिनिधि/वीरगंज/पर्सा जिल्लामा संचालित रहेको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तर्गत गठन भएका नागरिक सचेतना केन्द्रका संयोजकहरुको लागि दुई दिने क्षमता बिकास तालिम मंगलवार सम्पन्न भएको छ ।
जिल्ला बिकास समिति पर्साको आयोजना ७७ गा.बि.सका सचेतना
केन्द्रका संयोजकहरुको लागि कृषी अनुसन्धान केन्द्र परवानीपुरमा संचालनमा रहेको तालिम मंगलबार सम्पन्न भएको हो । २ समुहमा संचालन गरिएको तालिममा जिल्ला बिकास समति पर्साका अधिकृत धर्मराज थापा र प्रदिप चौरसियाले प्रशिक्षण दिनु भएको थियो भन्ने तालिम बाट लक्षित बर्गर पिछिडिएका समुदायले पाउनु पर्न सेवा सुबिधाको पहुंचमा सहयोग मिलने र कार्यक्रम बारे थप जानकारी पाउने जिबिस स्थानीय विकास कोषका लेखापाल हरीकुर्मीले बताऊनु भयो ।
स्थानीय बिकास मन्त्रालयको अर्थिक सहयोग र जिल्ला बिकास समितिको आयोजना नेपाल भरीको ७५ जिल्लामा संचालन भईरहेको कार्यक्रम यस भन्दा पहिला बिभिन्न १७ ओटा गैर सरकारी संस्थाहरु मर्फत पर्सा जिल्लाका ८२ गाबिसमा संचालन हुदै आईरहेको थियो ।
प्रकाशित मिति:२०७१ असार २६ गते
Nepalese Rupee Exchange Rate