के ईसाई धर्ममा जाती र थर हुन्न र ? –जनकमान डंगोल


हिन्दु धर्म भन्ने बित्तिकै सर्वप्रथम टुप्पी पालेका, धोतिपाटा लगाउने र धर्मको बारेमा ज्ञान दिने व्यक्ति भनेर भनिन्छ । हिन्दू धर्मको व्याख्याता प्राय: ब्राम्हण नै हुने भएकोले सोच र कल्पनामा यस्तो देखिनु नयाँ र नौलो पनि भएन त्यसैले यी भए सोचको कुरा तर हिन्दु धर्मलाई मान्ने सबै जातजातीका छन् । ब्राम्हणका साथै क्षेत्री, वैश्य देखि सुद्र सम्मले हिन्दु धर्म मान्छन् । यो बिज्ञानको युग हो । विज्ञानको युगमा धर्म र जातको कुरा गर्न मिल्छ या मिल्दैन त्यो बहसको विषय बन्न सक्ला तर मानिस सामाजिक प्राण्ीा भएकोले समाजमा मिलेर बस्नु पर्छ । समाजमा मिलेर बस्नलाई पनि जाती र धर्मले ठूलो भूमिका खेलेको हुन्छ र यो परापूर्वकालदेखि देखि चल्दै आएको छ । समाजमा दुई किसिमका मानिसहरू हुन्छन् । एकथरि समाज बनाउने खालका हुन्छन् भने आर्को थरि समाज बिगार्ने खालका हुन्छन् । जो मान्छे आफ्नो कर्म मिहिनेत र पसिनामा विश्वास गर्छ त्यस्ता मान्छेले आफ्नो परिवार देखि गाउँ समाज सम्मको सधै भलो नै सोचेको हुन्छ तर जो मान्छे अल्छी, फटाहा हुन्छन् त्यस्ताले न आफु गरि खान्छन् न अरूलाई गरि खान दिन्छन् । धन देख्दा मान्छेको मात्र
नभएर भगवानको पनि तिन नेत्र बल्छन् भन्ने उखान छ तर त्यो उखान नभएर सत्य पनि हो । यदि मान्छे धनको लोभी हुँदैन थिए भने आफ्नो परापूर्वकालदेखि पिता पूर्खाले मान्दै आएको धर्म र संस्कारलाई लात हानेर पक्कै पनि पराई धर्म अप्नाउँदैन थिए । कुनै व्यक्तिले आफु तजबिजीले आफुले मन परेको धर्म अंगाल्न पाउँछ । कुनै पनि हिन्दु वा गैर हिन्दुले आफुलाई त्यो धर्म मन परेन र आफुले मन परेको धर्म अंगाल्न गएमा धर्मगुरूले धर्मको दिक्षाको साथ जात र थर पनि दिएको पाउछौ । उदाहरणको लागी कुनै हिन्दुले आफ्नो तजबिजीले ईश्लाम धर्मग्रहण (कुबुल) गरेमा ईश्लाम धर्मगुरुले सर्वप्रथम दीक्षा त्यस पश्चात जाती (थर) दिएको देखिएको छ । ईस्लाम धर्मावलम्बीहरूमा पनि बिभिन्न सम्प्रदाय अनुसारको थरि छ । शेष, खाँन, पठान, धोबी आदि यी भए उदाहरण र गैर ईश्लामले ईश्लाम धर्म ग्रहण (कुबुल) गरेमा हामीले श्री लेखे जस्तै उनीहरूहरूले मोहम्मद लेख्छन् र त्यसको साथमा आजबाट यो थरि लेख्नु भनेर आदेश दिएको हुन्छ । उदाहरणको लागि पंक्तिकारले यदि हिन्दु धर्म छोडेर ईश्लाम धर्मग्रहण गर्ने हो भने पंक्तिकारको नाम मोहम्मद जनक त्यस पछी दिइएको थरि खान, पठान ... आदि हुन्छ अर्थात मोहम्मद जनक खाँन । तर ईसाईले त्यसो गर्दैनन् । अन्धाधुन्द तरिकाले युद्ध स्तरमा साम, दाम, दण्ड र भेद यी चारै नीति अपनाएर धर्म परिवर्तन गराउन थालेको नेपालमा २०४६ सालको प्रजातन्त्र पश्चात हो । २०६३ साल पछिको लोकतन्त्र पश्चात हाक्काहाकी गर्न थालेका छन् । पंतिकारलाई चित्त नबुझेको कुरा चैँ के भने पंक्तिकारले शुरुमै लेखे अनुसार हिन्दु धर्मको रखवाला एक जना ब्राम्हण अगाडी अगाडी हिन्दु धर्मको रक्षा गरौं भन्दै दिलो ज्यानले खट्दै हिंडेको देख्छु तर त्यसको पछीपछी  ब्राम्हणको छोरानै “हिन्दु धर्मभनेको के हो ? भगवान हुन्न, ईश्वर हुन्छ र हाम्रो ईश्वरले स्वर्ग पठाई दिनु हुन्छ त्यसैले हाम्रो इसाई धर्ममा लाग्नुहोस् भन्दै हिंडेको देख्छु । त्यति मात्र नभएर सामाजिक संजालमा समेत यस्तै लेखिएको देखिन्छ । कुरा सुन्दा अचम्म लाग्छ किनभने स्वर्ग र नर्कको बयान त हिन्दु धर्ममा छ भने बाईबलमा स्वर्ग र नर्कको बयान कसरी भयो ? बाइबल, भन्दा पनि पहिला नै हिन्दु धर्म मानिएको थियो भनेर बाइबल मै लेखिएको “मन्दिर र पुजाहारी” भन्ने शब्दले जनाउछ भने यो शत प्रतिशत नक्कल भयो कि भएन ? रह्यो कुरा जाती र धर्मको । मन परेको धर्म लिनुस, मान्नुस र अप्नाउनुस तर आफ्नो नामको पछाडी त्यो हिन्दुको जात र थर पनि हुन्छ नि त्यो चाही परिवर्तन गर्नुस । चन्दन, तिलक र सिन्दुर अक्षता लाउनेको घाटीमा क्रुस झुन्डे पछी नामको पछाडी जात र थर पनि नयाँ धर्मकै राख्दा राम्रो हुन्छ नि हैन र ? किनभने सबै धर्ममा जात जाती र थरि हुन्छ भने के ईसाइमा चैँ जाती र थरि नभएको हो र ?
(डंगोल वैदेशिक रोजगारीको शिलशिलामा मलेसियामा बस्दै आएका छन् ।)
janakdangol@gmail.com
प्रकाशित मिति:२०७१ असार २६ गते

SHARE THIS

Author:

Facebook Comment