भारतको इशारामा नाच्ने कांग्रेस

–विष्णु तिवारी 
२००७ सालदेखि नेपाली जनताहरुको हक अधिकार र प्रजातन्त्रको लागि आफुहरुले तानाशाहीको विरुद्ध लडदै आइरहेको बताउन पछि परेका छैन । नेपाली काग्रेसको इतिहास अब आम नेपाली जनताहरुले खोतलु पर्नै बेला आएको छ । प्रजातन्त्रको नाममा
नेपाल र नेपाली जनताहरुलाई गुलाम बनाउने प्रत्यन काग्रेसले ००७ सालदेखि गर्दै आइरहेका छन । ।राणा शासनको विरुद्ध सशस्त्र लडाई लडेको भन्दै आइरहेका काग्रेसले राणा शासन समाप्त पारेपछि नेपालको राष्ट्रियतालाई कतिको कमजोर पार्न सफल भएका थिए । २००७ साल देखि २०१६ सालको इतिहास पल्टाएर आम जनताहरुले अध्ययन गर्नु पनै बेला भएको छ ,। पचायती व्यवस्था समाप्त पार्न नेपाली काग्रेसले भारतीय शासकको साथ लिएर आन्दोलन गरेका थिए भन्ने कुरा अरु दलका नेताहरुले भन्दै आइरहेता पनि नेपाली काग्रेसका. गिरीजाप्रसाद कोइरालाको जिवनीमा आधारित आफनै कुरा नामक पुस्तकमा भारतीय गुप्तचर संस्था रअले सहयोग गरेपछि हवाई अपहरण (हाइज्याक ) गरेर त्यसबेला भारु ३० लाख रुपैयाँ लुटन सफल भएको बताइएको छ । ।गिरीजाप्रसाद कोइरालाको आत्मकथामा हाइज्न्याकबारे स्पष्ट भन्नुभएको छ ,‘भारतीय गुप्तचर संस्था र प्रमुखलाई फोन गरे । उसले किन विमान अपहरण गरेको भनेर प्रश्न गर्‍यो , मैले भने आप हि लोगो ने तो  करने को कहा,फिर अब कह रहे है क्या करदिया आपने ?...... तपाईहरुले त गर्नु भन्नुभएको थियो,अहिले आएर के गरेको त्यस्तो भन्नुहुन्छ ? )हेर्नुहोस –पृष्ठ १०९ )
गिरीजाप्रसाद कोइरालाले चक्रप्रसाद बास्तोलादेखि सुशील कोइरालासम्म हवाई अहपरणमा सक्रिय रहेको उल्लेख गर्नुभएको छ । बसन्त भट्टराई, दुर्गा ुसुवेदीलगायतका युवक सो घटनामा हतियार बने । कोइरालाले जुन प्रकारको सत्यता बोलेर अहिले संसारबाट विदा लिनु भएको छ । यसबाट पनि काग्रेस पार्टीले आफनो राजनीतिक स्वार्थपुरा गर्नको लागि कति गैर कानुनी काम गरेर देखाउन सफल भएको छ । उनले लेखेको किताव पढनु पर्छ । नेपाली जनताहरुलाई जहिले पनि प्रजातन्त्रको लागि लडदै आइरहेका बताउनेले आफनो अनुहार एकपल्ट अइनामा देखनु पर्छ । काग्रेसका नेताहरुको अनुहारमा कतिको राष्ट्रघाती दाग लागेको छ । नेपाली जनताहरुलाई अहिले प्रजातन्त्रको नाममा जुन धोखा दिइएका छन । यो अब जनताहरुले राम्रोसित बुझेका छन । नेपाल र नेपाली जनताहरुलाई यो अवस्थामा पुर्‍याउनको लागि विदेशीको दलाल बनेर राजनीति गर्न सफल भएका काग्रेसको इतिहास  नेपालमा लेखिएको छ । काग्रेसले भारतीय शासकको दलाली गर्दै नेपालमा सत्ता परिवर्तन गरेका हुन । उनीहरुको आफनो बलबुता नै थिएन भन्ने कुरा पनि अहिले देखा परेको छ । भारतको सुझावमा हवाई अपहरण गरि ३० लाख लुटन सक्ने नेताहरुले आफनो स्वार्थको लागि जे पनि गर्न सक्छ । काग्रेसले लोकतन्त्रको लागि लडदै आइरहेको बताएका छन । काग्रेसको शक्ति नेपालमा कति छन भन्ने कुरा पूर्व राजा ज्ञानेन्द्र शाहले आफनो हातमा सत्ता लिन्दा जनताहरु सडकमा आएकाथिए । शाही सत्ता ढाल्नको लागि गिरीजाप्रसाद कोइराला लगायत अन्य दलालहरु भारतको नयाँ दिल्लीमा पुगेर १२ बुँदे सहमित गरेर लोकतन्त्र स्थापना गरेका हुन भन्ने कुरा पनि कुनै पनि नेपाली जनताहरुको विचमा लुकेका छैन । भारतको आशिर्वाद प्राप्त गरि हिडने नेताले नेपाल र नेपाली जनताहरुको अस्तित्व समाप्त पार्न सक्छ भनेर बुझन सकिएन भने यो नेपाली जनताहरुको लागि दुर्भाग्य नै हुनेछन । पचायती व्यवस्था समाप्त पार्न हवाई अपहरण गरि रकम लुटन सक्ने ले नेपालको अस्तित्व समाप्त पार्न भारतको इशारामा जे पनि गर्न सक्छ ।

SHARE THIS

Author:

Facebook Comment