वीरगंज, २१ असार ।
केन्द्रमा बसेर गृहमन्त्री र नेपाल प्रहरीका प्रमुख अर्थात प्रहरी महानिरीक्षकले ल्याएका नीति नियमलाई सोही विभागका प्रहरी अधिकृतले रद्दीको टोकरीमा फालेर मनोमानी ढंगले आफ्ना गतिविधि संचालन गर्न थालेको देखेर सर्वसाधारण जनताहरु त्रसित बन्न थालेका छन् ।
गृहमन्त्रालयबाट हालै ल्याइएको “मुस्कानसहितको प्रहरी सेवा” को नीति विपरित वडा प्रहरी कार्यालय विर्ता वीरगंजका प्रहरी निरीक्षक राजन प्रसाद मैनालीले स्थानीयबासीन्दाहरूमा त्रासको वातावरण सिर्जना गर्न थालेका छन् ।
प्रहरी निरीक्षक मैनालीले वडा प्रहरी प्रमुखको कार्यभार सम्हालेलगत्तै स्थानीय दुई नम्बरी कारोबारी, अवैध कारोबारी, तस्कर, लगायतलाई आफ्नो कार्यालयमा बोलाएर आउने दिनमा तस्करी बन्द गर्ने कि यसलाई व्यापक मात्रामा फस्ट्याउने ? भन्ने प्रनिको जिज्ञासामा स्थानीय तस्करहरुले हाम्रो तस्करी धन्दालाई सहयोग पुर्याउनुस र तस्करी भइरहेको छ भन्नेतर्फ कसैको ध्यान जान नदिन बजारमा सर्वसाधारण जनता, पसल, इत्यादीमा बेलाबखतमा गएर मान्छेलाई समात्नुस, यसले तपाईंको चर्चा पनि भइरहन्छ र हामीले तस्करीमा सघाएवापत तपाईंलाई आर्थिक सहयोग पनि गरिरहन्छौं भनेर सल्लाह दिएपछि प्रहरी निरीक्षकले तस्करहरुले दिएको सल्लाह बमोजिम सर्वसाधारण नागरिक र साना व्यवसायी, पसले र त्यसमा कार्यरत कामदारहरुसाग दुव्र्यवहार गर्न थालेको जनाइएको छ ।
प्रहरी निरीक्षक मैनाली इन्चार्ज रहेको वडा प्रहरी कार्यालय विर्ताकै नाका र सो क्षेत्रबाट दैनिक तस्करी भइरहादा तस्करहरुसाग सााठगाठ गरेर तिनीहरुको दुइ नम्बरी काममा सहयोग गरिरहेका छन् भने अर्कोतर्फ सर्वसाधारण नागरिक र सानो तिनो पसल, व्यापार गरी बसेका पसले र त्यहाा काम गर्ने कामदारसाग अपराधीको शैलीमा कुरा गरेपछि यतिखेर वीरगंजमा प्रहरीको कारणले त्रासको वातावरण सिर्जना भएको हो ।
प्रहरी निरीक्षक मैनाली स्थानीय व्यवसायीहरुहरुलाई अपराधलाई सरह दुव्र्यवहार गर्नथालेपछि त्रासको वातावरण सिर्जना भएको हो । वीरगंजमा संचालित क्यासिनोहरुमा नेपालीलाई प्रवेश गर्न दिएवापत कारवाही नगर्ने सर्तमा क्यासिनो संचालकसाग तालमेल मिलाएर विभिन्न अवैध धन्दामा प्रनि मैनालीको सहयोगी भावना हेरेर स्थानीय तस्कर, अवैध कारोवारीलगायतहरु दंगदास देखिन थालेका छन् भने तिनीहरुको दुइनम्बर व्यवसाय पनि दिन दुइगुना रात चौगुनाको गतिमा फस्टाइरहेको छ ।
नेपालको कुनै पनि नागरिकले प्रहरीबाट असुरक्षित महसुश नगरुन भन्ने उद्देश्यले मन्त्रालयबाट जारी “मुस्कान सहितको प्रहरी सेवा” अभियानलाई यसरी रद्दीको टोकरीमा फालेर मनोमानी गरी सर्वसाधारण जनतालाई प्रहरी सहयोगी होइन, तर्साउने संस्थाहो भन्ने संदेश प्रवाह गर्न उद्धत प्रहरी निरीक्षक मैनालीजस्ता प्रहरी अधिकृतलाई विभागले बेलैमा नीति नियमको पाठ नसिकाउने हो भने भोलिको दिनमा सामुदायिक हिंसा समेतको अवस्था सिर्जना हुन सक्ने स्थानीय वुद्धिजीवीहरुको तर्क छ ।

Nepalese Rupee Exchange Rate