बारा/३
क्षेत्रिय कृषि अनुसन्धान केन्द्र बाराका प्रमुख तेजनारायण चौधरिले कृषि क्षेत्रमा देखिएका समस्याको समाधानका लागि आफुहरु लागि परेको बताउनुभएको छ । गढिमाई गरपालिकास्थित जितपुरमा रहेको रेडियो आकासवाणि ९४.४ मेगाहर्जले आयोजना गरेको कृषि बिषयक एक दिने अन्र्तरक्रिया कार्यक्रममा बोल्दै उहाले यस्तो कुरा बताउनुभएको हो । प्रमुख चौधरिले कृषि क्षेत्रको अवस्थाका बिषयमा आफुहरुले अनुसन्धान गरिरहेको दाबि गर्नुभएको छ । कार्यक्रममा बोल्दै पशु स्वास्थ्य कार्यालय बाराका बिरबहादुर श्रेष्ठले पशुमा देखिने बिभिन्न प्रकारका रोग न्युनिकरणका लागि आफुहरु लागि परेको बताउनुभयो । यस्तै कार्यक्रममा बोल्दै बालिबिकास बाराकी अधिकृत रचना देवले बिभिन्न बालिहरुमा पछिल्लो समय रोग भित्रिएको भन्दै समयमानै आषधि प्रयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला कृषि बिकास कार्यालय बाराका सरोज यादव, साना किसान कृषि सहकारि संस्था लिमिटेड डुमरवानाका मुख्य प्रबन्धक नारायण क्षेत्रि, कुखुरा ब्यवसायि संघ बाराका उपाध्यक्ष राजु अधिकारि, आईपिएम कृषक नारायण अर्याल, स्थानिय पत्रकार बिदुर खड्का, पुष्पराज खतिवडा, स्थानिय ३० जना कृषकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सानाकिसान कृषि सहकारि संस्था लिमिटेड डुमरवानाको सहयोगमा सम्पन्न भएको थियो । कार्यक्रमको सहजिकरण रेडियो आकासवाणिका समाचार प्रमुख प्रदिप गौतमले गर्नुभएको थियो ।