वीरगंज/
गृहमन्त्री बामदेव गौतमले तस्करी नियन्त्रण गर्न स्थानीय प्रहरी प्रमुखहरुलाई निर्देशन दिएपनि उनको निर्देशनलाई प्रहरीले धोती लगाउँदै तस्करी सुचारु गराएका छन् । गृहमन्त्रीद्वारा मंगलबार गरिएको क्षेत्रीय सुरक्षा गोष्ठीमा गृहमन्त्री गौतमले तराईको सिमाक्षेत्रमा तस्करी नियन्त्रण गर्न प्रहरी प्रमुखलाई निर्देशन दिनुभएको थियो । बारा, पर्सा, रौतहट लगायतका जिल्लाहरुमा व्यापक तस्करी भइरहेको समाचार प्राप्त भएको छ । वीरगंजबाट भकुवा, इनर्वा, छपकैया, नगवा, बसपार्कबाट खुलेआम तस्करी भइरहेको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा तस्कर हरिन्द्र, विनोद, अमेन्द्र, लगायतका तस्करहरुले रजनीगन्धा तुलसी, कपडा, स्टिलको भाडा, सुटि· सटि·, सुरुवाल कुर्ता भारतको रक्सौलबाट तस्करी गरी वीरगंज बजार भित्र्याइरहेका छन् । इनर्वाबाट अपा· भएका व्यक्तिहरुसँग तस्करहरुले तीन पाङग्रे रिक्सा भित्र लुकाई छिपाई ल्याईरहेको एक तस्कर नाम नछाप्ने शर्तमा बताए । छपकैया भकुवाबाट दिउँसो एकदेखि २ बजेसम्म र राती १२ बजेदेखि ३ बजेसम्म तस्करहरुले लहरै साईकल एवं ठेलामा माल लोड गरी धमाधम तस्करी गर्ने गरेका छन् । यसरी खुलेआम मुख्य नाकाबाट तस्करी हुँदा वीरगंजवासीहरु आश्चर्य भएका हुन् । मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौडाका प्रहरी नायब महानिरिक्षक प्रकाश अर्यालले तस्करी नियन्त्रण गर्न विगत केहि महिना अगाडी प्रहरी निरिक्षकको कमाण्डमा टोली नै परिचालन गरेका थिए । डिआईजी साहेबले परिचालन गरेको तस्करी नियन्त्रण गर्ने टोली खोइ त ? –वीरगंज समाचारपत्र