नेपालका नेता कि भारतको नेता बुझ्नै गाह्रो

–संजय गिरी
नेपालका नेता जहिले पनि भारतको नै दास भएर बाँचन चाहेका छन । भारतको के भइरहेका छन भन्ने कुरामा निकै चासो राख्ने गरेका छन । बल्ल बल्ल नेपालमा सत्ता परिवर्तन भएर नेता बन्न पाएकाले भारतको बारेमा बो्लन छाडेको खण्डमा आफनो राजनीतिक नै समाप्त हुने हुन कि भनेर सोचन निकै आतुर भएका छन । भारतमा संसदको निर्वाचनमा हुँदा नेपालमा यसबारेमा धेरैले विभिन्न अडकल लगाउन पुगेका थिए । भारतीय जनता पार्टीका विजय भएपछि नेपालमा पनि सत्ता परिवर्तन हुन्छ भनेर । तर अहिले ठिक उल्टो भएको छ ।, नेपालका नेताहरुलाई भारतमा जसको पनि सरकार भएमा उनीहरुले भारतको जयजयकार मात्रै मनाउनु पर्छ । भारतको जयजयकार मनाएको खण्डमा आफनौ अस्तित्व कायम रहने सोच बनाएर हिडने नेताको कमिरहेको छैन । उनीहरु नेपालका नेता हुन कि भारतको नेता हुन यसको मुल्याङकन गर्न निकै गाहे हुन पुगेको छ । आफुलाई नेपाली काग्रेसका नेता हु भन्दै हिडने शंकास्पद नेताको रुपमा रहेको  नेपाली काग्रेसका नेता  एवम सभासद डा. अमरेशकुमार सिंहलाई लिने गरेका छन । उनले जहिले पनि भारतको पक्षमा नै बोल्ने गरेकाले भारतीय जासुसको रुपमा पनि नेपालमा शंकाको दुष्टिकोणले हेरिने गरेका छन । नेपालको आन्तरिक मामिलामा भारतले हस्तक्षेप गर्नु पर्छ भन्ने उनको मुख्य मनसाय भएको उनको अभिव्यक्तिबाट पनि देखिन पुगेको छ ।
नेता सिहले भारतको कुनै प्रान्त सम्झीन पुग्ेकाले नै उनले भारतले सहयोग गर्न आतुर भएको भन्न नेपाली जनताहरुलाई पछि परेका छैन । भारतपुरमा नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिंहले भारत नेपाललाई विकास निर्माणमा सहयोग गर्न आतुर रहेको छ ।छिमेकी राष्ट्र भारतसंग निकट मानिनु हुने सिंहले हालैमात्र आफुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंगको भेटमा त्यस्तो पाएको बताउनुभयो । उहाँले विगतका प्रधानमन्त्री भन्दा मोदीको छिमेकी राष्ट्रहरुसंगको नीति फरक रहेको भन्दै त्यसको आभास शपथग्रहण गरेदेखि नै देखिएको र छिटै मोदीले नेपाल भ्रमण गर्नुहुने बताउनुभयो ।उनले अब नेपालमा कुनै वाद आवपश्यक नरहेको समेत बताए । लोकतन्त्रको लागि लडदै आइरहेका दलहरुलाई समेत उनले कुनै वाद नभनेर मोदी वाद भन्न खोजेको जस्तो हुन पुगेको छ ।भारतमा मोदीले सरकारको नेतृत्व गरेकाले नेपालमा वाद भनेर विकासको काममा बाधा अडचन पुर्‍याउन नहुने उनको मुख्य आशय रहेको छ । ।नेपालका नेताहरु अहिले  कति वादमा विभाजित भएका छन ।कसैले कम्युनिष्ट वाद कोही काग्रेस वाद र कोही मधेसवादी वाद लगायत कति वाद वादै नैरहेको छ । अब सबैले वादलाई छाडेर मोदीवाद बन्न सुझाव दिएको जस्तो हुन पुगेको छ ।
भारतको प्रधानमन्त्री मोदी भएपछि नेपाल र नेपाली जनताहरुलाई कुन चाहि फाइदा पुग्न सक्छ । भारत स्वतन्त्र भएदेखि भारतीय नेताहरुको राजनीतिकलाई हेर्दा उनीहरुले जहिले पनि नेपालमा आफनो हस्तक्षेप गरेका छन । नेपालका नेताहरु भारतवाद भएकाले नै भारतीय नेताहरुले आफनो वर्चस्व कायम गर्न सफल भएको छ । भारतका प्रधानमन्त्री मोदी एउटा स्वतन्त्र राष्ट्रको राष्ट्र प्रमुख हुन । उनले नेपालको बारेमा सोचनु  भनेको मोदीको विस्तारवादी निती हो । उनले नेपालमा के भइरहेका छन । के हुन लागेको छ भनेर ध्यान दिनु भन्दा आफनो मुलुकमा अहिले के भइरहेका छन ।त्यसतर्फ ध्यान दिनु पर्छ । मोदीको सरकारलाई अहिले भारतीय माओवादीले चेतावनी दिदै आइरहेका छन । मोदी सरकार गठन भएको केही दिनमा नै माओवादीले छपरामा रेल दुर्घटनामा गराएका छन भने आन्ध्रप्रदेशमा प्रहरीको हत्या गरि हतियार लुटेर लगेको छ । मोदी आफनो देशको लागि सोचन प्रधामन्त्री भएका हुन कि नेपालको  विकासको लागि प्रधानमन्त्री हुन पुगेका हुन । भारतको प्रधानमन्त्री मोदी भइसकेपछि न्ेपालका प्रधानमन्त्री सुशील कोइरालाले साधु बनेर हिडनु पर्छ भन्ने सोच कतै काग्रेसका नेता सिंहको रहेको त छैन ?

SHARE THIS

Author:

Facebook Comment