राजनीतिक तथा सम्बाद समितिसँग राजसंस्थाबादी बृहद समूहको छलफल

राजसंस्थाबादी बृहद समूहले राजसंस्था र हिन्दु अधिराज्यको माग गरेका छन् । अव बन्ने संविधानमा यस्तो व्यवस्था रहनु पर्ने भन्दै राजनीतिक तथा सम्बाद समितिसागको छलफलमा यस्तो धारणा राखिएको हो ।
राजसंस्था वादीहरुको पनि विचार सुन्ने र राय परामर्श लिने उद्धेश्यले यो छलफल तथा बैठक राखिएको यसै समितिका सचीव मुकुन्द शर्माले बताउनु भयो । २२ वटा समूहका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको यस बैठकमा राजसंस्थाबादी बृहद समुहका संयोजक लोककल्याणकारी जनता पार्टीका अध्यक्ष श्री किशोरी महतोको नेतृत्वमा गएको टोलीका तर्फबाट संबाद समिति समक्ष माननीय आनन्द ढुंगानालाई राजसंस्था बादी बृहद समूहका प्रवक्ता अस्मिता भण्डारीले यस समूहको साझा अवधारणा पत्र पढेर सुनाई हस्तान्तरण गर्नु भयो । अवधारणापत्रमा भनिएको छ :
“हामी राजसंस्थाबादी बृहद समूहका प्रतिनिधिहरुको साझा संगठन २०४७ सालको संविधान पुनस्र्थापना आन्दोलन रहि आएको हो । २०४७ सालको संविधानमा उल्लेखित कतिपय विषय मध्ये संबैधानिक राजसंस्था, हिन्दू अधिराज्य र नेपालको अखण्डतालाई यथावत राखी बााकी विषयहरुमा दोश्रो जनआन्दोलनको प्रष्ट जनादेश र समावेशी राजनैतिक चरित्रका साथै जनताको हकहितमा सर्वोपरि ध्यान पुर्‍याई परिमार्जन गर्ने र लोकतन्त्रको मार्ग प्रशस्त गरियोस भन्ने हाम्रो साझा एवं दृढ धारणात्मक अडान रहेको निर्णय गर्दछौं । यहि धारणालाई राजनीतिक तथा सम्बाद समितिमा पेश गर्ने निर्णय सर्वसम्मत निर्णय गरियो ।”
उक्त बैठकमा निम्न ब्यक्तित्वहरुले आ–आफ्नो संघसंस्थाको प्रतिनिधीत्व गर्नु भएको थियो । उपस्थिति निम्नानुसार रहेको थियो ।
१ ) श्री रामबावु प्रसाई ( संयोजक ,२०४७ सालको संविधान पुनस्र्थापना अभियान जनआन्दोलन समिति )
२) श्री किशोरी महतो ( अध्यक्ष, लोक कल्याणकारी जनता पार्टी नेपाल)
३) श्री दिनबन्धु अर्याल(उपसभापति, विश्वहिन्दु महासंघ)
४) श्री जगन्नाथदास वैष्णव(मानमहन्त, श्री लक्ष्मीनारायण मन्दिर, धनुषा)
५) श्री अस्मिता भण्डारी (सदस्य सचिव, ,२०४७ सालको संविधान पुनस्र्थापना अभियान जनआन्दोलन समिति)
६) श्री पदम बहादुर सापकोटा (अध्यक्ष, नेपाल जनसंघ पार्टी)
७) श्री कान्छा लामा (सह–अध्यक्ष, शान्ति पार्टी नेपाल)
८) श्री मधुसुधन प्रसाद सिंह –अध्यक्ष राष्ट्रिय मधेश एकता पार्टी)
९) श्री रुद्र बहादुर शाह –कोषाध्यक्ष, पृथ्वीनारायण शाह स्मृति प्रतिष्ठान)
१०) डा. देवनारायण महतो, मधेशी मैत्री केन्द्र
११) श्री दीलविकास राजभण्डारी – वरिष्ठ उपाध्यक्ष, श्री रामहनुमान आराधना मण्डल
१२) श्री चक्रदेव जोशी (संयोजक अखण्ड सुदुरपश्चिम अभियान)
१३) श्री विसन्तर शाक्य, (अध्यक्ष, राजसंस्था पुनस्र्थापना संघर्ष समिति)
१४) श्री अशोकमान बैद्य (संयोजक, राष्ट्रबादी नागरिक समूह)
१५) श्री शुसिल अग्रवाल –अध्यक्ष, आर्यसमाज नेपाल)
१६) श्री प्रविण बहादुर शाक्य –अध्यक्ष, पाशापचु)
१७) श्री चन्द्रबहादुर रामदाम –प्रचार संयोजक, राष्ट्रबादी नागरिक समाज)
१८) श्री महेश खड्गी ( सचीव, चिन्तनशिल युवा समूह)
१९) श्री नवराज ढकाल –अध्यक्ष, राष्ट्रबाद संघ नेपाल)
२०) श्री नारायण बहादुर श्रेष्ठ (सं,अध्यक्ष, राष्ट्रिय सिप विकास केन्द्र)
२१) श्री राधेश्याम थापा, महासचिव, शुभजन्मोत्सव नागरिक मूल समारोह समिति
२२) श्री महामण्डलेश्वर रापतपेश्वरदास महन्त श्री जानकी मन्दीर
२३) श्री असर्फी झा“श्रीराम वैष्णव असर्फी”
२४ ) श्री निरा रञ्जित, नागरिक समाज
२५) श्री कनकलाल साह, सिनर्जी नेपाल


SHARE THIS

Author:

Facebook Comment