वीरगंज १० असार/दिनानुदिन बढ्दै गएको फोहोरले वीरगंज नगर फोहोर, कुरुप र प्रदुषित बन्न थालेको देखेर वीरगंज नगरलाई नमूना र सफा शहरको रुपमा स्थापित गराउन विभिन्न हातहरू उठ्न थालेका छन् ।
यसैक्रममा शनिवार वीरगंजस्थित सम्पूर्ण लायन्स क्लवहरूले वीरगंजमा एक सचेतनामूलक र्याली निकालेर वीरगंज नगरको सरसफाइ गरेको छ । वीरगंजभरिका लायन्स क्लवले आयोजना गरेको सो कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघ, वीरगंज उप महानगरपालिका कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, व्यसवसायी लगायत विभिन्न संघ संस्थाहरूले संयुक्त रुपमा सो सचेतनामूलक सरसफाइ कार्यक्रममा सहभागिता जनाएर वीरगंज नगरलाई मुलुककै सफा, स्वच्छ र व्यवस्थित नगरको रुपमा स्थापित गर्न ऐक्यवद्धता जनाएका छन् ।
“शहर सफा गर्न उठेका छन् हात, हामी सबैले मिलेर दिनुपर्छ साथ” भन्ने मूख्य नारा रहेको थियो । फोहोर मैला व्यवस्थापन वीरगंज नगरको मूख्य समस्या भएको र यसको समाधान कुनै एक कार्यालय, व्यक्ति अथवा संस्थाको मात्र पहलले यो समस्या समाधान गर्न नसकिने ठहर गर्दै सबै मिलेमा मात्र “हाम्रो वीरगंज–राम्रो वीरगंज” भन्ने नारालाई सार्थक पार्न सकिने वीरगंजस्थित लायन्स क्लवहरुको विश्वास रहेको थियो ।
काठमाण्डौ, पोखरा, बुटवल, हेटौडा ईत्यादीजस्ता अति सफा र स्वच्छ सहरहरुमा व्यापक जन जागरुकता तथा सार्वजनिक एवं निजि अवधारणाबाट नै उचित व्यवस्थापन सम्भव भएको वीरगंज स्थित लायन्स क्लवहरुको ठहर छ ।
तोकिएको समयमा तोकिएको ठाउामा मात्र फोहोर फाल्ने, फोहोर संकलन गर्ने भााडाको प्रयोग, पुन: प्रयोग गर्न सकिने वस्तुको उचित प्रयोग, कालो, सार्वजनिक स्थल, फुटपाथ, नाला तथा अन्य ठाउामा जथाभावि फोहोर फ्याक्दा टोलको सौन्दर्य तथा स्वास्थ्यमा नकारात्मक असर पर्ने भएकोले त्यसतर्फ सबै सचेत हुनु आवश्यक रहनुपर्ने कुरामा लायन्स क्लवका डिस्ट्रिक्ट चेयर पर्सन उमेश साह कानुको जोड रहेको थियो ।
सचेतनामूलक कार्यक्रमको पहिलो सत्र वीरगंज उपमहानगरपालिका कार्यालय अगाडीबाट शुरु भएको सो सचेतनामूलक रैली तथा सरसफाइ कार्यक्रमको वीरगंजको विभिन्न भागमा गर्दै घडिअर्वा पोखरी परिसरमा गएर समापन गरिएको थियो भने दोश्रो सत्रमा घरदैलो कार्यक्रमको आयोजना पनि गरिएको थियो जसमा डिस्ट्रिक्ट गभर्नर रमेश अग्रवाल अन्तराष्ट्रीय निर्देशक उमेदवार संजय खेतान,डी यन अग्रवाल गणेश लाठ, मनोहर तबड वाल, मिनाक्छी गुप्ता, पुजा पोदार. कबिता मैनाली, रेखा खड़ेल वाल. बिजय गुप्ता, राधेश्याम खेतान, डिस्ट्रिक्ट चेयर पर्सन लायन उमेश साह कानु तथा अन्य लायन्सहरुको सहभागीता थियो ।
कार्यक्रममा नारायणी अंचल प्रहरी कार्यालय वीरगंजका प्रमुख सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका प्रतिनिधि, वीरगंज उप महानगरपालिकाका कार्यकारी अधिकृत ताराबहादुर कार्की, वीरगंज उद्योग वाणिज्य संघका प्रतिनिधिहरु, संचारकर्मीहरु, विभिन्न संघसंस्था, राजनीतिक दल, क्लव लगायतका प्रतिनिधिहरुको उल्लेख्य सहभागितारहेको थियो ।