क्राइमचेक प्रतिनिधि/
रौतहट/रौतहटस्थित गौर चन्द्रनिगाहपुर सडकखण्डको सन्तपुर ४ वीरेन्द्र राजमार्गमा विपरित दिशाबाट आएको दुइवटा यात्रुवाहक बस एकआपसमा ठोकिंदा तिन दर्जन भन्दा बढी यात्रु घाइते भएका छन् ।
गौरबाट वीरगंज तर्फ जाँदै गरेको ना २ ख १२०५ नम्बरको बस र वीरगंजबाट गौर तर्फ गएको ना २ ख ८६७९ नम्बरको बस बुधवार विहान सन्तपुरमा एक आपसमा ठोकिंदा ३७ जना यात्रु घाइते भएका हुन ।
गम्भिर घाइते झुनखुन्वाका ६० बर्षिय महमद सतार मिया, सन्तपुर ४ का ५७ बर्षिय कृष्ण बहादुर खडका र चन्द्रपुर–१ का १८ बर्षिय ओमप्रसाद चौधरीको नेशनल मेडिकल कलेज वीरगंजमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीले बताउनुभयो ।
घाइतेमध्ये अन्य ३४ जनाको चन्द्रपुर स्थित स्थानिय अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
तीब्रगति र दुइवटै बसका चालकको लापरवाहीले आमने सामुने ठक्कर लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।
प्रकाशित मिति:२०७१ साउन ८ गते बिहीवार