शंकर टेक्सटाईलद्धारा पत्रकार सम्मेलन

बीरगंज २० असार
                 
बारा जिल्ला गाविस बहुअरी वडा नं. ५ स्थित सन्चालनमा रहेको न्यू शंकर टेक्सटाईल ई. बाट बग्ने  पानीको विवाद नरहेको मधेसी पत्रकार समाज पर्साले गरेको पत्रकार सम्मेलनमा कारखाना सन्चालक विनय कुमार कल्वारले बताएका छन् ।
२०७१ साल जेष्ठ २८ गतेको दिनमा दिउसो ४:०० बजेको समयमा बारा जिल्ला गाविस बहुअरी निवासी मोहन पटेल, र उनका भाई अजय पटेल र विजय पटेलले एक्कासी टिपरमा माटो भरी ल्याई न्यू शंकर टेक्सटाईल ई. को पानी बगी रहेको सार्वजनिक नालामा माटो खसाएपछि टेक्सटाईलका सन्चालक विनय कुमार कल्वारले सोधपुछ गर्दा अभद्र व्यवहार गरेको पत्रकार सम्मेलनमा कल्वारले बताए ।
पटेलका अनुसार आफ्नो मान्छेलाई काममा राख्नुपर्ने मागेको बेलामा चन्दा दिनुपर्ने र गत दोश्रो संविधानसभाको चुनावमा क्षेत्र नं. ४ बाट फोरम नेपालबाट प्रत्यक्षको उम्मेदवार भएको अजय पटेलले चन्दा मागेकोमा चन्दा दिन अस्वीकार गरेको निहुमा मोहन पटेल र उनका भाईहरुले पुरानो रिसिवी साधनको लागि मिति २०७१ जेठ २८ गते कारखाना सन्चालक विनय कुमार कल्वार माथि दुव्र्यहार गरेको प्रशासकीय अधिकृत रमेश यादवले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए।
शान्ति सुरक्षाका लागि बारा जिल्ला प्रहरी कार्यालयमा अषाढ ३ गते जाहेरी दिएको र निजहरुले कानूनको उलंघन गरेको आरोपमा मोहन पटेल र विजय पटेलमाथि सार्वजनिक अपराध दर्ता भएको थियो । प्रहरीको खोजतलाशको क्रममा मोहन पटेल पक्राउ परि ३ दिन प्रहरी हिरासतमा बसेपछि प्रहरीको रोहबरमा कारखाना सन्चालक र मोहन पटेल अजय पटेल तथा स्थानिय गाउका अगुवाहरुको उपस्थितिमा कारखानाको पानी बग्न दिने, त्यसमा कुनै बाधा अवरोध नपुऱ्याउने सहमति भएता पनि हाल गुण्डागर्दी शैलीमा सम्झौता विपरीत अभद्र व्यवहार गर्दै आइ रहेको र मोहनले पुनरावेदन अदालत हेटौडामा पानी नबग्नको लागि अन्तरीम आदेशको निवेदन दिएता पनि अदालतबाट कारखानाको पानी बग्न दिनुपर्छ भनी मिति २०७१ असार १९ गते आदेश भई सकेको कुरा पत्रकार सम्मेलनमा कारखाना सन्चालक विनय कुमार कल्वारले बताएका थिए ।



SHARE THIS

Author:

Facebook Comment