वीरगंज २० गते असार ।
जिल्ला कारागार कार्यालय पर्सामा संचालित समता बिधालयमा अध्ययनरत ७८ जना बालबालिकाहरुको आर.एम.केडिया ऑखा अस्पताल परवानीपुरले नि : शुल्क ऑखा परिक्षण गरेको छ ।
सो केडिया ऑखा अस्पतालका नेत्र सहायक सुपरभाइजर मोहन महतो र आँखा स्वास्थ्य कार्यकर्ता बिनोद कुमार कंकरले ७८ जना बालबालिकाहरुको ऑखा परिक्षण गर्दा ६ जना बालबालिका ऑखा रोगी भेटिएको कुरा अस्पतालका प्रशासन प्रमुख प्रकाश बर्माले संचारकर्मीलाई बताउनु भयो ।
उक्त बिधालयको कक्षा एक मा अध्ययनरत १ जना बिधार्थी भिटामिन ए को कमीले ऑखा रोगी फेला परेका छन । भने १ जना बिधाथी एलर्जीका कारण र अन्य बाकी चार जना बालबालिकाहरुको आँखाको दृष्टि कम भएको नेत्र सहायक सुपरभाइजर महतोले बताउनु भएको छ ।
सो आँखा रोगीहरुको केडिया आँखा अस्पतालले नि :शुल्क ओषधि उपचार समेत गरेको कुरा ब्यवस्थापन समितिले जनाएको छ ।
त्यसै गरी नेपाल नेत्र ज्योति संघ पर्सा शाखाले समता बिधालयमा अध्यनरत बालबालिकाहरुलाई शुद्ध सफा पानी पिउनको लागी पानी सफा गर्ने मेशिन (वाटर फयुरी फायर केन्ट आर.ओ.फुल प्लाण्ट) उपलब्ध गराएको छ ।

Nepalese Rupee Exchange Rate