डिभिजन सहकारी कार्यालय बागलुङका प्रमुख सुबेदीको पर्वतमा बिदाई

–समिक्षा शर्मा, पर्वत ९ साउन
राष्ट्रसेबक कर्मचारीको रुपमा धौलागिरि अंचलमा करिव ८ बर्ष सहकारी अभियानमा रहि काम गर्नुभई बन मन्त्रालयमा सरुवा हुनुभएका डिभिजन सहकारी कार्यालय बागलुङका प्रमुख बिष्णुप्रसाद सुबेदीलाई पर्वत जिल्लामा क्रियाशिल सहकारी संघ तथा संस्थाहरुले शुक्रवार एक समारोह बिच बिदाई गरेका छन् ।
सो अवसरमा बोल्नुहुँदै डिभिजन सहकारी प्रमुख सुवेदीले सहकारी कार्यालयमा रहेर सेवा प्रबाह गर्नु नै समाजीक प्रतिष्ठिा भएका व्यक्तित्वहरुसँगको सहकार्यता गरेको बताउनुभयो । कर्मचारी भई काम गरेको तलव लिएर पनि राम्रो सँग सबैको विश्वास जितेर काम गर्ने गरेमा पनि प्रतिष्ठा कमाउने ठुलो अवसर भएको अनुभव बताउँदै सुबेदीले सहकारी सिद्धान्त अनुसार काम गरेमा सहकारी अभियानमा लाग्ने सम्पुर्ण सहकारीकर्मीको व्यवसायीक हितको साथै सामाजीक प्रतिष्ठामा पनि बृद्धि हुने बिश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा बोल्दै केन्दीय कफी सहकारी संघका उपाध्यक्ष तथा जिल्ला कफी सहकारी संघका अध्यक्ष भवानीप्रसाद शर्माले डिभिजन प्रमुख सुबेदीको उल्लेखनीय कार्यको प्रशंसा गर्दै सहकारी संस्था संचालन गर्ने सम्पुर्ण कृषक, उत्पादक तथा सम्पुर्ण सहकारीकर्मीले सहज र सरल रुपवाट सेवा पाएको बताउनुभयो । देशका कतिपय डिभिजन प्रमुखहरुले सहकारी संचालक तथा सहकारीमा लाग्ने कृषकहरुलाई सहकारी दर्ता लगायत अन्य सेवा प्रदान गर्ने क्रममा अनावस्यक दुःख दिने र व्यक्तिगत लाभ लिने गरेको बताउँदै अध्यक्ष शर्माले डिभिजन सहकारी कार्यालय बागलुङको सेवा नेपालकै नमुना रहेको दावि गर्नुभयो ।
कार्यक्रममा वोल्नुहुँदै बचत तथा ऋण सहकारी संघ पर्वतका अध्यक्ष गोबिन्द पहाडिले डिभिजन प्रमुख सुबेदीले गरेका उल्लेखनिय कामहरुको चर्चा गर्नुभएको थियो । पहाडिले डिभिजन सहकारीवाट पर्वत जिल्लाका सहकारीहरुले पाएको सेवामा कुनै कमी नरहेको धारणा व्यक्त गर्नुभयो । अहिले सुबेदी बन मन्त्रालयमा सरुवा भएपनि छिटैनै सहकारी मन्त्रालय अन्र्तगत रहेर सेवा प्रदान गर्न आग्रह गर्नुभएको थियो ।
बिदाई समारोहमा सहभागि सहकारीकर्मीहरुले सुबेदीले सहकारी अभियानमा गरेको उल्लेखनिय योगदानको चर्चा गर्दै एक असल र सच्चा राष्ट्रसेवक कर्मचारीको भुभिका निर्वाह गरेको भन्दै प्रशंसा गरेका थिए । सो अवसरमा बिदाई भएर जान लाग्नुभएका सुबेदलिाई बिभिन्न सहकारीको तर्फवाट मायोको चिनो प्रदान गरिएको थियो ।
जिल्ला कफी सहकारी संघका पर्वतका अध्यक्ष भवानीप्रसाद शर्माको अध्यक्ष भवानीप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन सृजनशिल बहुदेश्यीय सहकारी संस्था ठानामौलाका अध्यक्ष देबीप्रसाद तिमिल्सीनाले गर्नुभएको थियो । कार्यक्रममा पर्वत जिल्लामा क्रियाशिल बिभिन्न सहकारी संस्थाका अध्यक्ष, व्यवस्थापक तथा पदाधिकारीको उपस्थिती रहेको थियो ।


SHARE THIS

Author:

Facebook Comment