हराएको छोरी खोज्न आएका बाबुमाथि नै प्रहरीले बालविवाहको मुद्दा चलायो

रौतहट, ०३ साउन /
छोरी हराएर खोजी गरिरहेका बाबु लाई नै रौतहट प्रहरीले बालबिबाह बिरुद्ध मुद्दा चलाएको खुल्न आएको छ । गत असाढ ३० गते खेतमा काम गर्नेहरुलाई खाजा दिएर घर फर्कदै गरेकी छोरी अपहरणमा परेको भन्दै खोजी गरिरहेका बुवा र अर्का एक पीडकलाई प्रहरीले पाँच दिन पछि बालबिबाहको आरोपमा मुद्दा चलाएको हो । रौतहटको धरमपुर गाबिस(९ पकहाटोल निबासी मौजेलाल राय यादबको १२ बर्षीया छोरी लाई बीच बाटो बाटै अपहरण गरेर लुकाएको आरोपमा बालिकाका काका प्रमोद यादबले गाउँकै ६ जना बिरुद्ध जबरजस्ती अपहरण गरी अनमेल बिबाह गरेकोले भतिजि फिर्ता पाउँ भनी प्रहरी चौकी धरमपुरमा निबेदन दिएपनि ईलाका प्रहरी कार्यालय गरुडाले निबेदनको बेवास्ता गर्दै बालिकाको बुवा लाई उल्टै बालबिबाहको आरोपमा मुध्दा चलाएको खुलेको छ । अपहरण शैलीमा बालिका लाई बीच बाटो बाट भगाएर गाउँकै ४० बर्षिय बटहु भन्ने बताहा राय यादब संग अनमेल बिबाह गराएर लुकाएको भएपनि प्रहरीकै दबाबमा बालिका फिर्ता आउन सकेको स्थानीय बासिन्दाको भनाई रहेको छ । बालिका लाई पीडक पक्षले नै गत शुक्रबार ईलाका प्रहरी कार्यालय गरुडामा बुझाएपछि उनीहरु लाई पक्राउ नगरी प्रहरीले उल्टै बालिकाको बुवा मौजेलाल राय यादब र पीडक पक्षका बद्री राय यादबलाई बालबिबाहको आरोपमा अदालत बाट म्याद थप गरेर मुद्दा प्रक्रिया अघि बढाएको छ । बालिका लाई अपहरण गरेको भन्दै बद्री राय यादब र उनकी श्रीमती, महादेब यादब र उनकी श्रीमती धनकौली देबी यादब, लौता भनिने मौजे राय यादब र उनकी श्रीमती बिरुद्ध बालिकाको काका प्रमोद यादबले प्रहरी चौकी धरमपुरमा ठाडो उजुरी दिएको थियो । तर आरोपी पक्राउ गर्नुको सट्टा प्रहरीले पहुँच नभएका मौजेलाल राय यादब लाई मुद्दा चलाएको छ । ती बालिकाले आफुले बिबाह गरेपनि बुवालाई कुनै जानकारी नभएको बताएकी छिन् । बालिकाका काका प्रमोद यादबले भने दाजु मौजेलाल राय यादब लाटो र कान कम सुन्ने भएकाले प्रहरीले उल्टै फसाएको बताउनु भयो । 
भतिजि लाई अपहरण गरेर अनमेल बिबाह गराईएको गाउँका बासिन्दालाई जानकारी छ तर पनि प्रहरीले उल्टै पीडित लाई अन्याय गरेको छ । प्रहरी चौकी धरमपुरका प्रहरी सहायक निरिक्षक जादोलाल महतोले पीडितको निबेदन संगै आरोपी महादेब यादब र बद्री राय यादब लाई कारबाहीको लागि ईलाका प्रहरी कार्यालय गरुडामा बुझाएको बताउनु भयो । पीडित बालिकाको बुवा मौजेलाल राय यादब लाई प्रहरीले मुद्दा चलाएपछि पक्राउ परेका आरोपी महादेब यादब लाई भने रिहा गरेको छ । प्रहरी निरिक्षक प्रतिक सिह राठौरले बालबिबाह गरेको स्थानीयबासिन्दाले बताएपछि बालिकाको बुवा लाई प्रहरी प्रतिबेदनमा मुद्दा चलाएको बताउनु भयो । 

SHARE THIS

Author:

Facebook Comment