क्राइमचेक प्रतिनिधि/
वीरगन्ज/पूर्वराजा ज्ञानेन्द्र शाहको निर्देशनमा स्थापना गरिएको भनिएको राजसंस्था पुनस्र्थापना संघर्ष समितिका अध्यक्ष गणेश साहले मंगलबार वीरगंजमा पत्रकार सम्मेलनको आयोजना गरी पूर्व राजा ज्ञानेन्द्र शाहको ६८ औं जन्मोत्सव धूमधामले मनाएको दाबी गरेका छन् ।
अध्यक्ष साहले असार २२, २३ र २४ गते विभिन्न कार्याक्रम गरी पूर्वराजा शाहको जन्मदिन धुमधामले मनाएको दाबी गरे ।
पूर्व राजाको जन्म दिवसमा बारा, पर्सा, रौतहट, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, झापा लगायतका जिल्लामा संघर्ष समितिका पदाधिकारीहरूले विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको अध्यक्ष साहको दाबी रहेको थियो ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष साहले संविधानसभाको राजनीतिक सम्वाद समितिमा राजसंस्था बारे विभिन्न १४ सुत्रीय प्रस्ताव पेश गरिएको जानकारी दिनुभयो । उहाँले बन्ने संविधानको राज्यपुनरसंरचना समितिले संविधानसभा बाहिर रहेका दल तथा राजसंस्थाका वकालतकर्ता संघ संगठन संग छलफल गनुपर्ने धारणा राख्नु भयो । संघियता र गणतन्त्र जटिल विषय भएकाले सबै राजनीतिक दल संघ संगठनसंग छलफगरी संविधानमा समाशेस गर्नु पर्ने अध्ययक्ष साहले बताए ।
प्रकाशित मिति:२०७१ असार २६ गते

Nepalese Rupee Exchange Rate