नेपाली नेताहरु पद, पैसा, प्रतिष्ठा र पार्टीगत गुटभन्दा माथि उठ्न सकेका छैनन् । यहाँका नेताहरुमा पद, पैसा, प्रतिष्ठा र पार्टीगत गुटभन्दा आस्था र राजनैतिक सिद्धान्त महान् बन्न सकेका छैनन् । सत्तामा पुगेपछि आफ्नै पार्टी पक्षी र बिपक्षी हुनु यसको उदाहरण हो । राजनैतिक सिद्धान्तलाई मार्गदर्शक सिद्धान्त मानेर अगाडि बढेका एउटै पार्टीका नेता, पद, प्रतिष्ठा र पार्टीगत गुटका कारण टुटेका छन् । अन्तरपार्टी मिलेर देशविकास गर्नु त परै जाओस् दु:खका परम् मित्र आफूहरु नै सत्ताको सुख मिल्नासाथ टुटेका छन् । सबै पार्टी जुटेर मात्र मुलुक विकसित बन्छ । सबै पार्टी जुटेर मात्र मुलुक विकसित बन्छ । आफ्नै पार्टीमा किचलो झिकेर झगडा गरी बस्ने संकीर्ण चिन्तन बोकेर हिंडेका नेताले मिलेर देश बनाउँछन् भन्ने आशा गर्नु स्यालले बाघको सिकार गर्छ भनेर पत्याउनु जस्तै हो । राजनैतिक सिद्धान्तले विभाजित नेपाली नेताहरुलाई धर्मको आस्थाले बाँधेको थियो । कांग्रेस, एमाले र माओवादी सिद्धान्त : जे भए पनि तिनीहरुको पुख्र्यौली धर्म हिन्दु नै हो । उनीहरुको भित्री मन हिन्दुत्वले भरिएको छ । यस्ता मन भएका हिन्दु नेताहरुले पैसामा बिकेर छँदाखाँदाको हिन्दु राष्ट्रलाई धर्मनिरपेक्ष राष्ट्र बनाएका छन् युरोपियन युनियनले दरिद्र मानसिकता भएका द्रव्यपिशाची नेताहरुलाई किन किन्यो र नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनायो त्यसको पछाडि पनि ठूलो रहस्य लुकेको छ । यस रहस्यबाट नेपाली जनता अझै अनभिज्ञ छन् । आफ्नै छातीमाथि धस्सिएको छुरालाई अग्रगमन मानेर मख्ख परी बसेका छन् ।
युरोपियन युनियनले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउनु पछाडिको पहिलो रहस्य हो हिन्दुत्व र बुद्धत्वका कारण सहिष्णु भएका नेपालीहरुबीच फुट ल्याउनु । आपसी कलह विकासको बाधक हो । उनीहरु नेपालका जनजातिलाई उचालेर नेपालीहरुबीचको सामाजिक सद्भाव र धार्मिक सहिष्णुता खल्बल्याउन चाहन्छन् । हिन्दु धर्म सनातनी दर्शनमा आधारित धर्म हो । सबै मनुष्यभित्र एउटै आत्मा छ । त्यसैले सबै मानिस उक हुन् भन्ने भनाइ हिन्दुधर्मको चुरो कुरा हो । हिन्दुधर्म योग विद्या भएको धर्म हो । योगको अर्थ जोड्नु हो । ज्ञान, भक्ति र कर्मयोगले जोडेर नेपालीलाई एक बनाउने धर्म हिन्दुधर्म नै हो । युरोपियन युनियनले निहित स्वार्थ राखी संविधान सभामा ठूलो धनराशी खर्चेको थियो । त्यो उनीहरुको निहित स्वार्थ भनेको नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउनु नै थियो । अनेक जाति र जनजातिलाई नेपालीत्वमा जोड्ने यस धर्मलाई नेपाली मनबाट हटाएर आफ्ना स्वार्थ नेपालमा छिराउन युरोपियन युनियन र अमेरिकन एनजीओले नेपाललाई धर्मनिरपेक्ष बनाएका हुन् । विचारको स्वतन्त्रता प्रजातन्त्र भएजस्तै धर्मको स्वतन्त्रता धर्मनिरपेक्षता हो । यो आफैमा नराम्रो होइन । यो गलत ढंगबाट नेपालमा स्थापित हुनु चाहिँ आपत्तिको कुरा हो । त्यसैले यो नेपाली जनता र नेपाली नेताको मनबाट निस्केको विचार होइन ।
युरोपियन युनियनले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउनु पछाडिको दोस्रो रहस्य हो नेपालमा यौनपर्यटन विकास गर्ने । नेपाल प्राकृतिक सुन्दरताले सजिएको मुलुक हो । यस मुलुकमा हिमाली, पहाडी र तराएली भूगोल रहेको छ । यहाँ विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको छ भने सबैभन्दा होचो भूभाग केचनासमेत रहेको छ । भिन्न जातिको भिन्न संस्कृतिको धनी देश नेपाल नै हो । यहाँ प्रशस्त तालतलैयाहरु छन् : खोच र सिमसारहरु छन, नदीनालाहरु छन, र्याप्टिङ र बन्जिजम्प खेल्ने ठाउँहरु छन् । अपरम्पार पहाडी र हिमाल र हिमाली सौन्दर्य रहेको नेपाल युरोपियन र अमेरिकन उत्साही पर्यटकहरुका लागि साँच्चिकै सुन्दर गन्तव्य हो । उनीहरु नेपालमा मानसिक र शारीरिक दुवै खाले आनन्द लुट्न आउन चाहन्छन् । मानसिक आनन्द दिने ठाउँ त नेपालमा असीमित नै छन् तर शारीरिक आनन्दको बाधक हाम्रो हिन्दु संस्कृति भएको छ । हिन्दु संस्कृतिमा रहेका पतिव्रता र सतिसावित्रिका कथाले नेपाली समाजमा ठूलो प्रभाव पारेको छ । यस संस्कृतिमा यौनको मर्यादित परम्परा छ । यहाँ युरोपियन र अमेरिकनहरुले आदर्श हिन्दु संस्कृतिका कारण स्वच्छन्दरुपमा यौनको क्रियाकलाप सञ्चालन गर्न पाएका छैनन् । यही वातावरणका लागि उनीहरुले करोडौं करोड युरो डलर खर्च गरेर नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाएका हुन् । नेपालमा थरीथरीका जाति छन् । यहाँ अधिक नारहिरु मर्यादित यौनका पक्षमा छन् । यो वातावरण युरोपियन र अमेरिकन पर्यटकहरुका लागि बाधक बनेको छ । यहाँको यौनको भर्जिनिटीबाट लोभिएर युरोप र अमेरिकाका मानिसहरुले नेपाललाई धर्मनिरपेक्ष बनाएका हुन् । उनीहरुको चाहना गरिबीको मारमा रहेका नेपालीहरुका छोरीचेलीमा यौनस्वतन्त्रताको वातावरण बनाई आफ्नो शारीरिक आनन्द पूर्ति गर्नु रहेको छ । नेपाली धमर्मनिरपेक्षता एड्स रोगी बढाउने र नेपाली नारीको अस्तित्व संकटमा पार्ने उपहार भएर आउनेवाला छ । नेपाली नारीहरुलाई यौनशोषणबाट पीडित बनाई नारी अत्याचार बढाउन नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाइएको हो । नारी मुक्तिका नाउँमा नारीमाथि गम्भीर शोषण गर्ने वातावरण धर्मनिरपेक्षताले सिर्जना गरेको छ । यो कुरा घुच्चुके बुद्धि भएका द्रव्यपिशाची नेताले एड्स रोग लागेर भुतुभुतु नेपाली नारी मर्न थालेपछि मात्र धर्मनिरपेक्षताको खेल रहस्य बुझ्नेछन् र नेपाली जनताले पनि त्यति बेला धर्मनिरपेक्ष राष्ट्र बनाएर नेताहरुले जनतालाई धोका दिएछन् भन्ने बुझनेछन् ।
युरोपियन युनियनले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउनुको तेस्रो कारण हो गरिब नेपालीहरुको धर्म परिवर्तन र साम्राज्यवादको विस्तार । धर्मपरिवर्तन र राष्ट्र हडप्ने प्रक्रिया क्रिस्चियन र मुसलमानीहरुको प्राचीन कालदेखिकै रणनीति हो । संसारमा पौने दुई अरब हिन्दु रहेका छन् । हिन्दुधर्म मानवउद्धारको भरपर्दो उपाय भएको धर्म हो । यस धर्मको २० हजार वर्षको इतिहास रहेको छ । साढे २ हजार वर्षको इतिहास बुद्ध धर्मको छ । २ हजार वर्ष पुरानो धर्म क्रिस्चियन हो । मुस्लिम धर्मको इतिहास चौध सय वर्षको देखिन्छ । हिन्दु र बौद्ध धर्म सहिष्णु र उदार धर्म हुन् । क्रिस्चियन र मुसलमान धर्म त्यति उदार छैनन् । यी दुवै धर्मका मानिस धर्मविस्तार गर्ने बहानामा ठाडै अर्काको राष्ट्र हडप्ने प्रयासमा निरन्तर लागिरहेका छन् । अहिले युरोप र अमेरिकाका मानिस नेपालको गरिबीमा दया देखाउँदै धर्मनिरपेक्षताका नाममा धार्मक साम्राज्यवादको विस्तार नेपालमा गरिरहेका छन् । एनजीओ , आइएनजीओका माध्यमबाट नेपालमा साम्राज्यवाद पसिरहेको छ । यसलाई नेपाली राजनीतिज्ञहरुले अग्रगमनको एजेन्डा मान्दै देशभक्तिलाई बलि दिइरहेका छन् । घर जलिसकेपछि पश्चाताप गरी पछि उपाय खोज्ने नेपालका नेताहरु एक दशक नपुगी धर्मनिरपेक्ष बनाएकामा पछुताएर कुना पसी रुनेछन् । त्यो दिन लेख्न इतिहास पर्खेर बसेको छ ।
यसरी युरोपियन युनियनको सक्रितामा नेपालमा धर्मनिरपेक्षताको एजेन्डाले स्थान पाएको छ । दरिद्र मानसिकता बोकेका नेताहरुले यूरो डलरको झल्लर भिरेर देशलाई धर्मनिरपेक्ष राष्ट्र बनाएका हुन् । संसारका १९३ राष्ट्रमध्ये व्यावहारिक रुपमा भारतबाहेक कुनै पनि राष्ट्र धर्मनिरपेक्ष छैनन् । अझ कुबेत, साउदी अरबिया, मलेसिया, पाकिस्तान आदि कुनै पनि मुलुकमा शिवको मन्दिर छैन । क्रिस्चियनहरुले पनि आ–आफ्ना राज्यलाई धर्मनिरपेक्ष राष्ट्र बनाएका छैनन् । प्रजातन्त्रको ठेकेदार मानिने अमेरिकाले समेत आफ्नो देशको राष्ट्रपतिलाई सपथ ग्रहण गराउँदा क्रिस्चियनहरुको पवित्र धार्मिक ग्रन्थ बाइबल छुन लगाउँछ । राष्ट्रप्रमुखले बाइबल छोएर साथ ग्रहण गर्नु धर्मनिरपेक्षता हो कि धर्मसापेक्षता हो ? राजनीतिका पण्डितहरुले बुझ्न आवश्यक छ । नेताहरुले बुझ्न आवश्यक छ । बिदेशीको बुई चढेर निर्णय गर्न चाहिँ बुद्धीमानी होइन । त्यहाँ हिन्दुहरुका चाडवाडमा बिदा हुँदैन । क्रिस्मस डेमा राष्ट्रव्यापी विदा हुन्छ । नेपाललाई धर्मनिरपेक्ष नबनाएको भए पशुपतिनाथलाई पुगनपुग दुई अरब हिन्दुहरुको पवित्र तीर्थस्थल बनाउन सकिन्थ्यो । नेपाल देश नै विश्वका हिन्दुहरुका लागि महान् तीर्थस्थल हुन्थथ्यो । हिन्दु धर्मावलम्बी भक्तजनबाट अरबौं रुपिया नेपालमा भित्रिन्थ्यो । हामीले धर्मनिरपेक्ष बनाएर धार्मिक पर्यटनको यो विशाल सम्भावनालाई सदासदाका लागि तिलाञ्जली दियौं । व्यत्ति:गत स्वार्थलाई उच्च महत्व दिने स्वार्थी र द्रव्यपिशाची निम्न पूँजीवादी चिन्तनको नेताका कराण धार्मिक पर्यटनको उर्बर स्थल नेपाल अस्तित्वहीन बनेको छ । युरोपियनहरुले नेपालको मौलिक विशेषता सकेर नेपाललाई यौन पर्यटनको केद्र बनाउने नेपालको मौलिक विशेषता सकेर नेपाललाई यौन पर्यटनको केन्द्र बनाउने जुन चेष्टा गरे त्यसबाट नेपालले धेरै थोक सदाका लागि गुमाउँदै छ, वैधानिक देहव्यापारको ढोका खोल्दै छ र नेपाली नेता अप्रत्यक्ष रुपमा नेपाली नारीका देह व्यापारी बन्द्यै छन् । यस्ता नेताहरुलाई नारी मुक्तिको आवाज सुहाउँदैन । द्रव्यपिशाची नेताहरुले इतिहासको कठघारामा उभिनु पर्नेछ । राजनीतिलाई असल उद्योग बनाउन खोज्ने नेताहरुले नेपाललाई द्रव्यमोहमा परेर धर्मनिरपेक्ष राष्ट्र बनाई धर्मप्रिय नेपाली जनताको ठूलो अपमान गरेका छन् । उद्योगमुखी राजनीतिक आवरणका आडमा आस्थामाथि अत्याचार गर्नुजस्तो ठूलो सामन्तवाद अर्को हुन सक्दैन । अग्रगमनभित्र सामन्तवादी चिन्तनको घुसपैठ त्इस भत्रको साम्राज्यवाद पश्चिममा राष्ट्रहरुले कसरी गराइरहेछन् नेताहरु सचेत हुन जरुरी छ । आगो लागिसकेपछि इनार खन्नुको जरुरत छैन । आगो लाग्नु अगाडि इनार खन्नु बुद्धिमानी हो । चेतना भया ।
स्वच्छ र पवित्र मन भएका नेपाली अन्तर दिलबाट धर्मनिरपेक्षको बिगुल फुकेका भए साह्रै जाती हुन्थ्यो । साम्राज्यवादीको निहित स्वार्थलाई सघाउन हामीले नेपाललाइ धर्मनिरपेक्ष राष्ट्र बनायौं ढिलो चाँडो हामीलाई इतिहासले माफ नदिने निश्चित छ ।
यो पनि पढ्नुहोस..