प्रजिअ बजिमयलाई सम्मान तथा विदाई


क्राइमचेक प्रतिनिधि/
वीरगंज/आगामी सातादेखि सेवानिवृत्त हुन लागेका पर्साका प्रमुख जिल्ला अधिकारी कैलाश कुमार बजिमयलाई सम्मान एवं विदाइ गर्ने क्रम शुरु भएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी कैलाश कुमार बजिमयलाई बुधवार एक समाहरोका बिच रेडियो वीरगंज ९९ मेगाहर्जले विशेष सम्मान सहित बिदाई गरेको छ । रेडियो वीरगंजको परिसरमा सम्पन्न समारोहमा कार्यकारी अध्यक्ष ध्रुव साहले प्रमुख जिल्ला अधिकारी वजिमयलाई टिका, माला लगाई खादा ओढाएर सम्मान गर्नुको साथै मायाको चिनो प्रदान गर्नु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी बजिमयले सरकारी जागिरको क्रममा अनिवार्य अवकाश हुने नियम अन्तरगत आफू अवकाश प्राप्त भएको र पर्सेली जनता, संचारकर्मी, उद्योगी व्यवसायी, नागरिक समाजले आफू प्रति देखाएको ममतालाई कहिल्यै बिर्सिन नसक्ने बताउनु भयो ।
कार्यक्रममा वक्ताहरुले प्रमुख जिल्ला अधिकारी बजिमयको कार्यकुशलताको पं्रसशा गर्दै मिडिया मैत्री, जनमैत्री सिडियोको रुपमा वहांले आफ्नो छुटै पहिचान बनाउनु भएको कुरामा जोड दिएका थिए । कार्यक्रमा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अशोक बैद्यले पर्सामा कार्यरत रहि प्रमुख जिल्ला अधिकारीले निर्वाह गर्नु भएको भुमिका सराहनिय रहेको बताउनु भयो ।
रेडियो वीरगंजका अध्यक्ष ध्रुव साहको सभापतित्वमा सम्पन्न सम्मान तथा विदाइ समारोहमा पर्साका प्रहरी प्रमुख धिरज प्रताप सिंह, सशस्त्र प्रहरी उपरीक्षक हर्कबहादुर रावल, नेपाल पत्रकार महासंघका मध्यमाञ्चल संयोजक शितल महतो, पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा लगायतका वक्ताहरुले आ–आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो ।
यसअघि आगामी सातादेखि सेवानिवृत्त हुन लागेका पर्साका प्रमुख जिल्ला अधिकारी कैलाश कुमार बजिमयलाई वीरगंज उद्योग वाणिज्य संघले सोमवार एक समारोहबीच विदाइ गरेको छ ।
वीउवासङ्घका अध्यक्ष अशोक वैधको सभापतित्वमा सम्पन्न भएको बिदाई समारोहमा अध्यक्ष वैधले प्रजिअ बजिमयको २ वर्षको छोटो कार्यकालमा पर्सा जिल्लाको शान्ति सुरक्षा, प्रशासनिक एवं सामाजिक सुधारका कार्यहरु पर्याप्त भएको धारणा राख्दै पर्साको धोरेमा भएको आग्लागीबाट पीडितलाई राहत वितरण कार्यक्रम, समग्र वीरगंजलाई शान्ति सुरक्षा प्रदान सेफर वीरगंज गठन गरी सिसिटिभी परियोजना सञ्चालन गर्नमा पुर्‍याउनु भएको सहयोग, वीरगंजलाई सफा सुग्घर राख्न चलाउनु भएको सरसफाई अभियान, वीउवासङ्घले अघि सारेको ग्रेटर वीरगंजको अवधारणा तथा पर्सामा सामाजिक कुरीति र विसंगति न्यूनीकरण गर्नमा खेल्नु भएको भूमिका पर्साबासीमा सधैं अविस्मरणीय रहने धारणा राख्नुभयो ।
यसैगरी प्रजिअ बमिजयले वीउवासङ्घद्वारा पर्सा जिल्लाको मात्र नभई नेपालकै आर्थिक विकासमा टेवा पुर्‍याउने गरी खेलेको भूमिका अत्यन्तै सराह्नीय रहेको बताउँदै वीउवासङ्घसँगको सामूहिक सहकार्य तथा सङ्घबाट पाएको सल्लाह, सुझाव, सहयोग एवं समन्वयले कार्य सम्पादन सहज भएको धारणा व्यक्त गर्दै पर्साको सुरक्षा व्यवस्था प्रभावकारी बनाउने प्रति सङ्घबाट नै भएको पहल र सल्लाह सुझावप्रति आफू सदैव संवेदनशील रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारिणी सदस्य तथा वीउवासङ्घका पूर्व अध्यक्ष विजयकुमार सरावगी, सङ्घका पूर्व अध्यक्ष बाबुलाल चाचान, उपाध्यक्षद्वय ओमप्रकाश शर्मा र सुबोधकुमार गुप्ताले प्रजिअ बजिमयको कार्यकालको प्रशंसा गर्नुभएको थियो ।
सङ्घका बरिष्ठ उपाध्यक्ष प्रदीपकुमार केडियाले धन्यवाद ज्ञापन गर्नु हुँदै प्रजिअ बजिमयलाई वीउवासङ्घको ब्राण्ड एम्ब्यासडरको रुपमा रही यस क्षेत्रका निजी क्षेत्रको समस्यालाई निराकरण गरि दिने तर्फ अनुरोध गरेका थिए । कार्यक्रममा वीउवासङ्घका पदाधिकारी, कार्यसमिति सदस्यलगायत उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति:२०७१ साउन ८ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment