अन्तिम संस्कारकालागि परिवारलाई अवशेष हस्तान्तरण


क्राइमचेक प्रतिनिधि/
वीरगंज/दश वर्षे द्वन्द्वका क्रममा सुरक्षाकर्मीबाट वेपत्ता पारिएका जनकपुरका ५ जना युवाहरुको हत्या भएको पुष्टि गर्दै राष्ट्रिय मानवअधिकार आयोगले बुधबार मानव अवशेष परिवारहरुलाई  हस्तान्तरण गरेको छ ।
धनुषाको जनकुपर नगरपालिकाका ३ जना र कुर्था गाविसका १ जना र दुवही गाविसका एकजना युवालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिइ २०६० सालमा हत्या गरिएको थियो । पीडित परिवारहरुको परामर्शमा बेपत्ता पारिएको दिन बुधबार नै पारी सबै मानव अवशेषहरु पीडितका परिवारहरुलाई बुझाउन आयोगले दिएको निर्देशानुसार सरकारले जनकपुर देवी चोकमा मानव अवशेषहरु हस्तान्तरण गरेको छ ।
प्रकाशित मिति:२०७१ साउन ८ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment